2013/01/17

बसको ढोकाबाट खसेर प्युठानमा एकको मृत्यु


२ माघ, प्यूठान । 
प्यूठानमा गुडिरहेको बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ । धरमपानीको चुँजाठाँटीबाट बिजुवार आउँदै गरेको ना १ ख ७६८७ नम्बरको बसवाटको ढोकाबाट खस्दा खलंगा-६, का १७ बर्षीय अर्जुन श्रेष्ठको मंगलवार ज्यान गएको प्रहरीले जनाएको छ । 

मावलीमा माघेसक्रान्ति मनाएर घरतर्फ आउँदै गर्दा खलंगा-३, कसेरीमा ढोकाबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनापछि बस चालक बिजुली निवासी बासु खड्का फरार रहेका छन् ।

No comments:

Post a Comment