रोल्पा– काठमाडौंबाट घर बस चढेका एक युवक रोल्पा पुग्दा बसको सिटमै मृत फेला परेका छन्। वैदेशिक रोजगारीमा मलेसिया गएर स्वदेश फर्किएका बडाचौर ७ सालडाँडाका टेकमान रोका घर जान काठमाडौंबाट ना३ख ८६०६ नम्बरको रात्रिबस चढेका थिए।
उनी बसमै मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताए। अत्यधिक मदिरा सेवनले उनकाे मृत्यु भएको प्रहरीको अनुमान छ। मृतकको जिल्ला अस्पताल रेउघामा पोस्टमार्टम गरिएको थियो।
No comments:
Post a Comment