2013/06/19

फिस्टेल एअरको हेलिकप्टर दुर्घटना

fishtail airनेपालगन्ज, असार ५ - हुम्लाको तिब्बती सीमा मुचु-९ स्थित हिल्सा गाउँमा गएको पहिरोमा परेकाको उद्दारका लागि टोली पुर्‍याएर फर्केको फिस्टेल एअरको हेलिकप्टर बुधवार दिउँसो दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा ६ जना थिए । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४१ कोस उत्तर चिनको सीमाना पर्छ ।
प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । कर्णाली नदीको किनारमा भएको दुर्घटनास्थल पारीबाट देखिए पनि प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी हुम्लाका निरीक्षक युवराज चौधरीले बताए । 'तीन जना सकुशल हेलिकप्टरबाट बाहिर निस्केको देखिएको छ । अरु च्यापिएको आशंका छ'- उनले ईकान्तिपुरसित भने,-हेलिकप्टरको पुच्छरमा आगो देखिए पनि निभेको छ ।
यसैबिच गत आइतवार हिल्सामा घर बगेर पुरिएका एकैघरका चार जनाको शव प्रहरीले बुधवार निकालेर पोस्टमार्टमका लागि सिमकोट ल्याएको छ । पहिरोले बगाएको एकै घरका ३५ बषर्ीया क्याम्मा लामा, छोरी ६ बर्षकी हिटाक लामुलामा, चार बर्षकी छिरिछिटोल र दुई बर्षका छोराको शव भेटिएको हो । चौकी इन्चार्ज शिव वलीले २७ जनाको प्रहरी टोली उद्दारमा जुटेको बताए ।
स्थलगत निरीक्षणका लागि बुधवारै प्रजिअ विजयनारायण मानन्धर, डिएसपी विजय थापा, मेजर सुबांगत कटवाल, स्थानीय विकास अधिकारी नरेशप्रसाद ढकाल र रेडक्रस सभापति नरबहादुर रोकाय मुचु पुगेर फर्केका छन् ।
रेडक्रसले क्षतिको विवरण संकलन सुरु गरेको छ ।

No comments:

Post a Comment