कमल थापा, रुकुम, माघ ६ -
गएराति पश्चिम रुकुमको पूर्तिमकाँडा गाविसमा चट्याङमा परी १ जना युवाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्तिमकाँडा -६ जंगल गाउँका २१ वर्षीय टोपबहादुर पुन छन् । घाइते हुनेहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार घाइतेहरु कान नसुन्ने भएका छन् भने शरीरमा चट्याङको लप्काले भेटेर चोट लागको छ ।
इलाका प्रहरी कार्यालय चौरजहारी र पुर्तिमकाँडाका प्रहरी भर्खरै घटनास्थल पुगेको भण्डारीले जानकारी दिए । पश्चिम रुकुममा गत बिहीबारदेखि आज बिहानसम्म अबिरल पानी परेको थियो ।
यसैगरी अविरल वर्षापछि पूर्वी रुकुममा भने भारी हिमापत भएको छ । हिमपातले त्यहाँको जनजीवन कष्टकर बन्दै गइरहेको सहायक प्रजिअ भण्डारीले बताए । यस्तै हावाहुरीले ठाउँठाउँमा विजुलीको पोल लडाएपछि तीनदिनदेखि सदरमुकाम खलंगामा विद्युत आपूर्ति हुन सकेको छैन ।
No comments:
Post a Comment