2013/07/17

मृगौलापीडित निर्देशक भन्छन्- 'चलचित्र क्षेत्रबाहेकको सहयोग लिन्नँ'

shiva regmi
काठमाडौं, श्रावण २ - दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका निर्माता/निर्देशक शिव रेग्मीले फिल्म क्षेत्रबाहेकको सहयोग स्वीकार नगर्ने बताएका छन् ।
सेलिब्रेटी भएका नाताले उनलाई उपाचारार्थ सहयोग गर्न ब्यक्तिगत रुपमा सहयोगी हात आए पनि उनले स्वीकारेका छैनन् । 'हाम्रो परिवारभित्र (चलचित्र क्षेत्र) का संघ संस्थाबाट तथा संस्थागत रुपमा सहयोग गर्न चाहनु हुन्छ भने अवश्य तयार छु,' चलचित्र पत्रकार संघका पदाधिकारीसँग बुधबार उनले भने, 'तर ब्यक्तिगत रुपमा आएको सहयोगचाहिा म स्वीकार्न सक्दिन ।'
रेग्मीलाई बुधबार नै चलचित्र पत्रकार संघले सम्मानस्वरुप ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।
उनको स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन न्यूज फिल्मीका पत्रकार अनुप भट्टराईले संकलन गरेको रकम अनामनगरस्थित उनकै निवासमा संघमार्फत रेग्मीलाई हस्तान्तरण गरिएको हो ।
संघका अध्यक्ष विदुर गिरीको नेतृत्वमा गएको संघको टोलीले रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएको थियो । चिकित्सा क्षेत्रका छोराछोरी भएका कारण घरमै दैनिक आठ घण्टाको अन्तरमा डाइलसिस -शरीरमा अनावश्यक रहेको पानीलाई कृत्रिम तरिकाले फ्याल्ने काम) गरिरहेका उनलाई उनकै कान्छा भाइ सरोज रेग्मीले एउटा मृगौला दिंदैछन् ।
मृगौलामा समस्या देखिएपछि गत फाल्गुन २३ गतेदेखि उनको दैनिकी अस्पताल र घरमा मात्र सीमित भएको छ ।
यूकेमा रहेकी रेग्मीकी शुभचिन्तक तथा प्रशंसक ईशा गुरुङले बिरामी निर्देशकको उपचारका लागि उपलब्ध गराएको रकम उनलाई हस्तान्तरण गरिएको हो ।

No comments:

Post a Comment