काठमाडौ, माघ ८ -
यात्रुलाई ठगी गरेको अभियोगमा ट्राफिक प्रहरीले कारवाही चलाउन थालेपछि त्यस विरुद्ध ट्याक्सी व्यवसायीहरुले संघर्ष थालेका छन् । उनीहरुले सोमबार रिङ्गरोडमा र्याली गरेर तिनकुनेमा सभा गरेकाछन्।
उनीहरुले ट्रफिकको कारवाही रोकिनुपर्ने माग गरेका छन् ।
उनीहरुको आन्दोलनलाई कतिपयले 'ठगी गर्न पाउनुपर्ने' मागको रुपमा टिप्पणी गरेका छन् । मिटरमा नहिड्ने, मिटर बिगारेर यात्रुसंग बढी पैसा असुल्ने, भनेको स्थानमा नजाने विरुद्ध पुस २९ यता ट्राफिक प्रहरीले कारवाही तिव्र बनाएको हो ।
यात्रुलाई ठगी गर्ने ट्याक्सी चालकलाई जरीवाना मात्रै होइन की ठगी मुद्दामा कारवाही हुनुपर्ने माग उठिरहेको बेला ट्याक्सी व्यसायहरु एकजुट भएर संघर्षमा उत्रेका छन् । उनीहरुले कान्तिपुरविरुद्ध नारावाजी गर्नुका साथै पत्रिका जलाएका छन् । केही दिनयता ट्याक्सी चालकले यात्रुलाई ठागेको विरुद्ध कान्तिपुरले समाचार प्रकाशित गर्दै आएको छ ।
No comments:
Post a Comment