2013/03/15

चन्द्रबहादुर बिश्वकै होचा व्यक्ति भएको प्रमाणित (भिडियो)

१४ फागुन, काठमाडौं । ७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको गिजिन बुक अफ वल्र्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सवैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् ।


उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिटर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्ज्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाण्डौं आइपुगेको थियो ।

नेपालका चन्द्रबहादुर डाँगी यसअघि यो किर्तिमान फिलिफिन्सका जुनेर वालापिङको नाममा रहेको थियो । चन्द्रबहादुर जुनेरभन्दा ५.३ सेमी होचा छन् । उनको उचाई ५९.९ सेमी अर्थात २३.५ इन्च रहेको थियो । उनले गत जुनमा नेपालकै खगेन्द्र थापा मगरको नाममा रहेको होचा व्यक्तिको किर्तिमान खोसेका थिए ।

No comments:

Post a Comment