2013/06/11

रुकुम मा श्रमतीको हत्या, छोरा छोरी घाइते

रुकुम, जेष्ठ २८ - यहाँस्थित नुवाकोटका एक युवकले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । उनले प्रहार गरेको खुकुरीबाट उनका दुई छोरा र एक छोरीलाई गम्भीर घाइते भएका छन् । नुवाकोट - ८ नाख्लाका ४२ वर्षीय भिमलाल ओलीलेे सोमबार राति खुकुरी प्रहार गरी श्रीमतिको हत्या तथा छोराछोरीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी अनुसार ओलीले ४२ बषिर्या श्रीमती पवित्रा ओलीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन । ओलीको खुकुरी प्रहारबाट छोराहरु १० वर्षीय प्रेम ओली, १५ बर्षका तुलसी राम ओली र छोरी १८ वर्षीय विमला ओली गम्भिर घाइते छन । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले प्रत्यक्षदर्शीहरु र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनले श्रीमतीको हत्या गरेको र छोराछोरीलाई घाइते बनाएको पुष्टि भएको बताए ।
'प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा हत्या खुलेको हो,' उनले भने, 'घटनाबारे प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु गरेको छ ।' घटनापछि हत्याका अभियुक्त फरार रहेको प्रहरी नायब उपरिक्षक भट्टले जनाए । प्रहरीले घटना घरायसी बिबादका कारण भएको हुनसक्ने जनाएका छ ।
घाइतेहरुको टाउको र घाटीमा खुकुरीको गहिरो चोट लागेको छ । दुई छोराको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई स्थानिय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमान्डौं लगिएको छ । हत्याका अभियुक्त आली फरार रहेकोले खोजी भैरहेको प्रनाउ भट्टले जनाए ।

No comments:

Post a Comment