2013/11/11

मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

२२ कार्तिक, मलेसिया ।
मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । मलेसियाको तामिनजयामा दिनभर काम गरेर आएपछि सुतेका सिन्धुली अमले गाविसका २५ वर्षीय राम वहादुर स्यानतानको मृत्यु भएको हो । उनको यहि बुधवार मृत्यु भएको हो ।

तामिनजयामा रहेको निट्रा मेटल कम्पनीमा कार्यरत स्यानतान १० बजेसम्म काम गरेर कोठामा आएर खाना खाएर राती ११ बजे सुतेका थिए । सहकर्मि कृष्ण लिम्वुका अनुसार उनको विहानपख ज्यान गएको हो ।

मृतकस्यानतानको शवको पोसमार्टम भइसकेको तथा शव नेपाल पठाउने तयारी भइरहेको छ । स्यानतान मलेसियामा तीन वर्षदेखि काम गर्दै आएको बताइएको छ ।

No comments:

Post a Comment