Image Hosted by ImageShack.us

2013/05/30

कपाल बेचेरै अरबौं कमाइ

नयाँदिल्ली (एजेन्सी), जेष्ठ १२ - भारतको आन्ध्रप्रदेश राज्यको तिरुमालास्थित तिरुपती बालाजी मन्दिरमा यस वर्ष भक्तजनले चढाएको ६४ हजार ७ सय ६० किलोग्राम कपाल १ सय ७ करोड रुपैयाँमा निलामी भएको छ । तिरुपतीको इतिहासमा यो दोस्रो सबभन्दा ठूलो निलामी हो ।
वाषिर्क ६ सय ५० करोड भारतीय रुपैयाँ आम्दानी भएको तिरुपती बालाजीलाई भारतको सबभन्दा धनी तीर्थ मानिन्छ । यसमा १० प्रतिशत आम्दानी कपालको बिक्रीबाट हुन्छ । गत वर्षभन्दा भने यो आम्दानी कम छ । गत वर्षको जुनमा १ सय ३० करोड भारतीय रुपैयाँमा बालाजीमा कपालको निलामी भएको थियो । तिरुमाला बैंकटेश्वर मन्दिरमा अर्पण गरिने कपालको निलामीको परम्परा छ । यसबाट प्राप्त रकमलाई मन्दिरको काममा खर्चिन्छ । भारत र विश्वकै सबभन्दा धनी मन्दिरमध्ये एक मानिने तिरुपतीमा भगवान् विष्णुको मन्दिर छ ।
तमिल भाषामा 'श्री' लाई तिरु' भनिन्छ । हिन्दु धर्ममा 'श्री' भनेको लक्ष्मी हुन्, विष्णुलाई उनको पति मानिन्छ । साँचो हृदयले भगवान् तिरुपतीको दर्शन गर्नेको मनकामना पूरा हुने विश्वास छ । मनोकांक्षा पूरा भएपछि भक्तजनले त्यहाँ कपाल अर्पण गर्छन्, जसको अन्तर्राष्ट्रिय बजारमा करोडौंमा बिक्री हुन्छ । भारतको सम्पन्न यो मन्दिरको कोषमा आठ टन गरगहना छन् । संसारभरि कपालको निर्यात व्यापार निकै फस्टाइरहेको छ ।


बिग लगायतका सौन्दर्य सामग्री बनाउन कपालको प्रयोग हुन्छ । लामो, मझौंला र छोटा श्रेणीमा कपालको विभाजन गरेर इन्टरनेटबाट निलामी (ई-निलामी ) हुन्छ । यसमा कपालको गुणस्तरको ख्याल राखिन्छ । वृद्ध कपालको बिक्री कमै हुन्छ । युरोप र अमेरिकामा स्वस्थ र सोझो कपालको माग बढी छ । चीनमा छोटो कपालको माग बढी छ । हलिउड र बलिउडमा यस्तो कपालको राम्रै खपत हुन्छ । अभिनेता र अभिनेत्रीले बिगका लागि यसको प्रयोग गर्छन् । हालै भारतमा प्रदर्शित सुपरहिट एवं सर्वाधिक लोकपि्रय चलचित्र 'ओ माई गड' मा धर्मको नाम र आडमा हुने व्यापारलाई देखाइएको थियो ।

No comments:

Post a Comment