बिमल बिष्ट/डोटी, माघ ५ –
डोटीमा शुक्रबार बिहान चट्याङ लागेर एक सैनिकको ज्यान गएको छ । डोटी सिलगढीको भैरबगण अन्तरगत नेपाल टेलिभिजनको टावर सुरक्षार्थ खटिएका २६ बर्षिय प्युठ गणेश तिरुवाको ज्यान गएको भैरबगण डोटीले जनाएको छ ।
डोटीमा बिहीबार रातीदेखि चट्याङ र मुसलधारे वर्षा भइरहेको छ । वर्षाका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् भने वस्तुभाउ गोठमा लैजान पनि मुश्किल परेको छ । आगलागीबाट दुई वालवालिकाको ज्यान गयो डोटीको सात्फरी गाबिसको एक घरमा बिहीबार दिउँसो आगलागी हुँदा २ वालवालिकाको ज्यान गएको छ ।
सदरमुकामबाट करिब एक दिनको पैदल दुरीमा पर्ने सात्फरी गाबिस ५ डौडामा स्थानीय लालबहादुर चन्दको घरमा आगलागी हुँदा ३ बर्षिय छोरा हर्क र डेढ बर्षिया छोरी हरिनाको ज्यान गएको हो । छोराछोरीलाई घरभित्र राखेर बाबुआमा जङ्गलमा खर काट्न गएको बेला घरमा बालेको आगो सल्किएर आगलागी भएको स्थानीयबासिन्दाले बताएका छन् । आगलागीबाट घरमा भएका सबै लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment