2013/01/30

पशुपतिनाथमा १० महिनाको भेटी ७ करोड


१७ माघ, काठमाण्डौं । सरकारले ‘पशुपति मन्दिर तथा पुजा व्यवस्था नियमावली’ लागू गरेपछि दश महिनामै झन्डै सात करोड रुपैयाँ भेटी संकलन भएको छ ।

गत बर्ष सरकारले पशुपति मन्दिरमा दैनिक भक्तजनहरुबाट जम्मा हुने भेटी पारदर्शी बनाउन ‘मन्दिर तथा पुजा व्यवस्थापन नियमावली २०६८’ लागू गरेको थियो । नियमावली लागू भएपछि दश महिनामा ६ करोड ७६ लाख ९४ हजार ५ सय ४८ रुपैयाँ आम्दानी भएको कान्तिपुर दैनिकमा खबर छ ।


जसमा भेटीबाट ४ करोड २४ लाख ३१ हजार ९ सय ८ रुपैयाँ र विशेष पुजावापत २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपैयाँ संकलन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत चैत्र २६ गतेदेखि सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेको थियो कोषको आर्थिक शाखाका अनुसार आर्थिक बर्ष २०६७/६८ मा ९६ लाख र आर्थिक बर्ष २०६८/६९ मा १ करोड १२ लाख रुपैयाँ संकलन भएको थियो ।

No comments:

Post a Comment