2013/01/21

धादिङमा बस दुर्घटनामा ३ को मृत्यु


धादिङ, माघ ८ - 
धादिङको आरुघाटबाट धादिङबेसीतर्फ आउादै गरेको ना २ ख ४९८५ नम्बरको बस सोमबार बिहान ९ बजे धादिङबेसी-आरुघाट सडक खण्डको ज्यामरुङ ९ कमेरे नजिक पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छे ३० भन्दा बढी यात्रु घाइते भएका छन् ।

करिब ४५ यात्रु बोकी काठमाडौंका लागि हिडेको उक्त बस क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । सदरमुकाम धादिङबेसीबाट १ घण्टा मोटर बाटोमा पुग्न सकिने उक्त 
स्थानमा भएको दुर्घटनाको उद्धारको लागि सदरमुकाम धादिङबेसीबाट ३ वटा एम्बुलेन्स, २ वटा निजी गाडी र प्रहरीहरु घटनास्थलतर्फ गएका छन् । बसमा केही यात्रु चेपिएको हुनसक्ने भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment