2013/01/23

कोइरालाले स्वीकारे फेसबुक प्रेमिका

९ माघ, काठमाडौं । 
फेसबुकबाट ‘लभ’ परेको भन्दै काठमाडौंबाट धनकुटाको दुर्गम गाउँ मौनाबुधुकस्थित केटाको घरमा पुगेकी किशोरीलाई स्थानीय हेमकर्ण कोइरालाले श्रीमतीका रुपमा स्वीकार गरेका छन् । कोइराला कतारमा रहेका बेला फेसबुकबाटै चिनजान भई विवाह गर्ने बचन दिएको भन्दै काठमाडौंको चाबहिल घर बताउने सबिना अधिकारी मौनाबुधक-८, कोइरालागाउँस्थित हेमकर्णको घरमा पुगेकी थिइन् । 

तर, केटाले आफूलाई विवाह गर्न नमानेपछि सबिनाले धनकुटा सदरमुकाम आएर मानवअधिकारवादी संस्थाहरु गुहारेकी थिइन् । शुरुमा विवाह गर्न नमानेका कोइराला महिला अधिकारकर्मीहरुको सुझावपछि मंगलबार विवाहका लागि राजी भएको पारिवारनिकट स्रोतले अनलाइनखबरलाई बतायो । 

केटीले आफ्नो घर काठमाडौंको चाबहिल बताएको कोइरालानिकट स्रोत बताउँछ । सविना काठमाडौंबाट आफैं केटाको घर पुगेको खबर पाएपछि हेमकर्ण तीनदिन अघिमात्रै कतारबाट घर आएका हुन् । शुरुमा उनले केटीलाई नचिनेको बताएका थिए । 

पिताको निधन भएपछि रोजगारीका लागि कतार पुगेका हेमकर्ण अविवाहित थिए । उनी एक्ला छोरा हुन् । केटीले आफ्नो ठेगाना गौरीघाटबाट खरीबोट जाने बाटोमा घर नम्बर २२२९ भएको बताएकी छन् । दोलखा पुख्र्यौली घर भएकी सविना पुस्कर अधिकारी र सीता अधिकारीकी छोरी हुन् ।

No comments:

Post a Comment