2013/04/22

कान्छी श्रीमती र छोरामाथि चक्कु प्रहार

दिलवहादुर छत्याल, धनगढी, वैशाख ८- कैलालीको गेटा गाविसमा एक जनाले आफ्नै श्रीमती र छोरामाथि छुरा प्रहार गरेका छन्। छुरा प्रहार गरिएका आमा र छोराको अवस्था गम्भीर छ। गेटा-५, बस्ने ६० वर्षीय वियज भट्टले श्रीमती र छोरालाई चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट उनकी श्रीमती ४५ वर्षीया भागरथी भट्ट र २३ वर्षीया छोरा चन्द्रकान्त भट्टको अवस्था गम्भीर रहेको कैलालीका प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताए। भागरथीको पेटमा र चन्द्रकान्तको कोखामा चक्कु प्रहार गरिएको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। पद्मा अस्पतालमा उपचार हुन नसकेपछि आमा छोरालाई भारतको हल्दवानी रेफर गरिएको छ।

प्रहरीका अनुसार भट्टले जमिनको अंशवण्डामा विवाद हुँदा कान्छी श्रीमती र छोरालाई चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहार गर्ने विजय भट्ट फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
उनले चलाएको से३प १००८ नम्बरको मोटरसाइकल गोटा ५ स्थित झोलुङ्गे पुल नजिक फेला परेको प्रहरी निरीक्षक शाहीले बताए।

No comments:

Post a Comment