2013/08/28

ढुंगाले कार उछिट्याउँदा दुईको मृत्यु

पाल्पा, भाद्र १२ - पहाडबाट खसेको ढुंगाले लु१च ४६०८ नम्बरको कार उछिट्याउँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत मदनपोखरा ४ डुम्रे र गौडे पुल नजिकै मंगलबार बेलुकी माथिबाट खसेको ढुंगा लागेर कारलाई उछिट्याउँदा गुल्मी हुँगा ९ का ५५ वषर्ीय हरिप्रसाद न्यौपाने र गुल्मी थानपति गाविसका चालक २५ वषर्ीय इसप नेपालीको मृत्यु भएको हो । मृतक न्यौपाने नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष साथै निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्षहुन् । 

उनीहरू बिहान गुल्मीबाट बुटवल गएका हुन् । बुटवलबाट पाल्पातर्फ फर्किने क्रममा दुघर्टनामा परेको जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए ।

क्षतविक्षत भएको अवस्थामा एउटा शव निकाले पनि अर्को निकाल्न निकै अप्ठ्यारो भएको प्रहरीले जनायो । ढुंगाले उछिट्याएको कारमा समेत पूर्णरूपमा क्षति पुगेको छ । उनका अनुसार राजमार्गभन्दा तल र डुम्रे खोलादेखि माथि भीरमा कार अड्केकोले शव निकाल्न कठिनाइ भएको छ । राति अबेरमात्र शव निकालिएको छ ।

भीरबाट डोरी लगाएर प्रहरी र सेनाको चण्डीप्रसाद गणका सैनिकले कार निकाल्ने प्रयास गरेका छन् । सदरमुकाम तानसेनदेखि झन्डै १७ किलोमिटर बुटवलतर्फ भएको दुर्घटनामा कार सडकदेखि करिब ३० मिटर तल खसेको प्रहरीले जनायो । कारमा दुई जनामात्रै सवार भएको प्रहरीले जनायो । पाल्पा-बुटवल सडक खण्डमा पहिरो झरेर र ढुंगा खसेर बर्सेनि दर्जनभन्दा बढी यात्रुको मृत्यु हुने गरेको छ ।

यसैबीच, गुल्मी संवाददाताका अनुसार कार दुर्घटनामा कांग्रेस जिल्ला नेता न्यौपानेको निधनले नेपाल विद्यार्थी संघको बुधबार हुन लागेको ११ औं जिल्ला अधिवेशन स्थगित भएको छ । निजी कामका लागि बुटवल पुगेका न्यौपाने बुधबार जिल्लामा हुन लागेको नेविसंघको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनका लागि निजी कार रिजर्भ गरेर तम्घास आउने क्रममा दुर्घटनामा परेका हुन् ।

नेपाली कांग्रेस उपसभापति भुवनप्रसाद श्रेष्ठले नेविसंघको जिल्ला अधिवेशन र नेपाली कांग्रेसका सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको बताए । नेता न्यौपानेको निधनपछि अधिवेशनमा जुटेको नेविसंघ र संविधानसभाको दोस्रो निर्वाचनमा जुटेको नेपाली कांग्रेससमेत स्तब्ध भएको छ । न्यौपानेको शवलाई बुधबार कांग्रेस पार्टी कार्यालयमा ल्याई श्रद्धाञ्जली सभा गरी रिडीमा अन्त्येष्टि गरिने पार्टीले जनायो ।

१८ दिनपछि युवक किरा परेको अवस्थामा फेला

विराटनगर, भाद्र १२ - घरबाट हराएका एक किशोर १८ दिनपछि जंगलमा शरीरका विभिन्न भागमा किरा परेको अवस्थामा जीवितै फेला परेका छन् । मोरङको केराबारी ८ नरकटेका १५ वर्षीय मोहन लिम्बूलाई मंगलबार गाउँलेले नजिकको जनता सामुदायिक वनभित्र भेटिएका हुन् । मानसिक सन्तुलन ठीक नभएका उनी हराएपछि परिवार, आफन्त र गाउँलेले खोजी गरिरहेका थिए । जीवितै भेटिएका उनलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको जिल्ला प्रहरी मोरङले जनाएको छ । 

2013/08/26

मलेसियाको बस दुर्घटनामा दुई नेपालीको निध

क्वालालम्पुर, भाद्र ९ - 
मलेसियामा भएको बस दुर्घटनामा २ नेपालीसहित ३७ जनाको निधन भएको छ ।
पर्यटकीय नगरी गेन्तिङ हाइल्याण्डबाट राजधानी क्वालालम्पुरतर्फ आउँदै गरेको यात्रुबाहक बस जलान गेन्तिङ चिनियाँ मन्दिर नजिकैको सडकबाट ६० फिट तल खसेको थियो । यो गत बिहीबारको घटना हो । 

घटनामा नगेन्द्र राई र प्रेमबहादुर बुढा मगरको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हाल उनीहरुको शव पोष्ट मार्टमका लागि क्वालालम्पुर अस्पतालमा राखिएको जनाइएको छ ।
मृतक नेपालीबारे थप जानकारी प्राप्त हुन सकेको छैन । यसबारे यहाँस्थित नेपाली दुतावासलाई औपचारिक जानकारी प्राप्त नभएको दुतावासले जनाएको छ । यद्यपी सोमबार यसबारे बुझ्न क्वालालम्पुर अस्पताल जाने दुतावास स्रोतले बतायो । समाचारहरु अनुसार मृत्यु हुनेमा २४ पुरुष र १३ महिलाहरु रहेका छन् ।

तीमध्ये १४ मलेसियाली यात्रु रहेको बताइएको छ । मृत्यु हुनेमा बंगलादेशी, इण्डोनेसियाली, थाई र कोरियाली नागरिकसमेत रहेका छन् । घटनामा ६ जना यात्रु गम्भीर घाइते भएका थिए । हाल उनीहरुको सुंगाइबुलो र क्वालालम्पुरस्थित अस्पतालहरुमा उपचार भइरहेको 

जनाइएको छ । बसमा ५३ जना यात्रुहरु सवार रहेका थिए ।
समाचार संस्था बर्नामाले १६ जना घाइते भएको उल्लेख गरेको छ । बसको क्षमता ४४ जनाको रहेकाले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको जनाइएको छ |

१४ बर्षे छोराबाट गर्भवती भएको आमाको बयान दिइन !

स्याङ्जा, भाद्र ९, स्याङजा जिल्लाको खिलुङदेउराली ५ बस्ने सीतली गोदारको श्रीमान बिना अचानक गर्भवती भएपछि सनसनी मच्चिएको छ । यसको कारण भने उनको गर्भमा रहेको सन्तान कसको हो भन्ने विवाद 

खिलुङदेउराली क्षेत्र शनिबार दिउसोभर जस्तै तनाबग्रस्त बनेको थियो । गोदारको गर्भमा रहेको सन्तान कसको भन्ने विषय पछि गएर विवादमा परिणत भएपछि प्रहरीलाई विवाद मिलाउनका लागी निकै कसरत गर्नु परेको थियो । सुरुमा सीतलीले आफ्नो गर्भमा रहेको सन्तानको बाबु आफ्नै ससुरा भएको बताएकी थिइन ।

प्रहरीले सीतलीका ससुरा तिलबहादुर गोदारलाई पक्राउ गर्यो तर सीतलीले एकैछिनमा बयान फेरिन र भनिन कि उक्त सन्तानको बाबु आफ्नै १४ वर्षका छोरा हो । त्यसपछि यस विवादले त्यहाँ उग्र रुप लिएको थियो ।

सीतलीको बयानपछि प्रहरीले ससुरालाई छाडेर सीतलीका छोरालाई पक्राउ गर्यो । त्यसपछिको वातावरण झनै बिग्रिएको थियो । स्थानीयबासिन्दाले भने प्रहरी र सीतलीको मिलेमतोमा निर्दोष छोरालाई फसाइएको भन्दै स्थानीय बासिन्दाले प्रहरीको कार्यालयनै घेराउ गरेका थिए । यसैक्रममा स्थानीयबासिन्दा तथा प्रहरीको बीचमा झडप समेत भएको थियो । उक्त झडपका क्रममा केही स्थानीय बासिन्दा घाइते समेत भएका थिए ।

उनका ससुरा तिलबहादुरले बुहारीलाई करणी गर्दा गर्भ रहेको स्विकारे पनि प्रहरीले उनलाई छाडेर छोरालाई नियन्त्रणमा लिएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका हुन् । स्थानीयबासिन्दाको विरोधपछि प्रहरीले पुनः तिलबहादुरलाई पक्राउ गरेको छ ।

साथै अहिले प्रहरीले यस घटनाको थप अनुसन्धान गर्ने कुरा जनाएको छ ।

2013/08/22

मिसेज् नेपाल घिमिरे अरुबामा दुर्घटनामा

Meena ghimireकाठमाडौं, भाद्र ६ - क्यारेबियन टापु अरुबामा भएको मिसेज युनिभर्स- २०१३ मा सहभागी नेपाली प्रतियोगी मिना घिमिरे दुर्घटनामा घाइते भएकी छन् । अरुबामा नेपाली नगण्यमात्र रहेकाले ढिलो सूचना आएको हो ।

मिसेज् नेपाल- २०१३ घिमिरे नेपालको प्रतिनिधित्व गर्दै अमेरिका गएकी थिइन् । प्रतियोगिता सकिएको भोलिपल्ट साउन २९ गते बाटो काट्नेक्रममा उनी दुर्घटनामा परेकी हुन् । उनको साउन ३० गते फर्कने टिकट थियो ।

अरुबामा रहेका छत्रबहादुर मैनालीले दिएको जानकारी अनुसार घिमिरेको अरुबा हस्पिटलमा उपचार भइरहेको छ । उनको स्वास्थ्य सुधारोन्मुख रहेको मैनालीले जानकारी दिए ।

घिमिरेको स्वास्थ्य उपचार खर्च आयोजकले नै व्यहोरिरहेको छ । घिमिरे काठमाडौंको बौद्ध पिपलबोटमा स्नेहा किड्स होमकी सञ्चालक हुन् । घिमिरेका श्रीमान् मोहनले बिहीबार बिहान आफूले श्रीमतीसँग कुरा गरेको बताउँदै अझै चार साता अस्पतालमा बस्नुपर्ने बताए ।
मिसेज युनिभर्स- २०१३ को उत्कृष्ट १० मा परेकी उनले मिसेज इन्टेलिजेन्ट विधामा अवार्ड जितेकी थिइन् ।

दूरसञ्चार सेवाको वृद्धिदर घट्यो

काठमाडौ, भाद्र ६ - उपभोग क्षमता भएका अधिकांश ग्राहकसम्म सेवा पुगेपछि दूरसञ्चार क्षेत्रको वृद्धिदर घटेको छ । आर्थिक वर्ष ०६९/७० मा दूरसञ्चार सेवा प्रदायक कम्पनीको ग्राहक संख्या २३ दशमलव ३८ प्रतिशतले बढेको छ । एक वर्षअघि ३१ दशमलव ३ प्रतिशतले बढेको थियो ।

photo
गएको आर्थिक वर्षमा दूरसञ्चार सेवा उपभोक्ताको संख्या २ करोड १३ लाख पुगेको छ । यसमा सबैभन्दा धेरै जीएसएम मोबाइल सेवा प्रयोगकर्ता छन् । कुल सेवा प्रयोगकर्ता मध्ये करिब १ करोड ९० लाख जीएसएम सेवा लिने उपभोक्ता हुन् । यो वृद्धिपछि टेलिफोन सेवाको पहुँच मुलुकको ८० प्रतिशतभन्दा बढी जनसंख्यासम्म पुगेको देखिन्छ ।
सञ्चालनमा रहेका ६ दूरसञ्चार कम्पनीले गएको वर्ष जम्मा ४० लाख ग्राहक थपेका छन् । अघिल्लो वर्ष ४१ लाख ग्राहक थपिएका थिए । ग्राहक थपिने क्रम घट्दै जानुमा विभिन्न कारणले असर गरेको दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ ।

'सहरी क्षेत्रमा सेवाको ठूलो वृद्धि देखिएको छ,' दूरसञ्चार प्राधिकरणका निर्देशन आनन्दराज खनालले भने, 'तर त्यस्तो सेवा वृद्धि ग्रामीण क्षेत्रमा आशा गरेअनुरूप देखिएको छैन ।' केही वर्षमै ग्रामीण क्षेत्रमा बजारको ठूलो विकास हुने उनले बताए । यसका साथै भ्वाइस र डाटा सेवालाई जोडेर अघि नबढे बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने उनी बताउँछन् ।

गएको आर्थिक वर्षको अन्त्यमा एनसेलको ग्राहक संख्या १ करोड ५ लाख पुगेको छ । यही अवधिमा नेपाल टेलिकमका ग्राहक ९१ लाख बढी छन् । एक वर्षको समयमा एनसेलले २१ लाख र टेलिकमले १४ लाख ग्राहक थपेको छ । तेस्रो धेरै ग्राहक हुने कम्पनीको स्थानमा स्मार्ट टेलिकम पुगेको छ । गत वर्ष ३ लाख बढी ग्राहक थप्दै कुल संख्या ७ लाख ५३ हजार पुर्‍याएको छ ।

युनाइटेड टेलिकमको ग्राहक संख्यामा ८१ हजार थपिएर ७ लाख १९ हजार पुगेको छ । अर्को सेवा प्रदायक नेपाल सेटलाइटको ग्राहक १ लाख ४९ हजार छ । त्यस्तै सीजी कम्युनिकेसन्स (पूर्व एसटीएम टेलिकम सञ्चार) सँग ५३ सय ग्राहक छन् । १ करोड लाइन सेवा विस्तारको योजना सुरु गरेको नेपाल टेलिकमका कारण चालू आर्थिक वर्षमा सेवा प्रयोगकर्ताको संख्या बढ्ने देखिन्छ । योसँगै सबैभन्दा ठुलो सेवा प्रदायक एनसेलले पनि आफ्नो टुजी र थ्रीजी सेवाको विस्तार योजना बनाइरहेको छ ।

पछिल्लो समय मोबाइलबाट चलाउने इन्टरनेटको माग बढ्दै गएपछि कम्पनीले पनि सेवा/ सुविधामा प्रतिस्पर्धा गर्न थालेका छन् । टेलिकमले जीएसएम, आईपीसडीएम प्रविधिलाई सुधार गरेर सेवा विस्तार गरिरहेको छ । योसँगै एकीकृत लाइसेन्ससम्बन्धी मुद्दा अदालतबाट टुङ्गो लागे चालू वर्षभित्र दूरसञ्चार सेवामा असर पर्नेछ ।

2013/08/05

सप्तकोशीमा ९० जना यात्रु चढेको डुंगा पल्टियो, १५ वेपत्त

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा २० साउन दिउँसो ९०
जना यात्रु चढेको डुंगा पल्टिएको छ ।सुनसरीको चतराबाट
उदयपुरको मैनामैनी जाँदै गरेको डुंगा २१ साउन दिउँसो तीन बजे
सप्तकोशी नदीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले
जनाएको छ ।

अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक
यादवराज खनालका अनुसार नदी किनारमा पुग्नै
लागेका बेला पल्टिएको डुगाका यात्रु मध्ये १५
जना वेपत्ता भएका छन् भने अरु सम्पर्कमा आइसकेका छन् ।
नदीमा हराएका यात्रुमध्ये दुई जनाको शव भेटिएको उनले बताए ।
नदीमा खसेका यात्रुमध्ये केही पौडेर बाहिर निक्लिए भने

केहीको स्थानीयले उद्दार गरेका छन् ।
उद्दारका लागि ठोक्सेला इलाका प्रहरी कार्यालयको टोली खटिएको र
प्रहरी उपरीक्षक अजय भट्टराईसमेत त्यसतर्फ
गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

2013/08/03

शुक्रबार सुनको भाउ हजार रुपैयाँ घट्यो

१८ साउन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ हजार रुपैयाँ घटेको छ । बुधबार एकैदिन १३ सय रुपैयाँ बढेको सुनको भाउ बिहीबार र शुक्रबार लगतार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ५२ हजार ५० रुपैयाँ तोकेको छ । बुधबार ५३ हजार ९ सय रुपैयाँ पुगेको छापावाला सुन बिहीबार ८ सय ५३ रुपैयाँ र शुक्रबार १ हजार रुपैयाँ घटेर ५२ हजार नजिक झरेको हो ।

शुक्रबार तेजाबी सुन तोलाको ५१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन बुधबार ५३ हजार ६ सय ५० रुपैयाँ र बिहीबार ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि, शुक्रबार चाँदीको भाउ पनि तोलामा ११ रुपैयाँ घटेर ८ सय १९ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

छोरी बलात्कार गर्ने पक्राउ ।। २२ वर्षसम्म सजाय हुन सक्छ

१८ साउन । रोल्पा । रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको एक गाबिसको आफ्नै छोरीलाई बलात्कार गरी फरार भएका ब्यक्ति पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले गएराती पक्राउ गरेको हो ।

१२ बर्षिय आफ्नै छोरीमाथि बिगत एक बर्ष यता बारम्बबार जबरजस्ती बलत्कार गर्दै आएको कुरा निजका श्रीमतिले उजुरी दिएपछि खुल्न आएको थियो । आज प्रहरीले पत्रकार सम्मेलन गरी अभियुत्तलाई सार्वजनिक गरेपछि निजले उक्त कुरा स्वीकार गरेका हुन् । अभियुत्तले एक पटक मात्र करणी गरेको बताएपनि पिडित बालिकाले भने �गतबर्ष असार देखि हालसम्म गरि बारम्बार ५ पटक आफूमाथि आफ्नै बुवाले दुब्र्यबहार गरेको पिडित बालिकाले बताइन् ।

पिडित बालिकाका अनुसार आमा घाँस दाउरा गएकोबेला डर धम्की देखाएर छोरीमाथि जबरजस्ती करणी गर्दै आएका थिए । कसैलाई भनेपछि तेरो आमा छोरीलाई नै मारिदिन्छु अनि भाई बहिनीहरु टुहुरा हुन्छन्, दुःख पाउँछन् भन्ने धम्की दिइ दुब्र्यबहार गर्दै आएको पिडित बालिकाको भनाई छ । पछिल्लो पटक यहि श्रावण ९ गत्ते का दिन छोरी माथि लोग्नेले यौन दुब्र्यवहार गर्दै आएको थाहा पाएपछि नीजकी श्रीमतिले �प्रहरीको मुद्धा दिई जेल हाल्छु भनेपछि पिडक १० गत्ते बिहानै करिब ४ बजे तिर भागेका थिए । आफूलाई कोठाभित्र थुनेर बाहिरबाट ताल लगाई भागेको श्रीमतिको भनाई छ ।

अभियुत्तलाई आज म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । निजलाई ठहर भएका २० देखि २२ वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्धा फाँटमा यो सँगै पछिल्लो छ महिनाको अबधिमा ३ वटा जबरजस्ती हाडानाता करणी सम्बन्धी मुद्धा दर्ता भएका छन् । ती सबै आफ्नौ छोरीमाथिको करणीका मुद्धा रहेकाछन् । हाडनाता करणीमाको मुद्धामा एक जनाले जेल सजाय भोगिरहेको छ भने अर्को एकजना जेलबाटै फरार भएको छ । अन्य २ जनाले पनि जिल्ला कारागार रोल्पामा जबरजस्ती करणीको मुद्धामा जेलसजाय भोगिरहका छन् ।