झापा,माघ ५ ।
माई मेला हेरेर फर्किरहेको अवस्थामा वलात्कार गरेको भन्दै पिडीत युवतीका आफन्तले उजुरी गरेपछि प्रहरीले बलात्कारीलाई सहयोग गर्ने एक जनालाई पक्राउ गरेको छ । सुरुङ्गा गाविस ३ की १९ वर्षीया ती युवतीलाई बलात्कार गरेको अरोपमा अर्जुनधारा गाविस ४ का २७ वर्षीय रोशन कार्की र वडा नं ९ का २७ वर्षीय तारा सोनामविरुद्ध युवतीका आफन्तले बुधबार प्रहरीमा दिएको जाहेरीको आधारमा सोनाम पक्राउ परेका हुन्।
मुख्य आरोपी कार्की भने फरार छन् । आरोपीद्वयले गत मंगलबार दिउँसो माई मेला पुगेर फर्कने क्रममा ती युवतीलाई मोटरसाईकलमा जबरजस्ती राखेर सुरुङ्गा गाविस ८ स्थित सुकेडाँगी सामुदायिक वनभित्र लगेपछि रोशन कार्कीले बलात्कार गरेका थिए । पिडीतका आफन्तले बुधबार साँझ इलाका प्रहरी कार्यालय विर्तामोडमा दिएको जाहेरीको आधारमा बलात्कारमा सहयोग पुर्याउने सोनामलाई बुधबार नै पक्राउ गरिएको इप्रका विर्तामोडले जनाएको छ । बलात्कारको आरोप लागेका कार्की फरार रहेकोले उनको जोजि भइरहेको प्रहरीले जनाएको छ।