ताप्लेजुङ, चैत्र ५ -
१४ दिने सुत्केरी बुहारी र ५ वर्षे नाति मृत फेला परेको खबर सुन्नेबित्तिकै साँवा गाविसकी एक महिलाको निधन भएको छ । सोही परिवारका अर्का एक १४ दिने नाबालक बेपत्ता छन् । परिवारकै तीन जनाको मृत्यु र नाबालक बेपत्ताको घटनाले गाउँ पूरै शोकाकुल बनेको छ । साँवा-१ दलैंचामा सोमबार बिहान ३८ वषर्ीया कमला लिम्बू र उनका ५ वर्षका छोरा स्थानीय मेवाखोलामा पानीमा तैरिएको अवस्थामा मृत भेटिएका हुन् । प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार उनीहरूको शव खोलामा भेटिएको खबर सुनेपछि घरमा भएकी कमलाकी सासूको पनि मृत्यु हुन पुगेको हो । कमलाकै १४ दिने काखेबालक छोरा भने नभेटिएको साँवाका मंगलसिंह साँवाले बताए । उनका अनुसार कमलाका नाबालकसहित चार छोरा थिए । निरीक्षक खड्काका अनुसार आमा र छोराको शव ५ मिटर फरकमा खोलामा तैरिइरहेको अवस्थामा भेटिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको उनले जनाए ।
No comments:
Post a Comment