2013/01/23

गोरु काट्नेलाई छुटाउन पाँचथर बन्द


खगेन्द्र अधिकारी, 
ताप्लेजुङ, माघ १० - गोरु काटेको अभियोगमा पक्राउ परेकाहरुलाई छोड्नु पर्ने भन्दै आदिवासी जनजाति महासंघको अगुवाईमा आज बिहानैदेखि गरिएको पाँचथर बन्दका कारण ताप्लेजुङमा पनि यातायातका साधन चलेका छैनन्। ताप्लेजुङबाट पाँचथर, इलाम र झापाका लागि छुट्ने आधा दर्जन बस तथा ट्याक्सीहरु नछुटेपछि यात्रुहरु अलपत्र परेको ताप्लेजुङ बुकिङ काउण्टरका इञ्चार्ज राजन गुरुङले बताए। 

आदिवासी जनजाती लगायतका आठ वटा संगठनले आज र भोलि दुई दिनका लागी यातायात बन्दको आव्हान गरेका छन्। बन्दका कारण मेची राजमार्गको ताप्लेजुङ फिदिम सडक खण्डमा यातायातका साधन ठप्प छन्। मोटरसाइकल बाहेक अरु सवारी साधन चलेका छैनन्। जनजाति महासंघका पांचथर अध्यक्ष बिर्खबहादुर वाईवाले धर्म निरपेक्ष राष्ट्र भई सक्दा पनि धार्मिक बिभेद कायम रहेकाले यसका विरुद्ध चरणबद्ध आन्दोलन गरिएको बताए। 

उनका अनुसार पक्राउ परेका ६ जनालाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने छ। पक्राउ परेका ६ जनामा दलबहादुर गुरुङ, दीपक आङवो,रमेश नेम्बाङ, शुभचन्द्र राई,बिनोद नेम्बाङ र प्रमिश गुरागाई रहेका छन्। उनीहरुलाई गाई काटेको अभियोगमा उनीहरुलाई पुस २६ स्थानीय प्रशासनले पक्राउ गरी कारबाही थालेको छ।

No comments:

Post a Comment