2013/04/25

पाल्पा दुर्घटनाका मृतकको आज रिडीमा अन्त्यष्टी (फोटो फिचर)

Posted by : गुल्मी टाइम्स on 8:08 PM in गुल्मी समाचार, फोटाहरु, हेडलाइन | 0 प्रतिकृयाहरु
प्रेम सुनार, गुल्मी बैशाख ११-
हिंजो पाल्पामा भएको सवारी दुर्घटनामा मृत्यु भएका क्रिष्ट बैंकका डाईरेक्टर गुल्मी हस्तीचौर ७ निवासी ज्ञानबहादुर जि.सी. ,पुर्व मन्त्री गोकर्ण विष्टकी भाई बुहारी सहित एकै परिवारका चार आफन्तको आज गुल्मीको रिडीमा एकै साथ अन्त्यष्टी गरिएको छ । पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य गोकर्ण विष्टकी भाई बुहारी तथा प्रेश चौतारीका पुर्व अध्यक्ष गगन विष्टकी धर्म पत्नी लता विष्ट, ज्वाँई ज्ञानबहादुर जिसी, भान्जी उ १० वर्षिय छोरी आश्था जि.सी , हस्तीचौ ७ स्थित जिसीका दाजु रामबहादुर जिसीको अन्त्यष्टी गरिएको हो । अन्त्यष्टी स्थलमा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिपकुमार ज्ञवाली, लुम्विनी अञ्चल ईन्चार्ज छविलाल विश्वकर्मा, अर्का केन्द्रिय सदस्य ठाकुर गैरे लगायतका केन्द्रिय सदस्यहरु, प्रेश चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, पुर्व महासचिव विष्णु रिजाल, प्रचार विभाग महा सचिव सुर्य थापा लगातका नेताहरु को सहभागिता थियो । मृतकहरुप्रति श्रद्धञ्जली अर्पण गर्दै नेता प्रदिपकुमार ज्ञवालीले पुर्व मन्त्री विष्टको परिवारमा विद्यताले एकै साथ ठुलो बज्रपात गरेको वताए । नियति कति कुरु र र कठोर हुँदो रहेछ जस्ले एउटै परिवारका चार जनालाई एकै साथ छिनेर लग्यो भन्दै ज्ञवालीले गला अवरुद्ध पारेका थिए । ‘आज यति धेरै पाहुनाहरु विष्टका बुवा ,आमाको चौरासी पुजा मान्न जाउँला भनेका थियौ ’उनले भने ‘पुजाको त्यो रौनका आज यस्तो दर्दनाक पिडामा परिणत होला भन्ने कसलाई के थाह ।’ श्रीमति लताको अन्तिम चेहरा नियाल्न पुगेका पत्रकार गगन बेहोस अवस्थामा पुगेका थिए । पुर्व मन्त्री विष्ट, जिसी परिवार सबै भाव विह्ल थिए । आजै विष्टका बाबु आमाको एकै साथ चौरासी पुजा गर्नका लागि त्यो परिवार दो हली स्थित घर आउँदै गर्दा हिजो पाल्पामा दुर्घटनामा परि मृत्यु भएका थिए । यतिबेला विष्टको दोहली र जिसीको घर हस्तीचौर शोक मग्न भएको छ । नेकपा एमाले गुल्मीले अन्त्यष्टी स्थल रिडीमा श्राद्धाञ्जली सभा गरेको थियो । शोक सभामा सबै दलका नेताहरु सहभागि थिए । सभाको प्रचार विभाग गुल्मीका प्रमुख शेषकान्त गौतमले सञ्चालन गरेका थिए ।


हेरौं गुल्मी टाइम्स सहयोगी प्रेम सुनारले खिच्नु भएका भाव विहल आफन्तजन र मृतकहरुका तस्विरहरु







No comments:

Post a Comment