2013/03/30

आफ्रिकामा फ्रान्सेली सैनिकद्वारा नेपालीको हत्या

काठमाडौ, चैत्र १६ - विमानस्थलको सुरक्षार्थ खटिएका फ्रान्सेली सैनिकले चलाएको गाली लागि मध्य
आफ्रिकी गणतन्त्रमा एक नेपालीको मृत्यु भएको छ । अर्का मारिएक एक जना भारतीय रहेको बताइएको छ ।

फ्रान्सेली रक्षा मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एफपीले अनुसार सोमबार भएको उक्त आक्रमणमा मारिनेहरु भारतीय रहेको बताइएको थियो । तर, नाम भने खुलाइएको छैन ।

प्रबक्ता कर्णेल थेरी बुर्खार्डले संवाददाताहरुलाई बताए अनुसार दुई नागरिक र एक चाडका प्रहरीको गरी तीन वटा कारलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

'भारतीय र नेपालीसंगै चाडका प्रहरी रहेको जानकारीमा आएको छ' उनले भनेका छन्, 'फ्रान्सेली सैनिकको गोलीबाट एक जना भारतीय र अर्को नेपाली नागरिको मृत्यु भएको छ ।'

उनले चार जना चाडका प्रहरीसहित एक दर्जन जाति घाइते रहेको पनि उल्लेख गरेका छन् । केही दिनअघि उक्त देशमा भएको राज्य विप्लवपछि फ्रेन्च तथा बाहिर जान चाहने अरु देशका नागरिको सुरक्षाको लागि ५५ जना फ्रेन्च सैनिक विमानस्थलमा तैनाथ छन् ।

No comments:

Post a Comment