2013/12/29

हेरोइन किन्न पैसा नदिएको झोंकमा पत्नीको नाक र ओंठ च्वाट्टै

Afghan womanघातक लागूपदार्थ हेरोइनको कुलतमा फसेका एक अफगानीले गहना बेच्न नदिएको भन्दै आफ्नो पत्नीको नाक र ओठ काटिदिएका छन् ।
हेरातमा बस्दै आएकी चार सन्तानकी आमा सिताराका पति हिरोइनको कुलतमा परेका थिए । लागूऔषध किन्न पैसा नभएपछि उनले सितारासँग गहना मागेका थिए ।

तर, गहना बेच्न अस्वीकार गरेपछि उनलाई निर्घात कुटपिट गरे । चक्कुले नाक र ओंठ काट्नु अघि ३० वर्षीया सितारालाई टाउकोमा ढुंगालेसमेत हानेका थिए । उनले भनिन्–‘मलाई टाउकोमा ढुंगाले हाने । त्यसपछि उनले चक्कुले मेरो नाक र ओठ काटे, मोबाइल र हातको औठी पनि लगे ।’


घटनापछि उनलाई अस्पताल पु¥याइएको छ । अहिले उनको टर्कीमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २ जनालाई पक्राउ गरेको बताएपनि पक्राउ परेका व्यक्ति सिताराको पति हुन कि होइनन् भने खुलाइएको छैन ।

No comments:

Post a Comment