सुनिता गौतम अछामको बैद्यनाथ गाविस वडा नम्बर ७ मा एक १४ महिने बालिकालाई गाउँकै १५ बर्षीय पदम धामीले बलात्कारको प्रयास गरेको खुलेको छ । साउन ५ गते बालिकालाई बलात्कारको प्रयास गरेको घट्ना एक हप्ता पछि सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बालिका बिरामी भए पछि धामीले बलात्कार गर्न खोजेको बारेमा प्रत्यक्षदर्सिहरुले बालिकाको आमालाई भने पछि घट्नामा सार्वजनिक भएको हो ।युवकले पनि आफूले बलात्कार गर्न खोजेको भनेर प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।युवकलाई कारबाहीको माग गर्दै बैद्यनाथमा उजुरी दिएको बुझिएको छ ।
उजुरी लगत्तै प्रहरीले चौकीले पीडित पक्ष र पीडक दुबै पक्षलाई जिल्ला चलान गरेको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । उनी अस्वस्थ्य रहेको पनि प्रहरीले जनाएको छ ।युवक विरुद्ध जिल्ला प्रहरीले जर्वजस्ति करणीको उद्योगमा मुद्दा दर्ता गरेको जनाएको छ । युवक प्रहरी हिरासतमा रहेका छन् । बालिका खेल्दै गरेको अवस्थामा घरबाट नै लगेर बलात्कार गर्न खोजेको अवस्थामा छिमेकीले देखे पछि युवक भागेको बताइएको छ ।
प्रहरीले उनलाई घररबाट नै नियन्त्रणमा लिएको हो । अछामममा पछिल्लो पटक सानासाना बालकालिका पनि यौन दुव्र्यवहार र बलात्कारको सिकार हुने गरेका घट्ना बढ्दै गएका छन् । केहि महिना पहिले मात्र जिल्लाको सोकटमा एक पाँच महिनाको बालिका गाउँकै
दाई नाता पर्नेबाट बलात्कृत भएको घट्नाको मुद्दा अदालतमा बिचाराधिन छ
No comments:
Post a Comment