2013/03/27

विद्यार्थीले बोकेर स्कूल पुर्याउँछन १२ केजीका शिक्षकलाई

१४ चैत, अर्घाखाँची । उनी ५८ बर्षका भए । शरीर जम्मा १२ किलोग्रामको छ । कम्मरमुनिको भाग सुकेको छ । खुट्टा टेक्दैनन् । एक पाइलो सार्न पनि अरुको साहारा चाहिन्छ । यी शारीरिक अपांग कृष्णप्रसाद पौडेल भगवती निम्न माध्यमिक विद्यालय ठुला पोखरा, अर्घाखाँचीका शिक्षक हुन् । उनले २०२८ सालदेखि पढाउन थालेका हुन् ।

उनी विद्यालय नजिकै बस्छन् । विद्यालय भवनबाट करिब ५० मिटरको दूरीमा उनको घर छ । बिहान उनका विद्यार्थीले बोकेर कक्षाकोठामा पुर्‍याउँछन् र छुट्टी भएपछि पनि उनीहरुले नै बोकेर घर पुर्‍याईदिन्छन् । बस्न अडेस चाहिने भएकाले कक्षा कोठामा उनलाई बस्नका लागि छुट्टै सुविधा छ । उनी गाविसभरि नै गुरु भनेर चिनिन्छन् ।

उनले २०२२ सालमा पाँच कक्षा उत्तीर्ण गरेका थिए । उनी संस्कृतका विद्यार्थी थिए । त्यति बेलासम्म उनी सवलांग नै थिए । विस्तारै उनीलाई रोगले समायो, कुँजा बन्दै गए । पछि थाहा भयो उनलाई नसासम्बन्धी रोग लागेको रहेछ । उनी अहिले पूर्णरुपमा अपांग भएर एकैठाउँमा बसिरहनुपर्ने भएपनि उनले नियमित रुपका कक्षामा पुगेर पढाइरहेको हिमालय टाइम्समा खबर छ ।

No comments:

Post a Comment