अर्घाखाँची जिल्लामा बैशाख ११ गतेबाट संचालित जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधी अमरावति युवाक्लव ठाडा अमराईले हात पारेको छ सदरमुकाम सन्धिखर्कको टुडिखेल मैदानमा भएको फाईनल खेलमा मिर्मिरे युवा क्लव जलुकेलाई हराउँदै अमरावति युवा क्लव प्रथम भएको हो । खेलमा मिर्मिरे युवा क्लव जलुके द्धितिय र डिभर्ना युवा क्लव तृतिय भएका छन्। जिल्लाका बिभिन्न १५ ओटा समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा अमरावति युवा क्लव ठाडाका चन्द्र कुंवर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । विजयी प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्ने खेलाडी समुहलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाको साथमा मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको समापनमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी गोविन्द मणी भुर्तेललले व्यक्तिको चौतर्फी विकासको लागी खेलकुदको विकास आवश्यक पर्ने बताउँदै गाउँ गाउँमा प्रतियोगिता गराएर खेलकुदप्रति जनताको आकर्षण बढाउन सबैले जोड दिनुपर्न्र बताउनु भयो । खेल, खेलकुद विकास समितिका अध्यक्ष हरिप्रसाद भट्टराईको अध्यक्षता र शिव वेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment