Image Hosted by ImageShack.us

2013/01/21

ट्याक्सी व्यबसायीले कान्तिपुर जलाए

काठमाडौ, माघ ८ - 
यात्रुलाई ठगी गरेको अभियोगमा ट्राफिक प्रहरीले कारवाही चलाउन थालेपछि त्यस विरुद्ध ट्याक्सी व्यवसायीहरुले संघर्ष थालेका छन् । उनीहरुले सोमबार रिङ्गरोडमा र्‍याली गरेर तिनकुनेमा सभा गरेकाछन्। 
उनीहरुले ट्रफिकको कारवाही रोकिनुपर्ने माग गरेका छन् ।

उनीहरुको आन्दोलनलाई कतिपयले 'ठगी गर्न पाउनुपर्ने' मागको रुपमा टिप्पणी गरेका छन् । मिटरमा नहिड्ने, मिटर बिगारेर यात्रुसंग बढी पैसा असुल्ने, भनेको स्थानमा नजाने विरुद्ध पुस २९ यता ट्राफिक प्रहरीले कारवाही तिव्र बनाएको हो । 

यात्रुलाई ठगी गर्ने ट्याक्सी चालकलाई जरीवाना मात्रै होइन की ठगी मुद्दामा कारवाही हुनुपर्ने माग उठिरहेको बेला ट्याक्सी व्यसायहरु एकजुट भएर संघर्षमा उत्रेका छन् । उनीहरुले कान्तिपुरविरुद्ध नारावाजी गर्नुका साथै पत्रिका जलाएका छन् । केही दिनयता ट्याक्सी चालकले यात्रुलाई ठागेको विरुद्ध कान्तिपुरले समाचार प्रकाशित गर्दै आएको छ ।

No comments:

Post a Comment