2013/05/24

३ वर्षीया नाबालिका बलात्कृत

स्याङ्जा, जेष्ठ १० - चित्रेभन्ज्याङ ५ मा ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । नाबालिकाको
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गराएको थियो । बलात्कार अभियोगमा प्रहरीले ४४ वर्षीय कृष्णबहादुर मानन्धरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीले पोखरामा पक्राउ गरिएका मानन्धरलई स्याङ्जा ल्याउने तयारी भइरहेको जनाएको छ ।
यसैगरी कुवाकोट १ बारीकुनामा २० वर्षीय पर्वत थापालाई बुधबार २६ वर्षीया बिरामी युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तरकारी किन्न पसल पुगेका उनले पाँच सय रुपैयाँको नोट दिएपछि आमा साट्न गएको मौका छोपी बलात्कार गरेको पीडितले बताए ।
'पाँच सय दियो, साट्न गाउँतिर लागिन् र्फकेर आउँदा त छोरी रोइरहेकी थिई । के भयो भनेर सोद्धा त छोरीलाई आफू नभएको मौका पारेर ग्राहकले नै बलात्कार गरेको रहेछ,' युवतीकी आमाले भनिन् ।

No comments:

Post a Comment