2013/11/10

रोल्पाका गाउँगाउँमा चुनाव बहिष्कारको अभियानमा माओवादी

रोल्पा । साउन १५ गते
आगामी मंसिर ४ गते गर्ने भनिएको दोस्रो संविधान सभा निर्वाचनलाई सक्रिय रुपमा वहिष्कार गर्ने भन्दै नेकपा–माओवादी रोल्पाले गाउँका विभिन्न स्थानबाट साउन १५ गते मंगलबारदेखि विभिन्न प्रचारात्मक कार्यक्रम अभियान थालेको छ ।

माओवादीको विगत सशस्त्र युद्धको थलो रोल्पाका थवाङ, होलेरी, गाम र मसिनाबाट एकैसाथ साउन १५ गते मंगलबारदेखि �ने.क.पा.–माओवादी रोल्पाले गाउँबाट पनि चुनाव बहिष्कार कार्यक्रम थालेको हो ।जिल्लालाई ४ क्षेत्रमा विभाजन गरि प्रत्येक कमाण्डमा जनवगिर्य संगठन तथा मोर्चाको समेत प्रतिनिधित्व हुने गरि कमाण्ड निर्धारण गरिएको माओवादीका सहइन्चार्ज सुन्दरकुमार वलीले बताए । थवाङमा जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभास, गामबाट केन्द्र्रीय सदस्य अमर झाक्री संजीवकुमार, होलेरीबाट सहइन्चार्ज सुन्दर वली र मसिनाबाट जिल्ला सेक्रेटरी आशबहादुर रोका रक्तिमले चुनाव बहिष्कारको नेतृत्व गरेको माओवादी जनाएकोछ �।�

यसैक्रममा मंगलवार ईलाका नं. २ को मसिनाको सुर्पालमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला सेक्रेटरी आशबहादुर रोका रक्तिमको प्रमुख आतिथ्यता रहेको थियो भने युवा जनस्वयमसेवक रोल्पाका संयोजक विजुलीको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संचालन ने.क.पा. –माओवादी २ नं. ईलाका इन्चार्ज अडिगले गए । साथै मसिना गा.वि.स.का विभिन्न स्थानहरुमा भित्तेलेखन,पोष्टरीङग तथा व्यानर टाँसिएको छ । ।

सोही अभियानकै क्रममा माओवादीका जिल्ला सह ईन्चार्ज सुन्दर वली सुरविर ले नेतृत्वमा होलरी वजारमा झण्डा व्यानर टाग्ने, भित्तेलेखन गर्ने तथा पंम्लेटीङग गरिएको छ । �जिल्लाका विभिन्न स्थानमा पनि अभियानका कार्यक्रम गरिने ने.क.पा.–माओवादी रोल्पाले जनाएको छ ।

No comments:

Post a Comment