2013/06/12

थाहा पाउनु भो ? पृथ्वी झण्डै सकिएको नि !

थाहा पाउनु भो ? पृथ्वी झण्डै सकिएको नि !लण्डन, जेष्ठ १९, संसारभरका मानिसहरू शुक्रबार राती गहिरो निद्रामा भएका बेला लगभग ३ किलोमीटर आकारको एक क्षुद्रग्रह पृथ्वीको एकदम नजिकबाट गएको छ ।
यो क्षुदग्रह आकारमा त्यो क्षुद्रग्रह भन्दा एक तिहाई आकारको रहेको थियो, जसले ६.५ करोड बर्षअघि पृथ्वीमा महाविनाश गरेको थियो, जसमा डाइनोसरहरूको युगनै अन्त भएको थियो ।

बीबीसीले बताए अनुसार २.७ किलोमीटर आकार भएको क्षुद्रग्रह 1998 क्यूई-2 नेपाली समयानुसार राती २ बजेर ४४ मिनेटमा पृथ्वीबाट ५८ लाख किलोमीटरको दूरीबाट गएको थियो । यो दुरी गत फेव्रुअरीमा पृथ्वीको नजिकबाट गएको एक क्षुद्रग्रहको तुलनामा २०० गुणा टाढा थियो तर क्यूई-2 फेव्रुअरीको क्षुद्रग्रहको तुलनामा आकारमा ५० हजार गुणा ठुलो रहेको थियो ।

बेलफास्टस्थित क्वीन्स विश्वविद्यालयका प्रोफेसर एलन किट्जसिमंसले बताए अनुसार यो निकै ठुलो क्षुद्रग्रह थियो । पृथ्वीको नजिकमा यस प्रकारका ६०० वटा क्षुद्रग्रह वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन ।
यदि भविष्यमा यस प्रकारका कुनै क्षुद्रग्रह हाम्रो ग्रहमा ठोक्कियो भने यसले निकै ठुलो विनाशलीला गर्नेछ कि यसको असर पुरै बिश्वभर पर्नेछ ।

यो उपग्रह आकारमा रहेको क्षुद्रग्रह ठुलो हुनुका साथै निकै अचम्मको पनि रहेको बताइएको छ । यसको गुरुत्वबल यति धेरै थियो कि यस बाट छुट्टिएका चट्टानका टुक्राहरू पनि यसको चारैतिर उपग्रहले जस्तै चक्कर काटिरहेका थिए । जसलाइ खगोलिविदहरूले क्यूई-2 को चन्द्रमाको नाम दिएका छन ।

No comments:

Post a Comment