2013/03/30

नेकपा-माओवादीका कार्यकर्ताले ल्यापटप लुटे

घनश्याम खड्का, म्याग्दी, चैत्र १२ - मतदाता नामावली संकलन गर्न भकिम्ली गाविस पुगेको टोलीको
ल्यापटप नेकपा-माओवादीका कार्यकर्ताले लगेका छन् ।

जिल्ला निर्वाचन कार्यालका अनुसार आफूलाई नेकपा-माओवादीको कार्यकर्ता बताउने केही व्यक्तिले आइतबार राति तस्वीर सहितको मतदाता नामावली संकलनमा खटिएका अपरेटर कविता रोका र गाविस सचिव बुद्धीप्रसाद शर्मा समेतको टोली बास बसेको ठाउँबाट ल्यापटप, क्यामेरा र फारमहरु लगेका हुन् । घटनाको अनुसन्धान गर्न प्रहरी टोली बिहान भकिम्ली पुगेको छ ।

चुनावी सरकारको गतिविधिलाई असहयोग गर्ने निती अन्र्तगत स्थानीय कार्यकर्ताले मतदाता नामावली संकलनमा पुगेको टोलीको सामाग्री नियन्त्रणमा लिएको नेकपा-माओवादीले पुष्टी गरेको छ ।

माओवादीले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गरी सम्पूर्ण निर्वाचन प्रकृया र अवैध र निर्दलिय सरकारलाई असहयोग गर्न आहृवान गरेको थियो ।

पार्टीको नीति अनुसार हामीले जनतालाई मतदाता नामावली संकलनमा असहयोग गर्न आहृवान गरेकोले समुदायले सामाग्री नियन्त्रण लिएर निर्वाचन कार्यालयका कर्मचारीलाई फर्काएका हुन् सचिव लालु किसानले बताए ।

No comments:

Post a Comment