2013/01/18

बसले किच्दा एकको ज्यान गयो


गोविन्द केसी, दैलेख, माघ ४- 

सुर्खेतबाट दैलेख आउदै गरेको ना २ ख ५५६९ नम्वरको यात्रुवहाक बस बुधबार राती डाँडाँपराजुल -७ माथिल्लो डुगेश्वरबजारमा घरछेउमा बसीरहेका एक जनालाई किच्दा मृत्यु भएको छ। मुत्युहुनेमा ५५ वर्षीय बुद्धिराम बुढाथोकी रहेका छन्। बसको ठक्करबाट तुलसी आर्चाय घाइते भएको प्रहीको भनाइ छ। स्थानियले बसलाई नियन्त्रणमा लिएर तोडफोड गरेका छन्। 

क्षर्तीपुतीको माग गर्दै स्थानियहरुले यातायात बन्द गरेका छन्। बन्दका कारण विहिवार विहानैदेखी सुर्खेत-दैलेख चल्ने कुनै पनि सवारी साधन चल्न सकेको छैनन्। आगजनी गर्न लागेका स्थानियहरुलाई प्रहरीले नियन्त्रण लिएपछि आगजनी हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

बस खलासीले चलाएको कारण नियन्त्रणभन्दा बाहिर जाँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दैलेखले जानकारी दिएको छ। प्रहरीले बस, सहचालक र चालकलाई नियन्त्रणमा लिएको छ।

No comments:

Post a Comment