Image Hosted by ImageShack.us

2014/01/09

ब्वाँसो र छेपारो खाएर १२३ वर्ष बाँचेका यी वृद्ध (फोटोफिचरसहित)

एक व्यक्ति सबैभन्दा वृद्ध ठहरिने भएका छन् । रेकर्ड अनुसार उनको अहिलेको उमेर १२३ वर्ष भएको छ ।
उनको घर घाँस र ढुंगाले बनेको क्षेत्रमा पर्दछ । उनी लेखपढ पनि गर्दैनन् । र, उनको अहिले एउटा पनि दाँत छैन । उनको नाम कारमेलो फ्लोरस लारा हो । जो बोलिभियाको एउटा निकै सानो र अलगथलग भइसकेको गाउँमा बस्छन् । उनलाई आफ्नो उमेर त याद छैन तैपनि उनलाई आफू एक सताब्दीदेखि यो क्षेत्रमा बस्दै आएको थाहा छ ।बोलिभियाको सिभिल रजिस्टारका निर्देशक युजेनियो कोनडोरी भन्छन्–जस्तो कि तपाई यो दस्तावेज पनि हेर्न सक्नुहुनेछ । यसमा कारमेलोको जन्म १६ जुलाई १८९० मा भएको हो । यो जन्म प्रमाणपत्र सन् १९४० अघि जन्मेकाहरुका लागि वैध प्रमाण मानिन्छ । किनभने यसअघि सरकारी रेकर्ड राख्ने सुविधा थिएन ।

यता किनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड १२२ वर्ष ५ महिनाका एक व्यक्तिको नाममा छ। यदि बोलिभियाका अधिकारीहरुको दावी सही ठहरिए कारमेलो त्यसभन्दा उमेरदार व्यक्ति ठहरिने छन् । तर, उनले अहिले नै भने गिनिज बुककोतर्फबाट मान्यता पाइसकेका छैनन् । कारमेलोले ढुंग्यान र उबडखाबड क्षेत्रमा कठोर र कष्टपूर्ण जीवन बाँचेका छन् । तैपनि पहाडबाट निस्केको सफा र प्राकृतिक पानी पिउने गरेका छन् । र, जीवनभर भेंडाबाख्रा चराएका छन्

कारमेलो प्लोरेसका अनुसार पहाडी क्षेत्रमा हिडिरहन उनका लागि बरदान सावित भएको छ। यसका साथै भोजन पनि आम छैन । लारा भन्छन्–मैले ब्वासो खाएको छु, छेपारो खाएँ । सुगुरको मासु मलाई खुवै मन पर्छ । त्यसैलाई उनी आफ्नो दीर्घायुको कारण मान्दछन् । तर, टिटीकाका पोखरी क्षेत्रमा रहेको यो गाउँमा अहिले निकै कम मान्छे छन् । एजेन्सी

1 comment: