पाँचथर, माघ १४ -
पाँचथर मेमेङ ९ का दयाविर साउदेनले ढुंगा प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । साउदेनले गए राति दाइ ५७ बर्षीय दिलमानलाई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेका हुन ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ५० बर्षीय दयाविरले अंशबण्डाको विषयमा विवाद हुँदा दिलमानलाई ढुंगा प्रहार गरेका थिए । छिमेकमा भएको विवाहमा भोज खाएर फर्किंदै गरेका उनीहरुबीच विवाद बढेपछि दयाविरले आक्रमण गरेको स्थानीयले बताएका छन् । दयाविरलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment