2013/07/03

बस दुर्घटनामा १७ जना गम्भीर घाइते

हेटौँडा, असार १९ - काठमाडौँबाट जनकपुरतर्फ गइरहेको ना३ख ६०५५ नं को यात्रुबस हेटौँडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा आज बिहान २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा १७ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेको चितवन जिल्लाको शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त बसका तीन यात्रु हेटौँडा अस्पतालमा सामान्य उपचार गराई घर फर्किएको जिल्ला प्रहरीको नियन्त्रण कक्षले जनाएको छ ।
बसका चालक र सहचालक दुर्घटनालगत्तै फरार भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment