जेष्ठ २९, एप्पलको प्रोडक्ट र ग्याजेट प्रेमीहरूकाले निकै समयदेखि प्रतिक्षा आईफोन6 अर्को बर्षको शुरूमा पुरा हुने भएको छ ।
आईफोन 6 आगामी बर्षको शुरूमा लञ्च हुने बताइएको छ । यो फोन 4.8 इञ्च स्क्रीन भएको हुनेछ ।
अहिले भर्खरै आएको एक समाचार अनुसार आईफोन 6 मा 4.8 इञ्चको स्क्रीन हुनेछ, यो 5 इञ्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस4 को बराबरनै हुनेछ । आईफोन 5 को स्क्रीन मात्र 4 इञ्चको रहेको छ । जुन आजका अन्य स्मार्टफोनको तुलनामा केही सानो देखिनछ ।
ग्यालेक्सी एस 4 मिनीमा 4.3 इञ्चको स्क्रीन रहेको छ । यसको ब्राण्ड नाममा मिनी पनि जोडिएको छ ।
टेक एनालिस्टहरूले बताए अनुसार एप्पलले आईप्याड मिनीको दुइवटा भर्जनहरू सार्वजनिक गर्दैछ । जुन अहिलेको मोडल भन्दा केही सस्तो हुनेछ, यसको कारण के हो भने गूगल नेक्सस 7 र अमेजन किण्डल फायरसंग प्रतिस्पर्धा गर्न सकियोस । अर्कोमा 2,048×1,536 पिक्सेल भएको रेटिना डिस्प्ले हुनेछ ।
यसबाहेको अहिले यो पनि अनुमान लगाइँदैछ कि आगामी फुल साइज भएको आईप्याड अझ पातलो र हलुका समेत हुनेछ । हुन त हो पनि, एप्पलले अब सामसुङ संग निकै बिचार गरेर काम गर्नु पर्ने भएको छ, किनभने सामसुङले आफ्नो स्मार्टफोन र ट्याबलेटहरूलाइ लिएर निकै आक्रामक रणनीति अपनाइरहेको छ।
No comments:
Post a Comment