2013/01/15

२२ अर्ब ४० करोड रुपैयाँमा चन्द्रमा यात्रा


काठमाडौ वासिङ्टन , मंसिर २४ - 


अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मनिस्ट्रेसन (नासा) का केही पूर्वअधिकारीहरूले गठन गरेको गोल्डेन स्पाइक कम्पनीले २२ अर्ब ४० करोड रुपैयाँ खर्च गर्न सक्ने जोडीलाई चन्द्रमाको यात्रा गराउने भएकोछ। 

धेरै पहिलादेखि प्रयोगमा आएको रकेट र क्याप्सुल प्रविधिमार्फत चन्द्रमामा पुर्‍याइने उक्त कम्पनीले जनाएको छ । सन् २०२० सम्म यो कार्यक्रम सुरु भइसक्ने आशा छ । केही वर्षअघि स्पेस एक्स कम्पनीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा केही सामान पुर्‍याएपछि अन्य कम्पनीहरूले चन्द्रमाको यात्राबारे सोच्न थालेका थिए । 

धेरै मूल्य र कम हुँदै गएको रुचिले चन्द्रमासँग जोडिएका कार्यक्रमहरू बन्द भए । अमेरिका चन्द्रमा सबभन्दा पहिले पुगिसकेको भन्दै राष्ट्रपति बाराक ओबामाले नासाको यससम्बन्धी कार्यक्रम बन्द गरेका थिए ।

नासाका पूर्व सहप्रशासक एलेन स्टर्नले दक्षिण अपि|mका, दक्षिण कोरिया र जापानजस्ता इच्छुक मुलुकहरूसँग आफ्नो कम्पनीले छलफल गरिरहेको बताएका छन् । कम्पनीले वर्षेनि १५ देखि २० पटक चन्द्रमाको यात्रामा इच्छुकहरूलाई लिएर जाने घोषणा गरेको छ ।

No comments:

Post a Comment