चितवन, १६ भदौ । मलेशियामा वैदेशिक रोजगारमा गएका चितवनकी जुनु तामाङ र बारा जिल्लाकी ज्ञानु रानालाई सुरक्षित स्वदेश फिर्ताका लागि पिडितका आफन्तहरुले माग गरेका छन् । रिपोटर्स क्लव चितवन शाखाले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत पिडित पक्षले आफन्तको सुरक्षित स्वदेश फिर्ताको लागी नेपाल सरकार समक्ष माग गरेका हुन् । चितवनकी जुनु तामाङ आठ महिना अघि साकुरा एशोसियट्स प्रालिका संचालक राजेश अर्याल र रामचन्द्र अधिकारी मार्फत वैदेशिक रोजगारमा गएको पिडित पक्षले बताएका छन् । विदेशमा ४५ हजार नेपाली रुपैया“ मासिक तलव दिने प्रलोभनमा पारि मलेसीया लगे पनि अहिले सम्म रोजगारी नदिएको र अन्यलाई तलव समेत नदिएको आफन्तको गुनासो छ । उनीहरुसंगै देशका विभिन्न स्थानका गरि ९ जना गत पुस ५ गते मलेसीया पुगेका थिए । कम्पनिले तोकिएको रकम नदिएको र ८ महिना वितिसक्दा ३ महिनाको मात्र तलव दिएको पिडित पक्षको गुनासो छ । कम्पनीलाई तोकिएको रकम माग्दा र्दुव्यवहार सँगै जेल हाल्ने धम्की दिएको पिडित जुनु तामाङका श्रीमान द्रोण केसीले बताउनुभयो । उहा“ले कम्पनीले डर धम्की देखाएर अन्य ७ जनालाई काममा लगाईएको र दुई जनालाई भने काममा नलगाइएको बताउनुभयो । उहा“ले म्यानपावरसँग तामाङ र रानालाई स्वदेश फर्काउन माग गरेपनि उनीहरुले आलटाल गरिरहेको केसीको भनाई छ । ‘यही भाद्र १० गतेभित्रमा नेपाल पर्काउने सहमती भएको थियो, तर अझै कुनै पनि पहल भएको छैन’–केसीले भन्नुभयो ।
No comments:
Post a Comment