2013/01/19

हत्या योजना बनाइरहेका पाँच भारतीय अपराधी हतियारसहित पक्राउ

माघ ६ - 
वीरगन्जको सुन व्यापारीलाई लुटपाट गर्नुका साथै हत्या गर्ने भारतीय अपराधीहरुको योजना पर्सा प्रहरीले विफल पारेको छ ।

वीरगन्जका ठूला सुन व्यापारीको हत्या तथा लुटपाट गर्ने उद्देश्यले आएका पाँचजना भारतीय अपराधीलाई

प्रहरीले गएराति हतियारसहित पक्राउ गरेपछि उनीहरुको योजान विफल भएको हो ।

हत्या एवम् लुटपाटको योजनासहित भारतीय अपराधी जिल्ला छिरेको पूर्वसूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघर लिङ्करोडमा अवस्थित रेडरोज गेस्टहाउस र कुम्हालटोलमा छापामारी तीन थान नलकटुवा पेस्तोल, सोमा प्रयोग हुने १२ थान गोलीसहित भारत विहार बेतिया निवासी पाFचजना अपराधीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

वीरगन्जमा घटना घटाउन जिल्ला छिरेको सूचनापछि प्रहरी निरीक्षक मनोहर भट्टको नेतृत्वमा परिचालन गरिएको प्रहरी टोलीले गेस्टहाउसमा छापामार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

विद्युत्भार कटौतीको मौकाछोपी अभियुक्तहरुले वीरगन्जका ठूला सुन व्यापारीलाई लुटपाट गर्नुका साथै हत्यासमेत गर्ने योजना गरेका उपरीक्षक अधिकारीले जानकारी दिए ।

लुटपाट तथा हत्याको योजनामा संलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयले शनिबार पत्रकारसम्मेलन गरी सार्वजनिक गर्दै उनीहरुबाट बरामद भएको हतियार, मोबाइल, फोनलगायतका समानसमेत सार्वजनिक गरेको छ ।

ती भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जिप्रका पर्सामा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 


No comments:

Post a Comment