Image Hosted by ImageShack.us

2013/05/14

साउदीमा कोठामा थुनेर दुई वर्षसम्म यौन शोषण


काठमाण्डौं, वैशाख २६ -
कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्‍याइएकी ती युवती दुई बर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको सिकार भएकी हुन् । आफूलाई ललाईफकाई अबैध तरिकाले विदेश लग्ने बाँकेका तीन जना विरुद्ध पीडितका तर्फबाट उनकी बहिनीले मंगलबार जिल्ला अदालतमा ‘मानव बेचविखन तथा ओसारपसार’ मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपित मध्येका एक रझेना ७ का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षिक भूपाल कुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए । राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा गत साता स्वदेश पर्किएकी परासन ७ धनसिंहाकी ती १८ बर्षकी युवतीले घरेलु कामदारका रुपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ पुर्‍याइए देखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकार भएको बताएको खबर कान्तिपुर दैनिकले छापेको छ । दिउँसो घर मालिकले कोठामा थुनेर बाहिरबाट चाबी लगाउँथे, बयानमा उनले भनेकी छन राति ती अरबी मालिक र उनका पाहुना पासविक तरिकाले जबर्जस्ती इज्जत लुट्थे ।

No comments:

Post a Comment