2013/03/16

हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग शिलान्यास स-यो

बहुप्रतीक्षित हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको शिलान्यास मिति सरेको छ । मार्ग निर्माण प्रक्रियाको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले सरकारलाई बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)माथि अध्ययन नसकिएका कारण शिलान्यास मिति सरेको कम्पनीले जनाएको छ । पञ्चाड्डनिर्णायक समितिले शुक्रबारका लागि शिलान्यासको उत्तम साइत रहेको बताएको थियो । कम्पनीका सञ्चालक सिद्धि श्रेष्ठले कम्पनीले बुझाएको डीपीआर सरकारले अध्ययन गरिरहेको भन्दै सरकारबाट स्वीकृत भएपछि मात्रै शिलान्यास गरिने बताए । ‘पूजा साइतकै दिनमा गर्छौं, शिलान्यास चाहिँ पछि गर्छौं’, सञ्चालक श्रेष्ठले भने ।


सञ्चालक श्रेष्ठका अनुसार कुलेखानी ड्यामनजिक सुरुङ खन्ने प्वाइन्टनजिकै पूजा गरिनेछ । सुरुङमार्गको पूजा गरेर वैदिक विधि पूरा गर्न पञ्चाड्ड निर्णायक समितिको नेतृत्वमा ३० जना पण्डित आउने तयारी भएको उनले जनाए । ‘साइतको बेला पूजाआजा गरिन्छ’, सञ्चालक श्रेष्ठले भने–‘ डीपीआर स्वीकृत भएपछि भव्यरुपमा शिलान्यास गर्छौं ।’ पूजाका लागि कम्पनीका सञ्चालकहरु र पण्डितहरुको टोली विहीबार बेलुका कुलेखानी आएको छ ।

No comments:

Post a Comment