2013/01/25

घर फर्किंदै गरेका व्यापारीको टाउकोमा गोली प्रहार

नेपालगन्ज, माघ १२- 
गए राति अज्ञात समूहको गोली प्रहारबाट नेपालगन्जमा एक व्यवसायी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार रामनगर निवासी २८ वर्षीय गौरव मल्ल घरतर्फ गइरहेको समयमा अज्ञात समूहले उनलाई एक्कासि गोली प्रहार गरेको थियो। टाउकामा गोली लागेका मल्लको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनऊ लगिएको छ। 
रासस

No comments:

Post a Comment