2013/01/23

अनौठो रूखको चर्चा

पर्सा, माघ १० - 
पर्सासँग सीमा जोडिएको बाराको फेटा २ मा अनौठो रूख रहेको छ । सतीमाई वृक्षको नामले चर्चित उक्त पाकडको रूखसँग थुप्रै अनौठा र आश्चर्यलाग्दा प्रसंग छन् । गाउँ पुग्ने जो कसैलाई आकषिर्त गर्ने रूख गाउँ प्रवेश गर्नु अघि नै टाढाबाट देखिन्छ । रूखको उचाइ सय फिट र मोटाइ ५० फिट हाराहारी छ । स्थानीय देवनाथ साहको पुख्यौर्ैली जग्गामा रहेको रूख कति वर्ष पुरानो हो भन्नेबारे सबैजना अनभिज्ञ छन्। 

६९ वषर्ीय साहले रूखलाई आफूले परापूर्वकालदेखि पुर्खाको निधिको रूपमा श्रद्धा र भक्तिपूर्वक पूजाअर्चना गर्दै जोगाएको बताए । बयोवृद्धले पनि रूखको उमेर बताउन सकेका छैनन् । आफ्नो बराजुको मृत्यु हँुदा उनीसँग पत्नी सती गएकी र तिनकै अन्तिम इच्छाअनुसार त्यहाँ उक्त पाकडको रूख रोपिएको किंवदन्ती रहेको साहले बताए । 

उनले आफ्नो परिवारले दैनिक रूपमा रूखको पूजाअर्चना गर्ने र परिवारमा बिहेवारी हुँदा रूखलाई नयाँ मर्दानी -कपडा) चढाउने, दाइजोमा ल्याएका वस्त्र सबैभन्दा पहिले यसैलाई अर्पण गर्ने गरेको बताए । करिब एक किलोमिटरसम्म जरा फैलिएको रूखको टोड्कामा विभिन्न जातका बिषालु सर्प रहे पनि अहिलेसम्म कसैलाई डसेकोे घटना सम्झना नरहेको उनले बताए ।

No comments:

Post a Comment