2013/01/20

चिया पिउँदा आमाको मृत्यु, छोराको उपचार हुँदै


माघ,७-जुम्ला - 
स्थानीय जडीबुटीबाट बनेको हिमाली चिया खाँदा जुम्ला देपालगाउँ–७ फोइगाउँकी ८१ वर्षीया कुसुमा धितालको मृत्यु भएको छ । घोडो मच्चो तथा वायोजडी नामको जडीबुटीबाट बनेको चिया पकाएर खाएको करिब ११ घण्टापछि आमा कुसुमा धितालको मृत्यु भएको र छोरा गौरीशङ्कर धिताल बेहोस भएको बताइएको छ । 

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरीले गौरीशङ्करलाई अस्पताल पु¥याएकोमा अहिले उनको अवस्था समान्य रहेको अस्पताल सूत्रले जनाएको छ । मृतक कुसुमाको शवपरीक्षणका लागि कर्णाली अञ्चल अस्पताल जुम्लामा ल्याइएको प्रहरीले जानकारी दिएको छ । उक्त जडीबुटीको चियामा विष मिसिएको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ । रासस

No comments:

Post a Comment