Image Hosted by ImageShack.us

2013/06/23

पौडी खेल्दा तीन बालकको डुबेर मृत्यु

काठमाडौं : बाढी आएको खोलामा पौडी खेल्दा शनिबार राजधानीमा तीन बालकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार धोबीखोलमा पौडी खेल्दाखेल्दै सिन्धुली स्थायी घर भई मैजुबहाल बस्ने ६ वर्षीय लोकबहादुर बिक र गंगाहिटी बस्ने ५ वर्षीय नवीन विकको मृत्यु भएको हो । खोलाबाट बाहिर निकाली ओम अस्पताल लगिएका ।उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो ।
यसैगरी गुह्येश्वरीनजिक बागमती खोलामा पौडी खेल्दा सर्लाही घर भई पिंगलास्थान बस्ने १२ वर्षीय प्रसन्न थापाको मृत्यु भएको प्रहरीले जनाएको छ 

चट्याङमा परी तीन किशोरीको मृत्यु

काठमाडौं : बाराको बैद्यनाथपुरमा शनिबार बिहान चट्याङले लागेर एक युवती तथा दुई बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साँढे ७ बजे चट्याङ पर्दा बैद्यनाथपुर –१३ का १९ वर्षीया डोनियाकुमारी महतो, १२ वर्षीया सदिहन खातुन र ९ वर्षिया नुरजहा खातुनको मृत्यु भएको हो। तीनै जना दिसापिसाब गर्न गएका बेलामा चट्याङमा परेको प्रहरीले जनायो ।

यसअघि असार ३ गते पनि पर्साको बैरियावीर्तामा चट्याङले लागेर चारजनाको मृत्यु भएको थियो । पानी परिरहेकाले ओत लागेका बेला चट्याङ पर्दा रामबाबु साह, मनिफ मियाँ, गया मुखिया र शम्भु पटेलको मृत्यु भएको थियो । चट्याङले लागेर दुर्गा साह कानु घाइते भएका थिए । चट्याङ लागेर साह र मियाँको घटनास्थलमै र मुखिया र पटेलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्रिशुलीमा वेपत्ता लिजाको पनि शव भेटियो

काठमाडौं : कुरिनटार नजिक त्रिशुली नदीमा पौडी खेल्दा खेल्दै डुबेर बेपत्ता भएका मध्ये लिजा रेग्कीको शव पनि भेटिएको छ । प्रहरीले खोजी गर्ने क्रममा त्रिवेणी नजिक नदी किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

लिजाका काका कमल रेग्मीले शव पहिचान गरी शनिबार राति अन्तिम संस्कार गरिसकिएको बताए । उनले धर्तीआवाज अनलाइनसँग भने– हिजै मोनिकाको पनि देवघाटमा अन्तिम संस्कार गरियो ।

गत असार १ गते त्रिशुलीमा बेपत्ता हुनेमा लिजा, मोनिका, रजनी, अस्मिता र जनक राउत बेपत्ता भएका थिए । त्यसमध्ये केही दिनअघि मोनिकाको शव भेटिएको थियो । अन्य तीनजना अझै बेपत्ता छन् ।

2013/06/19

बालिका बलात्कार गर्ने प्रहरीलाई ७ बर्ष कैद

संखुवासभा, असार ५ - बालिका बलात्कार गर्ने प्रहरीलाई जिल्ला अदालत चैनपुरले ७ बर्ष कैदको फैसला गरेको छ । याफु ८ की १५ बषर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ताम्कु प्रहरी चोकीका जवान अमृत राईलाई जिल्ला न्यायधीश शालिग्राम कोइरालाको इजलासले ७ बर्ष कैदको फैसला गरेको हो ।

राईलाई २५ हजार रुपैयाँ क्षतिपुर्ति भराउने समेत फैसला गरिएको स्रेस्तेदार इन्द्रकमल प्रधानले बताए । राईलाई ०६८ चैत १५ गते बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । महेश्वरी माध्यमिक विद्यालय ताम्कु परीक्षा केन्द्रवाट परिक्षा दिएर र्फकर्ने क्रममा राईले ती बालिकालाई बलात्कार गरेका थिए ।

राष्ट्रपतिलाई उपचार गर्न ६० लाख

Prezकाठमाडौं, असार ५ - सरकारले राष्ट्रपति रामवरण यादवलाई जापानमा उपचार गर्न ६० लाख रुपैयाँ निकासा दिएको छ 
दुई महिनादेखि पखाला लागिरहने समस्याबाट पीडित यादवको राजधानीको ग्रान्डी अस्पतालमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको र त्यो क्यान्सर हुन सक्ने चिकित्सकको आशंकापछि मन्त्रिपरिषद्ले आकस्मिक बैठक बसी उनलाई सुविधासम्पन्न विशेषज्ञ अस्पतालमा उपचार गराउन सोमबार जापान पठाएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ६० लाखमध्ये ३० लाख रुपैयाँ जापानस्थित नेपाली दूतावासलाई राष्ट्रपतिको उपचारका लागि खर्च बेहोर्न दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । स्रोतका अनुसार टोकियोस्थित अस्पतालमा राष्ट्रपतिको उपचारमा हुने सम्पूर्ण खर्च दूतावासले तिर्नेछ ।

बाँकी ३० लाख रुपैयाँ भने राष्ट्रपतिसँग गएको टोलीमा संलग्न उनका नातेदार, सल्लाहकार, कर्मचारी र सुरक्षाकर्मीका लागि दैनिक भ्रमण भत्ता र भैपरी खर्च लागि दिएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री कार्यालयका ती अधिकारीले राष्ट्रपतिको उपचार गराउन सहयोगी टोलीको आकार ठूलो भएको र अनावश्यक व्यक्तिसमेत रहेको टिप्पणी गर्दै राष्ट्राध्यक्षले लाने भनेपछि मन्त्रिपरिषद्ले स्वीकृति दिएको टिप्पणी गरे । ती अधिकारीले राष्ट्रपतिको साथमा कानुनी सल्लाहकार र तीन/तीन जना सुरक्षाकर्मी जानु अनावश्यक भएको र त्यसले फजुल खर्च बढाउने बताए ।

राष्ट्रपतिका साथमा सरकारतर्फबाट परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्नेत, छोरा चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढंगेल, सहयोगी गोरखबहादुर तामाङ र तीन सुरक्षाकर्मी गरी १० जनाको टोली गएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरी ६० लाख रुपैयाँ दिएको हो । सरकारले राष्ट्रपतिको उपचार तथा उनको टोलीको जापान बसाइँ र आतेजाते दिइएको रकमले पुगेन भने थप दिने जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । सहयोगी टोलीले जापानमा आउजाउ र बस्दा लागेको खर्चको बिल, भर्पाई सरकारलाई पेस गरी लिएको रकमको पेस्की फर्छोट गर्नुपर्नेछ ।

जहाज दुर्घटना सपना झैं लागिरहेछ'

govinda pahadiकाठमाडौ, जेष्ठ २ - जोमसोममा हुने एक कार्यक्रममा भाग लिन म पर्वतको कुस्माबाट पोखरा आएर सिधै जहाज चढेर जाँदै थिए । म गैरसरकारी महासंघको केन्द्रीय सदस्य भएकाले संस्थासँग सम्बन्धित कार्यक्रममा भाग लिन हिंडेको थिएँ ।
बाटोमा जहाजबाट देखिने प्राकृतिक सुन्दरताको अवलोकन गदै हिमालको फोटो खिच्दै जाँदा मन निकै हर्षित भएको थियो । म जहाजको सबै भन्दा पछिल्लो सिटमा थिए । जहाज जोमसोम विमानस्थलमा अवतरण गर्दै थियो ।
जहाज टर्न गरेर झर्ने क्रममा जोडसँग हल्लिदै धावनमार्गबाट रफ्तारमा अघि बढ्यो । तर जब जहाज धावनमार्ग छाडेर हल्लिदै अघि बढ्यो अनि गडबढीको संकेत जस्तो लाग्यो । जहाज निकै जोडसँग हल्लिदै अघि बढेपछि विमानपरिचारिका निकै डराएर के भयो भन्दै कराउन थालिन् । उनको चिच्चाहटले म पनि डराएँ ।
जहाजको गति निकै रफ्तारमा अघि बढ्यो र कन्ट्रोल हुन सकेन । ड्याङ्ग आवाजसहित कालि गण्डकीको तीरमा बजारियो । जहाज खसेपछि अव मरियो भन्ने सोचें । नजिकै रहेकेा आकस्मिक द्वारबाट निस्कन खोजें तर मेसो पाइन । बाहिर निस्कनका लागी झोला बोकेर मान्छे कुल्चँदै अगाडिको भागबाट झ्याम्मै कालीमा फाल हानें । जोमसोमबाट अहिले हेलिकप्टरमा पोखरा अस्पतालमा ल्याइपुराएपछि नयाँ जीवन पाएको अनुभव गरेको छु ।

(मुस्ताङको जोमसोम भएको जहाज दुर्घटनामा परेका पहाडीसँग पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शिव शर्माले गरेको कुराकानी)

फिस्टेल एअरको हेलिकप्टर दुर्घटना

fishtail airनेपालगन्ज, असार ५ - हुम्लाको तिब्बती सीमा मुचु-९ स्थित हिल्सा गाउँमा गएको पहिरोमा परेकाको उद्दारका लागि टोली पुर्‍याएर फर्केको फिस्टेल एअरको हेलिकप्टर बुधवार दिउँसो दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा ६ जना थिए । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४१ कोस उत्तर चिनको सीमाना पर्छ ।
प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । कर्णाली नदीको किनारमा भएको दुर्घटनास्थल पारीबाट देखिए पनि प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी हुम्लाका निरीक्षक युवराज चौधरीले बताए । 'तीन जना सकुशल हेलिकप्टरबाट बाहिर निस्केको देखिएको छ । अरु च्यापिएको आशंका छ'- उनले ईकान्तिपुरसित भने,-हेलिकप्टरको पुच्छरमा आगो देखिए पनि निभेको छ ।
यसैबिच गत आइतवार हिल्सामा घर बगेर पुरिएका एकैघरका चार जनाको शव प्रहरीले बुधवार निकालेर पोस्टमार्टमका लागि सिमकोट ल्याएको छ । पहिरोले बगाएको एकै घरका ३५ बषर्ीया क्याम्मा लामा, छोरी ६ बर्षकी हिटाक लामुलामा, चार बर्षकी छिरिछिटोल र दुई बर्षका छोराको शव भेटिएको हो । चौकी इन्चार्ज शिव वलीले २७ जनाको प्रहरी टोली उद्दारमा जुटेको बताए ।
स्थलगत निरीक्षणका लागि बुधवारै प्रजिअ विजयनारायण मानन्धर, डिएसपी विजय थापा, मेजर सुबांगत कटवाल, स्थानीय विकास अधिकारी नरेशप्रसाद ढकाल र रेडक्रस सभापति नरबहादुर रोकाय मुचु पुगेर फर्केका छन् ।
रेडक्रसले क्षतिको विवरण संकलन सुरु गरेको छ ।

2013/06/13

सिर्प मा च्त्यांग पर्दा ३ जना गम्भिर घाइते

जेष्ठ 30 गते 
पानि र बर्सा को कारण  सिर्प मा च्त्यांग पर्दा ३ जना 
गम्भिर घाइते अबस्ता मा  छन तल्लो सिर्प वडा न: ६ 
मा एकै घर का आमा र छोरी गम्भिर घाइते भएका छन् 
उप्लो सिर्प वडा न: २ मा १ जना गरि एकै दिन मा ३ जना घाइते भएका छन् 

2013/06/12

थाहा पाउनु भो ? पृथ्वी झण्डै सकिएको नि !

थाहा पाउनु भो ? पृथ्वी झण्डै सकिएको नि !लण्डन, जेष्ठ १९, संसारभरका मानिसहरू शुक्रबार राती गहिरो निद्रामा भएका बेला लगभग ३ किलोमीटर आकारको एक क्षुद्रग्रह पृथ्वीको एकदम नजिकबाट गएको छ ।
यो क्षुदग्रह आकारमा त्यो क्षुद्रग्रह भन्दा एक तिहाई आकारको रहेको थियो, जसले ६.५ करोड बर्षअघि पृथ्वीमा महाविनाश गरेको थियो, जसमा डाइनोसरहरूको युगनै अन्त भएको थियो ।

बीबीसीले बताए अनुसार २.७ किलोमीटर आकार भएको क्षुद्रग्रह 1998 क्यूई-2 नेपाली समयानुसार राती २ बजेर ४४ मिनेटमा पृथ्वीबाट ५८ लाख किलोमीटरको दूरीबाट गएको थियो । यो दुरी गत फेव्रुअरीमा पृथ्वीको नजिकबाट गएको एक क्षुद्रग्रहको तुलनामा २०० गुणा टाढा थियो तर क्यूई-2 फेव्रुअरीको क्षुद्रग्रहको तुलनामा आकारमा ५० हजार गुणा ठुलो रहेको थियो ।

बेलफास्टस्थित क्वीन्स विश्वविद्यालयका प्रोफेसर एलन किट्जसिमंसले बताए अनुसार यो निकै ठुलो क्षुद्रग्रह थियो । पृथ्वीको नजिकमा यस प्रकारका ६०० वटा क्षुद्रग्रह वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन ।
यदि भविष्यमा यस प्रकारका कुनै क्षुद्रग्रह हाम्रो ग्रहमा ठोक्कियो भने यसले निकै ठुलो विनाशलीला गर्नेछ कि यसको असर पुरै बिश्वभर पर्नेछ ।

यो उपग्रह आकारमा रहेको क्षुद्रग्रह ठुलो हुनुका साथै निकै अचम्मको पनि रहेको बताइएको छ । यसको गुरुत्वबल यति धेरै थियो कि यस बाट छुट्टिएका चट्टानका टुक्राहरू पनि यसको चारैतिर उपग्रहले जस्तै चक्कर काटिरहेका थिए । जसलाइ खगोलिविदहरूले क्यूई-2 को चन्द्रमाको नाम दिएका छन ।

आईफोन 6, 4.8 इञ्चको स्क्रीनमा आउने

आईफोन 6, 4.8 इञ्चको स्क्रीनमा आउने
जेष्ठ २९, एप्पलको प्रोडक्ट र ग्याजेट प्रेमीहरूकाले निकै समयदेखि प्रतिक्षा आईफोन6 अर्को बर्षको शुरूमा पुरा हुने भएको छ ।

आईफोन 6 आगामी बर्षको शुरूमा लञ्च हुने बताइएको छ । यो फोन 4.8 इञ्च स्क्रीन भएको हुनेछ ।
अहिले भर्खरै आएको एक समाचार अनुसार आईफोन 6 मा 4.8 इञ्चको स्क्रीन हुनेछ, यो 5 इञ्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस4 को बराबरनै हुनेछ । आईफोन 5 को स्क्रीन मात्र 4 इञ्चको रहेको छ । जुन आजका अन्य स्मार्टफोनको तुलनामा केही सानो देखिनछ ।
ग्यालेक्सी एस 4 मिनीमा 4.3 इञ्चको स्क्रीन रहेको छ । यसको ब्राण्ड नाममा मिनी पनि जोडिएको छ ।
टेक एनालिस्टहरूले बताए अनुसार एप्पलले आईप्याड मिनीको दुइवटा भर्जनहरू सार्वजनिक गर्दैछ । जुन अहिलेको मोडल भन्दा केही सस्तो हुनेछ, यसको कारण के हो भने गूगल नेक्सस 7 र अमेजन किण्डल फायरसंग प्रतिस्पर्धा गर्न सकियोस । अर्कोमा 2,048×1,536 पिक्सेल भएको रेटिना डिस्‍प्ले हुनेछ ।
यसबाहेको अहिले यो पनि अनुमान लगाइँदैछ कि आगामी फुल साइज भएको आईप्याड अझ पातलो र हलुका समेत हुनेछ । हुन त हो पनि, एप्पलले अब सामसुङ संग निकै बिचार गरेर काम गर्नु पर्ने भएको छ, किनभने सामसुङले आफ्नो स्मार्टफोन र ट्याबलेटहरूलाइ लिएर निकै आक्रामक रणनीति अपनाइरहेको छ।

चक्रे मिलनसँग एक करोड धरौटी माग

Chakre Milanकाठमाडौं, जेष्ठ २९ - विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले मुद्दा चलाएका डन चक्रे मिलनसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले चक्रेकी श्रीमती इन्दिरासँग पनि २ लाख रुपैयाँ धरौटी माग गरेको छ । चक्रे मिलन लागु औषध कारोबार मुद्दामा कारागारमा थिए । उनी श्रीमतीसँगै बिहान १० बजे अदालतमा हाजिर भएका थिए ।
अदालतले धरौटी माग गरेकी श्रीमती इन्दिरा धरौटी बुझाएर रिहा हुने भएकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा विभागले मुद्दा दायर गरेकामध्ये तेस्रो स्थानमा रहेका पर्शुराम बस्नेतसँग विशेषले २ करोड रुपैयाँ मागेको थियो । उनी धरौटी बुझाउन नसकेपछि जेलमा छन् ।
चक्रेसँग ७ करोड ८ लाख रुपैयाँ बराबरको अवैद्य सम्पत्ति रहेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।
विभागले जेठ ५ गते अवैद्य सम्पत्ति आर्जन गरेका डनहरु गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

2013/06/11

विदेशमा जादा लागेको ऋण समेत तिरी नसक्दै मृत्युको शिकार बन्नु परेपछि !

लाखौं रुपैया तिरेर खाडी मुलुकमा बाध्यतावश काम गर्न पुगेका नेपालीहरुको संख्या वृहत छ । यहाँ राजनैतिक स्थिरता वलियो भएको मानिए पनि लगातार फष्टाउँदो हृदयघातले भने आम विदेशिकरुपमा रोजगारी गर्ने नेपालीहरुलाई प्रत्यक्ष असर गरेको छ । वेलुकी खाना खाइ, हाँसखेल खेल्दै सुतेको मानिस विहान पत्तै नपाइ संसार छोडेको कुरा सुन्दा अचम्म लाग्ने गर्दछ नै । त्यसमाथि पनि भर्खरको लक्काजवान माथि यस्तो घडी आउँनु पत्याउँनु गाह्रो पर्ने हुन्छ तर साउदी अरेवियामा वारम्बार यस्ता घटना दोहोरिने तेहरिने गर्दछ । पर्बतको बजुंग गाविस ९ घर भई बैदेशिक रोजगारीका लागि साउदी अरेविया पुगेका २६ बर्षय बिकास विश्होकर्माको वैशाक १० गतेको विहानी देख्न पाएनन । मृत्यु भएको महीनै हुदा पनी उनको शब् नेपाल नआए पछी उनको परीवार माथी पीडा माथी पीडा थपीएको छ । साउदी अरेवियामा महिनामा २/३ जनासम्म नेपालीको मृत्यु हृदयघातबाट हुने गर्दछ । यसरी साउदीमा नेपालीहरुको मृत्यु हुनुमा त्यहाँको तापक्रम, गरिबी, घरको समस्या र समयमा पारिश्रमिक समेत नपाउनु रहेको बताइएको छ।     

हेर्नुहोस भिडियो

gulmitimes

कतै दैलो बन्द, कतै रुवाबासी

busभोताङ (सिन्धुपाल्चोक), जेष्ठ २२ - बुहारीले धेरै ढिपी गरिन्, उनले सहरमा घर बनाएको छ रे, हेरेर आउँछु । ८५ वर्षीय सिनेन तामाङले छिमेकीसँग भनेका थिए, उतातिर धेरै बस्ने मन छैन । यसो भन्दै उनले दैलोमा ताला लगाए, आँगनमै रोकेको बस चढे । उनको दैलो सधैँका लागि बन्द भएको छ । ससुरा सिरेनलाई घर देखाउन लैजाने नोर्कीको पनि मृत्यु भएको छ ।
१५ महिने बालिकालाई झ्यालबाट फ्याँक्दै २६ वर्षीया मीठु सापकोटाले भनेकी थिइन्, म मरे पनि छोरी बाँचोस् । उनले भनेजस्तै भयो । छोरी करुणा जीवित छिन्, मीठुको मृत्यु भएको छ । रोजगारीका लागि कोरिया जाने सिलसिलामा टिकट काट्न राजधानी हिँडेका ३५ वर्षीय निमा ग्याल्बो तामाङ अब कहिल्यै र्फकने छैनन् । बाबु तेम्बा छाती पिट्दै भन्छन्, विदेश उड्नुअघि एकपटक भेट्न आउँछु भन्थ्यो, कहिल्यै नआउने गरी उड्यो । आगामी २७ गते कोरिया उड्ने तयारीमा रहेका तेम्बाको मृत्यु भएको हो । यी व्यक्तिगत घटना उदाहरण मात्र हुन् । लेकाली बस्तीमा साताअघि भएको बस दुर्घटनाले सिन्धुपाल्चोकका चार गाउँ अहिले शोकमा डुबेका छन् ।
थाङपालकोट, भोताङ, बरुवा, ज्यामिरेको टोलटोलमा रुवाबासी चलेको छ । भोताङका मात्र ५ जनाको मृत्यु भयो । घटना भएको सातापछि गाउँका बन्द विद्यालय भर्खर खुल्न थालेका छन् । मृतकको घर पुग्ने छिमेकी र आफन्तको आँसु अडिएको छैन । गाउँवासी बस चालक ज्ञानबहादुर तामाङप्रति निकै आक्रोशित छन् । टोलटोलमा भेला भएका गाउँले भन्छन्, चालकलाई ज्यान मार्ने अभियोगमा मुद्दा चलाउनुपर्छ । सोमबारसम्म घटनामा परेका १७ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १० जना उपचारपछि घर फर्केका छन् । उनीहरूलाई हेलिकप्टरबाट राजधानी लगिएको थियो । मृत्यु भएका १४ मध्ये अधिकांशलाई बसले किचेको थियो । घटनामा ३० भन्दा बढी गम्भीर घाइते भए । उनीहरूको बस र ढुंगाले च्यापिएर मृत्यु भएको थियो ।
उपचार गरिरहेका कतिपयले अपांग भएर बाँच्नुपर्नेछ, आफन्त गुनासो गर्छन् । शिक्षण अस्पतालमा उपचार गराइरहेका मिर्के लामा भन्छन्, यो त ड्राइभरको लापरबाही हो । उनी भन्छन्, उनीमाथि कडा कारबाही हुनुपर्छ । मिर्केका बाबु सिरेन र भाइबुहारी नोर्कीको मृत्यु भएको छ । श्रीमती र भतिजाको उपचार भइरहेको छ । क्यानडामा रहेका नोर्कीका पति नीरबहादुर दुई दिनअघि राजधानी आएका छन् । सदरमुकाम अदालतको तारेखमा हिँडेका भोताङकै बुद्धे तामाङ र देउ तामाङको सोही घटनामा मृत्यु भएको थियो ।
१५ महिने नातिनीलाई झ्यालबाट फ्याँकेर उनी सधैँका लागि गइन्, थाङपालकोटको घरमा बुहारी मीठुको किरिया बसेका देवीबहादुर डाँको छोड्दै भन्छन्, जानीजानी अर्काको ज्यान लिने ड्राइभरलाई कारबाही हुनुपर्छ । उनीजस्तै धेरैको आक्रोश चालकमाथि छ । बालिका करुणा भने उपचारपछि आइतबार फर्किसकेकी छन् । आमा मीठुले झ्यालबाट फ्याँक्दा उनको टाउकामा चोट लागेको थियो । जिल्लाको पश्चिमी भेकमा सबैभन्दा धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो । गत १५ गते मेलम्ची-भोताङ सडकको थाङपालकोट तथा थाङपालधापको सिमाना सल्लेडाँडाबाट झन्डै डेढ सय मिटर तल खसेको बस टुक्राटुक्रा भएको थियो ।
विद्यालयमा पूजाआजा हिन्दु परम्पराअनुसार ब्राह्मणहरूबाट विद्यालय प्रांगणमा रुद्री र होम गरेर अध्ययन सुरु गरिएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दुर्घटनास्थल नजिकैको थाङपालधाप उच्च माविमा होम र रुद्रीको आयोजना गरिएको थियो । घटनाका घाइते र मृतक राखेको विद्यालय कक्षाकोठाहरू रगताम्मै थिए । उनीहरूलाई दिनभर सोही विद्यालयमा राखिएको थियो । विद्यार्थीसमेत विद्यालय आउन डराएपछि शान्तिको कामना गर्दै पूजाआजा गरिएको हो ।
फरार चालक पक्राउ मेलम्ची प्रहरीले दुर्घटनापछि फरार चालकलाई आइतबार राति पक्राउ गरेको छ ।
पटकशिला २ का २४ वर्षीय ज्ञानबहादुर तामाङलाई पटकेश्वर-साँखु सडकबाट राति ८ बजे नियन्त्रणमा लिएको हो । निरीक्षक सुदीप पाठकका अनुसार ट्यापे माइला नामबाट चिनिने चालक तामाङ सम्पर्कमा नआउने संकेत पाएपछि पछिल्लो तीन दिनदेखि खोजी गरिएको थियो । बस खसेपछि सुरक्षित स्थलतिर फरार तामाङले प्राविधिक कारण दुर्घटना भएको प्रारम्भिक बयान दिएका छन् । उनले दुर्घटना भएको दिन मामा नाता पर्ने अर्का चालकलाई फोन गरेका थिए । मृतक र बिरामीको उद्धार भइरहेका बेला उनी तिपेनी नजिकैको खोलामा लुकेर बसेका थिए । आफूले २ नं. गियरमा गाडी चलाएको र अगाडि भागको माटो भासिएकाले दुर्घटना भएको बयान प्रहरीलाई दिए । उनको हातमा र टाउकामा सामान्य चोट लागेको छ । २ जना पक्राउ गरेका थियौं, निरीक्षक पाठकले भने, हातमा ब्यान्डेज र उसको हुलियाबाट चालक चिनेका थियौं ।

मोटरसाइकल चालकको मृत्यु, एक घाइते

नेपालगन्ज, जेष्ठ २८ - मंगलवार बिहान बाँकेको कारकादोमा बसले मोटर साईकललाई ठक्कर दिादा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।
बिहान करिब साढे ६ बजेतिर कालिकोटबाट नेपालगन्ज तर्फ आउादै गरेको ना. ४ ख ८५६६ नम्बरको बसले बिपरीत दिशाबाट आएको भे. २ प १८१२ नम्बरको मोटरसाईकल लाई ठक्कर दिादा मुगु कार्कीबाडाका मोटरसाइकल चालक हेमन्तकुमार रोकायाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडी बसिरहेकी रत्नमाया भाम गम्भीर घाइते भएकी छन् । भामको नेपालगन्ज स्थित भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ ।

'काठमाडौ भ्युटावर' बनाउन बाटो खुल्यो

काठमाडौं, जेष्ठ २८ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले '२५ तल्लो काठमाडौ भ्यू टावर' निर्माण सम्झौता गर्दा काठमाडौ महानगरपालिकाले अनियमितता नगरेको स्पष्ट गरेको छ । टावर निर्माणमा आर्थिक अनियमितता भएको भन्दै उजुरीपरेपछि झण्डै छ महिनादेखि आयोगले सम्झौताका सम्पूर्ण फाइल झिकाइ छानबीन थालेको थियो ।
छावीनपछि सम्झौतामा केही बुंदा अपुग भएपनि उजुरीमा परेजस्तो अनियमितता नभएको उल्लेख गरेको छ । सम्झौतामा अपुग कुरा भने पुनः समावेश गर्न निर्देशनसमेत दिएको छ ।
महानगर प्रशासन विभाग प्रमुख महेश काफ्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्झौतामा केही कुरा थप गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए । 'सम्झौताको डाफ्ट अग्रेजी भाषमा बनाउन लगायतका निर्देशन छन् छ वटा निर्देशन दिएको छ' उनले भने ।

रुकुम मा श्रमतीको हत्या, छोरा छोरी घाइते

रुकुम, जेष्ठ २८ - यहाँस्थित नुवाकोटका एक युवकले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । उनले प्रहार गरेको खुकुरीबाट उनका दुई छोरा र एक छोरीलाई गम्भीर घाइते भएका छन् । नुवाकोट - ८ नाख्लाका ४२ वर्षीय भिमलाल ओलीलेे सोमबार राति खुकुरी प्रहार गरी श्रीमतिको हत्या तथा छोराछोरीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी अनुसार ओलीले ४२ बषिर्या श्रीमती पवित्रा ओलीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन । ओलीको खुकुरी प्रहारबाट छोराहरु १० वर्षीय प्रेम ओली, १५ बर्षका तुलसी राम ओली र छोरी १८ वर्षीय विमला ओली गम्भिर घाइते छन । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले प्रत्यक्षदर्शीहरु र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनले श्रीमतीको हत्या गरेको र छोराछोरीलाई घाइते बनाएको पुष्टि भएको बताए ।
'प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा हत्या खुलेको हो,' उनले भने, 'घटनाबारे प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु गरेको छ ।' घटनापछि हत्याका अभियुक्त फरार रहेको प्रहरी नायब उपरिक्षक भट्टले जनाए । प्रहरीले घटना घरायसी बिबादका कारण भएको हुनसक्ने जनाएका छ ।
घाइतेहरुको टाउको र घाटीमा खुकुरीको गहिरो चोट लागेको छ । दुई छोराको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई स्थानिय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमान्डौं लगिएको छ । हत्याका अभियुक्त आली फरार रहेकोले खोजी भैरहेको प्रनाउ भट्टले जनाए ।

2013/06/10

गुल्मी विकास बैङ्क ग्लोबल आइएमईमा गाभिने

काठमाडौं, जेठ १६-
ग्लोबल आईएमई बैङ्कमा गुल्मी विकास बैङ्क गाभिने भएको छ । ती दुवै बैङ्कबीच मङ्गलवार समझदारीपत्रमा हस्ताक्षर भएपछि गाभिने निश्चित भएको हो । समझदारी पत्रमा ग्लोबल आईएमई बैङ्कका तर्फबाट ग्लोबल सोसियल संयुक्त मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ एवम् गुल्मी विकास बैङ्कका तर्फबाट अध्यक्ष सीता भुसालले हस्ताक्षर गरे । यो जोडीले मर्जरको प्रारम्भिक स्वीकृतिका लागि मङ्गलवार नेपाल राष्ट्र बैङ्कमा आवेदन दिएको विज्ञप्तिमा उल्लेख छ । मर्जर प्रक्रिया शुरू भएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गुल्मी विकास बैङ्कको शेयर कारोबार रोक्का गरेको छ । गुल्मी विकास बैङ्क २०६६ सालमा स्थापना भएको हो । हाल यसको पूँजी रू.२ करोड ५ लाख, निक्षेप रू. ४५ करोड र कर्जा लगानी रू.३३ करोड रहेको छ । ग्लोबल बैङ्कमा गतवर्ष आईएमई फिनान्सियल इन्ष्टिच्युशन तथा लर्डबुद्ध फाइनान्स गाभिएर ग्लोबल आईएमई बैङ्क बनेको थियो । यस्तै, केही समयअघि ग्लोबल आईएमई बैङ्कले सोसल डेभलपमेण्ट बैङ्कलाई आफूसँग गाभ्नका लागि प्रक्रिया शुरू गरिसकेको छ । हाल यो बैङ्कको निक्षेप ३१ अर्ब र कर्जा लगानी २५ अर्बको हाराहारीमा रहेको छ । चालू आवको चैत मसान्तसम्ममा कर्जा नोक्सानी व्यवस्था अगाडि रू.८० करोड सञ्चालन मुनाफा हासिल गरेको छ । हाल ६४ शाखा र सोही सङ्ख्यामा एटीएममार्फत विभिन्न जिल्लामा वित्तीय सेवा पुर्‍याउँदै आएको छ ।

किष्टका कार्यकारी प्रमुख ज्ञवालीद्वारा राजीनामा, घर्ती कामु

२५ जेठ, काठमाडौं । किष्ट बैंकमा स्थापना कालदेखि कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएका कमलप्रसाद ज्ञवालीले पदबाट राजीनामा गर्नु भएको छ । सञ्चालक समितिले उहाँको राजीनामा स्वीकृत गरी शनिबार बीएन घर्तीलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

प्रबन्ध सञ्चालक ज्ञवालीले प्रमुख कार्यकारी अधिकृत र सञ्चालक दुवै पदबाट राजीनामा गर्नु भएको हो । बैंकका प्रमुख प्रवर्द्धक रहनु भएका ज्ञवालीले व्यवस्थापन र सञ्चालक दुवै समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
सिद्धार्थ डेभलपमेन्ट बैंकबाट जालसाझी गरी ऋण लिएर चुक्ता नगरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्ञवालीकी धर्मपत्नी गौरी खनाललाई पक्राउ गरेपछि उहाँले राजीनामा गर्नु भएको हो । गौरीलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।

प्रहरीले गौरीमाथि अनुसन्धान सुरु गरेको पृष्ठभूमिमा नैतिक रुपमा बैंकको जिम्मेवार पदको भूमिकामा रहिरहनु उपयुक्त नलागेको हुनाले राजीनामा गरेको उहाँले बताउनु भएको छ । ‘अनुसन्धान कार्यमा सहयोग पुगाेस र सो विषयले किष्ट बैंकलाई कुनै पनि असर नपरोस् भनेर राजीनामा गरेको हुँ’, उहाँले भन्नुभयो ।

व्यापार प्रशासनमा स्नातकोत्तर घर्ती किष्ट बैंकको नायव महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । यसअघि एनआईसी बैंकमा वरिष्ठ प्रबन्धकको जिम्मेवारीमा रहनु भएको घर्तीको १६ वर्ष लामो बैंकिङ्ग अनुभव रहेको छ ।

किष्ट बैंक विभोर विकास बैंकसँग मर्ज हुने प्रक्रियामा रहेको छ । सन् २००३ मा फाइनान्स कम्पनीको रुपमा स्थापना भएको किष्ट २००९ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको हो । विभोर जग्गामा अत्यधिक सेयर लगानी र ऋण प्रवाह गरेर २०११ मा तरलता समस्यामा परेको बैंक हो । उसले लिएको धितो र गरेको लगानी असल भएको आधारमा नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गरी विभोरलाई बचाएको थियो ।

किष्ट बैंकसँग देशव्यापी सञ्जाल रहेको र विभोरसँग न्यून मात्र निक्षेप संकलन रहेको हुनाले दुई कम्पनी मर्जपछि निक्षेप र कर्जालाई विस्तार गर्ने उच्च सम्भावना रहेको छ । दुई अर्ब चुक्ता पुँजी रहेको किष्टका ५१ वटा शाखा रहेका छन् । विभोरसँग चुक्ता पुँजी ९२ करोड रुपैयाँ रहेको छ भने निक्षेप २ अर्ब ६५ करोड रुपैयाँ मात्र छ । जसअनुसार, सन्तुलित कर्जा प्रवाह गरेकामा थप ५/६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सकिन्छ ।

विभोर बैंकले यसअघि ज्योति समूहको प्रवर्द्धनमा रहेको भाजुरत्न फाइनान्ससँग मर्ज गरेको थियो । ज्योति समूहको किष्ट बैंकमा लगानी गर्ने इच्छाअनुसार विभोर र किष्ट मर्ज हुन लागेका हुन् । ज्योति समूहले किष्टको साधारण सेयर समेत ठूलो परिमाणमा खरिद गरिसकेको बुझिएको छ । हालसम्म ज्ञवालीको सेयर डोमिनेट रहेको यस बैंकमा मर्जपछि ज्योतिको डोमिनेट रहने सम्भावना रहेको छ ।

गाइको पिसाबबाट चल्ने घडी र्सार्वजनिक

विश्व वातावरण दिवसको अवसर पारेर भारतको गुजराँतका एक व्यक्तिले गाइको पिसाबबाट चल्ने घडी
र्सार्वजनिक गरेका छन् । अहमदावादभन्दा ४१५ किमि टाढा पर्ने मुन्दारा तालुकामा रहेको लुनी गाउँको एक गौशालामा उनले उक्त गहुँत घडी र्सार्वजनिक गरेका हुन् । गाइँको गहुँतबाट चल्ने विश्वको पहिलो त्यस्तो घडी बनाउने व्यक्तिको नाम हिरेनभाइ भेदा हो ।
यो घडी दुइ लिटर गहुँत भरिएका दुइवटा सिसाका बोतलबाट चल्छ । दुबै बोतलबाट तार लगेर घडीमा जोडिएको छ । यसरी बोतलमा गहुँत भरेपछि एक महिनासम्म घडी चल्ने र एक महिनापछि फेरी नयाँ गहुँत फेर्नर्ुपर्छ ।

हत्यारा श्रीमती र छोरीलाई १० लाख दिएर सरकार जोकर बनेपछि ..

किरण भण्डारी, पूर्व सभासद सदरुल मियाँ हकको जेठ ६ गते राती हत्या भयो। आफ्नै पेट्रोल पम्पमा सुतिरहेको बेला। स्वतन्त्र उम्मेदवार दिएर बिजयी सप्तरीका प्रिय नेताको रहस्यमय मरणले जनता उर्लिए। मुस्लिम समुदाय आक्रोशित झन् आक्रोसित भयो।

शोकसन्तप्त श्रीमती नुरजहाँ खातुन, अविवाहित छोरी रुबेदा खातुन र परिवारका सदस्य सडका उर्लिए। घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्न माग गरे।
सरकार थर्काउन सबैभन्दा सजिलो माध्यम सडक हो।

पूर्व पश्चिम राजमार्ग बन्द गरे। भर्खर ४५ वर्ष टेकेकी श्रीमती र २२ वर्षियाँ रुबेदा सहित अविवाहित छोरीहरु वियोगको पिडाले घरि चेत घरि अचेत भइरहे। बग्रिएको बेला हत्यारको खोजी गर्न माग गर्थे, आमाछोरी नै।
उनीहरुको दुर्दशा देखेर जनमानस झन् उरालियो।

हत्याको छानबिन गरेर सत्य तथ्य पत्ता लगाउने काम तुरुन्त फत्ते हुने हैन। सरकारलाई जसरि हुन्छ तत्काल जनआक्रोश मत्थर पार्नु थियो। बाटो खुलाएर आवागमन सहज बनाउनु थियो।
२०६२/६३ को जनआन्दालनयता कोहि मरेको/मारिएको कारण उर्लिने आक्रोस साम्य पार्न सबै सरकारले
अचुक फर्मुला अपनाउँदै आएका छन्।

खिलराज रेग्मी सरकारले त्यहिँ पुरानो प्रेस्त्रि्कप्सनमा लेखिएको ओखती प्रयोग गर्ने राणनीति बनायो– क्षतिपूर्ती, शहिद घोषणा आदि आदि।

गृह मन्त्रालयले सिडिओ र प्रहरी मार्फत् सप्तरीका आन्दालनकारीमा सूचना पास गर्‍यो। 'हत्याको न्यायिक छानविन, १० लाख क्षतिपूर्ती, शहिहद घोषणा ', ' उताबाट माग आयो।
गृहमन्त्री माधव घिमिरेले क्याविनेटका सहकारीहरुसँग सदरुल परिवारको मागबारे जानकारी गराए।
क्याविनेटमा छलफल भयो।

सरकारको प्राथमिक जिम्मेवारी शन्ति सुरक्षा र अमन चयन कायम गर्ने हो। अपराध हुन नदिने हो। अपराध भइहाले त्यसको निश्पक्ष अनुसन्धान गर्ने हो। दोषी देखिएको अभियुक्तलाई अदालतको कठघरामा पुर्‍याउने हो, बस्।

गृह मन्त्रालयमा प्रभावसाली सचिव सिद्व भइसकेका मुख्य सचिव लीलामणि पौडेलले स्मरण गराए– प्रहरिको अनुसन्धान नै नआई क्षतिपुर्ती दिनु हतार पो हुने हो कि!
मन्त्रिपरिषद्मा मुख्य सचिवले सुझाव सम्म दिने हो। त्यसलाई ग्रहण गर्ने नगर्ने अध्यक्ष र मन्त्रीहरुमा खुशि। त्यस्तो सुझाव मन्त्रिपरिषद्लाई जायज लागेन।

हुन पनि अचानोको चोट खुकुरीले जान्दैन नै। सप्तरीमा जारी आन्दोलन र राजमार्ग अवरुद्व कसरि खुलाउने भन्ने टन्टा खिलराज रेग्मी र गृहमन्त्री घिमिरेलाई थियो होला। 
कता प्रक्रिया, कता विधि, कता औचित्य।१० लाखक्षतिपूर्ती दिने निर्णय भयो।
आफूबिरुद्व नाराबाजी सुन्नुभन्दा पपुलिष्ट हुनु जाती! सरकारको मनोदशा यस्तै थियो होला।

त्यहाँमाथि मुलुकको ठूलो जनमतको प्रतिनिधित्व गर्ने ठूला पार्टीको सरकारले समेत लगभग अकालमा (आत्महत्या बाहेक) मरेका जोकोहिलाई तँछाडामँछाड गर्दै १० लाख बाँड्ने परिपाटी अपनाउँदै आएको थियो।
संयोगले केहि लाख क्षतिपूर्ती र सहिद घोषणा गरेर आक्रोस निस्तेज गर्ने मोडेल २०६३ को मधेश आन्दोलनबाट झाङ्गिएको थियो। हत्याराको खोजी वा अनुसन्धान भन्दा प्रहरी, प्रशासन र सरकारको दिलचस्पी यहि सजिलो उपायमा देखिन्थ्यो।

संसारलाई नै चकित पार्नेगरि नेपाल कर्मचारी, शिक्षक, सडक दुर्घटना, विद्यार्थि, मजदूर, यात्रु जुुनसुकै क्याटोगोरीका सहिद भए।
यस्तो प्रवृत्तिले राणाहरुसँग छाती खोलेर सहिद भएका चार सहिदको घोर अपमान त भयो नै केहि हदसम्म यो बेथिती राज्यलाई लुट्ने काइदा पनि भयो।
रेग्मी सरकार के कम।

१० लाखको सन्देश बोकेर मन्त्री घिमिरे स्वयं सप्तरी पुगे। चिसो पहाडी जिल्ला पाल्पामा जन्मेर काठमाडौंमा करिअर बनाएका उनले मधेसको जेठको धुपको पर्वाह गरेनन्। प्रदर्शनकारी, परिवार र स्थानिय नेतासमक्ष राहतको प्याकेज घोषणा गरे।

'शहिद पनि घोषणा हुनुपर्छ,' शोकविह्वल देखिने पत्नी, परिवार सहितको माग बाँकि नै थियो। सप्तरी प्रहरी र प्रशासनले गृहमन्त्रीलाई उदृत गर्दै सडकमा उत्रेकाहरुलाई त्यो माग पनि पुरा गर्ने आश्वासन दिए।

आन्दोलन थामथुम भयो। तीनदिनको हस्याङ्फस्याङ् पछि वल्ल मृतकको लास उठ्यो। किरियाकर्म सुरु भयो। हाईवे खुल्यो। सिंहदरवारलाई हाइसञ्चो भयो। गृहमन्त्रीको स्थलगत पहल सार्थक भयो।

सदरुल हत्याको प्रहरी र न्यायिक छानबिन आयोग खटाइसकिएको थियो। जिल्लामा प्रहरी अनुसन्धान 'नेचुरल कोर्स'मा अघि बढ्यो।
बिहिबार रेग्मी, घिमिरे र उच्च सरकारी अधिकारीहले जानकारी पाए– सादरुलको हत्या उनकै श्रीमती र छोरीले गराएका रहेछन्। छोरीको प्रेमिकाको सहयोगमा भएको हत्यामा पेशेवरहरुलाई भाडामा लिइएको रहेछ ।
पन्ध्र दिन पनि नवित्दै त्यो काण्डमा फिल्मी टि्वस्ट आयो। सिंहदरवारको चयन हराम हुने खालको टि्वस्ट।
यो सूचनाले सिँहदरवारमा अर्को हस्याङ् फस्याङ् सुरु भयो। पहिले क्षतिपूर्ती दिँदा जस्तै अध्यक्ष, मन्त्री र मुख्य सचिवहरुको धपेडि सुरु भयो।

बिहिवार बेलुका मुख्य सचिव पौडेलले नै अर्थ मन्त्रीलाई फोन गरे– सरकारको बेइज्जत नै भयो। १० लाख गइसकेको छैन भने रोक्दिनुपर्‍यो।
सदरुल परिवारको हातमा दाम पुग्नुनपुग्नु ठूलो कुरा हैन। त्यो रकम गइसकेको भएपनि फिर्ता लिन सरकारका लागि कुनै आइतबार छैन।

महत्वपूर्ण कुरा हामी माथि शासन गरिरहेको सरकार कति नलायक छ भन्ने हो। जनताको मानो खाएको यसको सुन्ने कान, हेर्ने आँखा, सोच्ने दिमाग कति निकम्मा छ भन्ने हो।
यो कति काँतर छ भन्ने हो। मोबफोबिया (भीड) बाट कतिसम्म भयभित हुन्छ भन्ने हो।

ताली खाने निर्णय गर्न कतिसम्म लालायित छ भन्ने सशक्त प्रमाण हो सदरुल प्रकरण।
भीडले जे भन्यो त्यहिँ गर्ने हो भने प्रहरि, प्रशासन, गुप्तचर र राज्यका अरु अंगमा सरकारले किन अबौ‌ लागनी गर्नुपर्‍यो?
प्रहरि अनुसन्धान जारी रहँदै किन सरकारले क्षतिपूर्तीको निर्णय गर्‍यो?

सिंहदरवारले छानविन समिति बनाएर लाखौं खर्चेको छ। उनीहरुले सप्तरी नै नटेकी राज्यको ढुकुटीबाट परिवारलाई किन १० लाख दिनुपर्‍यो?
हत्याको जड नै नखुट्याई दिइने यो रकमलाई रिसवत भन्ने कि नभन्ने?

राज्यलार्य भीडको पछि दौडने वा भावुक हुने वा दिलले निर्णय लिने छुट हुँदैन, दिमाग लगाउनुपर्छ दिमाग।
जनताको अमन चयन भंग गर्ने उद्देश्यले कोहि सडकमा आउँछ, बाहुबलको प्रयोग गर्छ भने त्यसविरुद्व बल प्रयोग गर्ने ह्याऊ सरकारको हुनुपर्छ। पाखुरा देखाएर जे माग्यो त्यहिँ दिने हैन।

त्रिशुली थि्र–ए क्षमता विस्तारजस्तो दामकामको विषयमा सबै पूर्ववर्तीलाई उछिनेर आँट गर्ने तर आफ्नो आधारभूत कर्तव्यमा कालिदास बन्ने छुट सरकारलाई हुँदैन।
यो काण्ड अघि वा पछि पनि रेग्मी र घिमिरे काँचको पर्दामा झुल्किरहेकै छन्। उनीहरुको बढि ल्याङ्वेज उस्तै छ। रेग्मी र घिमिरे सधै गम्भिर देखिन्छन्। समान्यतया उनीहरु हाँस्दैनन्। हत्यारा पत्नी र छोरीलाई १० लाख दिएर उनीहरु जोकर मात्र भएका छैनन् जग हँसाएका छन्।

यसमा सरकारले लज्जाबोध गरेर सार्वजनिक माफि माग्न तत्पर हुनुपर्छ। क्षतिपूर्ती, सहिद घोषणा जस्तो विगतका सरकारले गर्ने त्रुटी अब हुन नदिने पेचिलो पाठ सर्दुल प्रकरणबाट सिक्न सकिन्छ।
त्यसको थालनी मन्त्रिपरिषद् र यो निर्णयमा संलग्न सरकारका निकायहरुले दश औला जोडेर सार्वजनिक माफि मागेर गर्नुपर्छ।
गल्ती जोकोहिबाट हुन्छ। अन्तस्करणबाट त्यसलाई स्विकारेर सुधि्रए खस्केको इज्जत बढ्छ, रेग्मी र घिमिरेलाई चेतना भया।

2013/06/03

उज्यालोमा यौनसम्पर्क ग

यौनसम्पर्कका बारेमा एकपछि अर्को अध्ययन एवं अनुभवले अँध्यारोमा भन्दा उज्यालोमा यौनसम्पर्क गर्दा बढी आनन्द प्राप्त हुने प्रमाणित भएको छ। आफूले यौनसम्पर्क गरेको अरूले देख्ला भनेर लुकेर अँध्यारोमा हतारमा यौनसम्पर्क राख्दै हुनुहुन्छ भने एकपटक सोच्नुहोस्। हतारमा रहर पूरा हुन्छ कि यौनसम्पर्कको आनन्दमा रमाएर ? अनुसन्धानअनुसार अधिकांश जोडी राति यौनसम्पर्क गर्छन्। अरूले नदेख्ने र असजिलोपन हटाउन अँध्यारोमा यौनसम्पर्क गर्ने जोडीहरूले दिनमा वा उज्यालोमा यौनसम्पर्क गरेर रमाउनेहरूको भन्दा धेरै कम यौनसन्तुष्टि प्राप्त गर्ने निष्कर्ष उक्त अध्ययनले निकालेको छ। अध्ययनअनुसार बेडरुमको उज्यालोको प्रभाव सीधै मस्तिष्कमा पर्छ, त्यसैले यौनसम्बन्धलाई सम्झन लायक र पूर्ण सन्तुष्टिकर बनाउने हो भने यौनजोडीले उज्यालोमा यौनसम्पर्क गर्नुपर्छ। अध्ययन भन्छ- ढोका वा झ्यालमा हल्का गुलाफी रंगको पर्दा झुन्ड्याउने हो भने त्यसले यौनसम्पर्कलाई अझ स्वादिलो र रसिलो बनाउँछ।

फेसबुकबाट बसेको प्रेम, विवाह अनी ४८ घण्टामा डिभोर्स

फेसबुक आज हाम्रो जिवनिको अभिन्न पटो बनिसकेको छ । आजकाल हामी फेसबुक बिना बाच्नै नसक्ने भै सकेका छौ । फेसबुकमा साथी बनाउने, शेयर गर्ने, लाइक र कमेन्ट गर्ने भन्दा अघी बढेर अहिले हामीले आत्मिय साथी बनाउने सम्म पुगिसकेका छौ । विशेश गरी शहरीय वातावरणमा साथी बनाउने सजिको मध्यम बन्दै छन फेसबुक जस्ता सामाजिक सन्जाल । यस्तैमा हालै एक जोडीको प्रेम कहानी फेसबुकबाटै सुरु भयो, हप्ताभरमै विवह पनि भयो तर त्यो सम्बन्ध ४८ घण्टा भित्रै पारपाचुकेको तितो यथार्थमा परिणत् हुन पुग्यो । \

समचारमा जनाइएअनुसार छिमेकी मुलुक भारतको बीकानेर-श्रीडूंगरगढ़ क्षत्रको एक मन्दिरामा त्यो जोडीले गएको शुक्रबार आफन्तको रहोबरमा विवाह गरेको थियो । त्यसपछी बीकानेरको एक होटलमा हनिमुन मनाउदै गर्दा यो जोडामा सामान्य बिबाद पर्‍यो । पछी बिबाद चर्किएर ठुलो रूप लिये पछी यो जोडा अन्तत प्रहरी थानामा सहमति पुर्वक पारपाचुके को सम्झौता गर्न पुग्यो । यसले थाडो प्रश्न उब्जाएको छ कि आजकाल हामी सम्बन्ध प्रती कतिको गम्भिर छौ त ?

स्थानिय प्रहरी अधिकारिहरुका अनुसार बीकानेर निवासि युवती तथा श्रीडूंगरगढ़का ३० वर्सिय शंकरलाल केही दिन अगाडि फेसबुकमा साथी बनेका थिए । हप्ताभरमै उनिहरुको साथीत्व प्रेम सम्बन्धमा परिणत हुन पुग्यो अनी उनिहरुले परिवारजनको उपस्थितिमा स्थानिय मन्दिरमा विवाह गरेका थिए ।

यो पनि जानकारीमा आएको छ कि महिलाको पहिले पनि डिभोर्स भएर अहिले एक्लै बसेकी थिइन भने शंकरलाल आफ्नी पहिली श्रीमतिको मृत्‍यु पछी एक्लो भएका थिए । यो सम्बन्धले दुबैको जिवनमा नयाँ तरङ आउने आश गरेका थिए तर आफसोच उनिहरुको त्यो सपना अहिले पुरा हुन सकेन ।

2013/06/02

अब घरमै आउँछन् निर्वस्त्र महिला कामदार

मान्छेले चर्चामा आउन तथा पैसा कमाउन अनेक जुक्ति निकाल्छन् । आफ्नो व्यापार व्यवसाय मज्जाले चम्कियोस् र मनग्गे पैसा कमाइयोस् भन्ने इच्छा कसमा हुँदैन र ? तर पैसा कमाउन अक्कल चाहिन्छ । यस्तै अक्कल अमेरिकाकी एक महिलाले निकालेकी छिन् ।
अमेरिकाको टेक्सासकी मेलिसा बोरेट नामकी महिलाले घरेलु महिला कामदार आपुर्ति गर्ने एउटा संस्था स्थापना गरेकी छिन् । महिला कामदार आपुर्ति गर्ने संस्था खोल्नु कुनै अनौठो कुरा थिएन । अनौठो कुरा त के भने उनको संस्थाबाट काम गर्न जाने महिला कामदार ग्राहकको चाहना अनुसार नांगै भएर समेत सेवा प्रदान गर्छन् ।

मेलिसाको कामदार आपुर्ति संस्थामा सम्पर्क गरी आफ्नो घर सफाइ गर्न चाहने ग्राहकले चाहे अनुसार ती कामदारले लुगा फुकालेर ग्राहकको घरको सफाइ गरिदिनेछन् । ती महिला कामदारले बिकिनी लगाएर, पेन्टी मात्र लगाएर तथा पूरै निर्वस्त्र भएर समेत घरको सफाइ गरिदिने उनले बताएकी छिन् ।
ग्राहकले आफ्नो घर सफाइ गरेबापत हरेक कामदारको लागि प्रतिघण्टा १ सय डलर तिर्नुपर्नेछ भने दुइजना कामदार कजाएमा घण्टाको डेढ सय डलर तिरे पुग्छ । उनको नग्न सफाइ सेवामा केही सर्त समेत छन् । निर्वस्त्र कामदारको सेवा लिन ग्राहक १८ वर्षभन्दा बढि उमेरको हुनुपर्नेछ । त्यस्तै कामदारले निर्वस्त्र भएर कोठा सफा गरिरहेको बेला ग्राहकले भने सरीरको कुनैपनि कपडा फुकाल्न पाइने छैन । साथै त्यस्ता महिला 

कामदारमाथि कुनैपनि यौनिक हिंसा गर्न नपाइने कडा नियम रहेको मेलिसा बताउूछिन् ।
२६ वर्षकी मेलिसाले स्थानीय एक डान्स क्लबमा वेट्रेसको काम गर्दै गर्दा आफुलाई यस्तो संस्था खोल्ने आइडिया फुरेको बताउूछिन् । कतिपयले उनको यस्तो कदमलाई फोहोरी काम भनेपनि उनी भने निर्वस्त्र महिलाद्धारा घर सफा गराउन पाउने सेवा ग्राहकका लागि अभूतपूर्व हुने र त्यसलाई फोहोरी काम भन्न नमिल्ने बताउूछिन् ।

ओढारमा एक्लै बस्छन् ९८ बर्षीय चेपाङ बृद्ध

ओढारमा एक्लै बस्छन् ९८ बर्षीय चेपाङ बृद्ध
प्रताप विष्ट, भार्ता (मकवानपुर), जेष्ठ १९ - ओडारमा आगो बलिरहेको छ । ढुंगा गाडेर बनाइएको अगेनामा कराही बसालिएको छ । सेतै फुलेका वृद्ध गिट्ठा (लाक) उसिन्ने तरखरमा छन् ।
खुर्पाले कनीकुथी तासेर उसिन्न हालेपछि उनी ओडार पुगेको यस संवाददातालाई देखेर आत्तिए ।
'यिनी को हुन् ?' छेउमै बसेका गाउँले इन्द्र चेपाङलाई आफ्नै भाषामा सोधे । 'पत्रकार हुन्, डराउनु पर्दैन,' इन्द्रले जवाफ दिए । वृद्ध फेरि गिट्ठा तास्न थाले ।

९८ वर्षीय जयपति चेपाङको जिन्दगी जिल्लाको विकट भार्ता ४ सिलौतीको जंगलबीचको यही ठूलो ओडारमा बितिरहेको छ । उनी यहीँ जन्मिए, हुर्के र विवाह गरे । १० वर्षअघि पत्नी बितिन् । छोरा र बुहारीको ५ वर्षअघि निधन भयो । एउटा नाति छन्, जो मनहरी बजारमा बस्छन् । फर्किंदैनन् ।
त्यही भएर यी वृद्धको नियति जीवन शर्माको गीत जस्तै छ— 'नातिनी र नातिहरू जन्मे भन्छन् कुन्नि, मेरो साथी लौरोबाहेक छैन अर्को सुन्नी ।' सय वर्ष पुग्नै लाग्दा पनि यिनको साहारा यही ओडार बनेको छ ।

जयपतिले दसैंयता भात खाएका छैनन् । त्यतिबेला इन्द्रले नै ४ माना चामल र आधा केजी भैंसीको मासु दिएका थिए । इन्द्रको घरदेखि ओडार १ किलोमिटर दूरीमा छ । उनैले वृद्धको रेखदेख गर्छन् । 'दसैंमा भात र मासु खाएको थिएँ,' सानो स्वरमा जयपतिले भने, 'त्यसपछि गिट्ठा, भ्याकुर र सागसब्जी खाएर पेट भर्ने गरेको छु ।' जंगलमा उम्रेका कलिला मुना टिपेर उसिनेर खाने गरेका छन् । हुरी-बतास र झरीमा उनी ओडारमा बस्छन् । 'देवताले बनाएको घर मान्छेको भन्दा पक्का हुन्छ,' उनले भने । उनलाई छिमेकीले घर बनाइदिन्छौं पनि भनेका थिए । तर अस्वीकार गर्दै आएका छन् । 'पत्नी मरेपछि एक्लै ओडारमा नबस, घर बनाइदिन्छौं भनेको तर मानेनन्,' स्थानीय महेश चेपाङले भने, 'ओडारमै मर्छु भनेर जिद्दी गरे ।'

जयपति ओडारमा भोर्लाको पात ओछ्याएर सुत्छन् । ननुहाएको वषौर्ं भइसक्यो । कमिज र लगौटी मयललेे काती परेको छ, रंगै चिन्न मुस्किल पर्ने गरी । 'कपडा लगाएदेखि धोएको र नुहाएको देखेका छैनौं,' इन्द्रले भने, 'नुहाउनु पर्‍यो भन्दा ओडारबाट निस्केर जंगलतिर भाग्छन् ।' भोर्लाको मान्द्रोमा घोप्टो परेर उनी अगेनो छेउमा सुत्ने गर्छन् । घोप्टो परेर सुत्दा कानमा जाडो हुने गरेको उनले सुनाए । उनको अगेंनामा सधैं आगो भइरहन्छ । हुन त, चेपाङ र आगोको विशेष सम्बन्ध छ । आगो नभएको स्थानमा चेपाङ बस्दैनन् ।

जयपतिलाई २०९० को भुइँचालोको स्मरण छ । झन्डै साढे ५ फिट अग्ला जयपति लट्ठीको सहारामा कुप्रेर हिँड्छन् । भिरपाखामा कुप्रेर हिँड्दा पनि उनलाई अरूले भेट्न मुस्किल पर्छ । समथर भने छिटो हिँड्न सक्तैनन् । उनी अहिलेसम्म हेटौंडा त कुरै छोडौं, मनहरी बजारै पुगेका छैनन् । भार्ता गाविसमा गत साता सञ्चालित एकीकृत घुम्ती शिविरमा नाति र छिमेकीले फकाएर लगी नागरिकता बनाइदिएका थिए । 'राजा (सरकार) लाई ऋण लागेको छ, मर्ने बेलामा मैले वृद्धभत्ता लिन हुँदैन,' उनले
भने । त्यही नागरिकतामा उनको जन्म साल १९७२ छ ।

नेपाल चेपाङ संघ जिल्ला सचिव महेश चेपाङका अनुसार ओडारमा बस्ने चेपाङ उनी मात्र हुन् । 'अधिकांश चेपाङको अवस्था भने अझै जंगली छ,' महेशले सुनाए । भार्तामा ७ सय ८ परिवार छन् । तीमध्ये ६ सय ३ चेपाङको छ । २० प्रतिशत जनसंख्यामात्रै साक्षर छन् । २०६८ को जनगणना अनुसार मुलुकमा ६८ हजार ३ सय ९९ चेपाङ छन् ।

मलेशिया पुगेपछि श्रीमान् छोडेर श्रीमतीले अर्कै व्यक्ति रोजेपछि...

मलेशिया – धन कमाउन भनेर विदेशीयका श्रीमान र श्रीमती दुवै एउटै कम्पनीमा काम गर्छन् ।
अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका र गरिखान बिदेशी भूमिमा आईपुगेका श्रीमान्, श्रीमती एउटै कम्पनीमा काम गर्न पाउँदा कम सजिलो हुन्न । उनीहरुको सम्वन्ध पनि राम्रो हुनु पर्ने हो । तर मलेशियाको एउटा कम्पनीमा सँगै काम गर्ने सुनसरीका रवि बिक र निशा (नाम परिवर्तन) को सम्बन्ध त्यस्तो न्यानो छैन ।

विवाह गरेको एक वर्षपनि नवित्दै यो जोडी सुन्दर भविष्य निर्माणका लागि केहि कमाउने उद्धेश्यले मलेशिया आइपुग्यो । तर मलेशियामा सोचेजस्तो भएन जीवन । मलेशिया आएर एउटै कम्पनीमा काम गरेपनि यो जोडीले कहिल्यै एक अर्काको माया पाउन सकेन र अब त पाउने सम्भावना नै सकिइसकेको छ ।
एउटै कम्पनीमा दैनिक १२ घण्टा काम गर्ने उनीहरु कहिल्यै फुर्सदमा देखिँदैनन् । दुवैको बस्ने कोठा अलग–अलग । काम गर्ने कम्पनीले महिला र पुरुष कामदारका लागि छुट्टा छुट्टै होस्टलको व्यवस्था गर्ने भएकाले 

उनीहरु सँगै बस्न पाउँदैनन् ।
‘काम गरुञ्जेल आँखै अगाडी हुने श्रीमती छुट्टि भएर होस्टल फर्किएपछि फोन गर्थें’ रवि सम्झन्छन् ‘सुरु सुरुमा फोन गर्थ्यौं र मिलेसम्म यसो बाहिरफेर सँगै घुम्थ्यौं पनि ।’
भिडियो खबरहरु हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ !!!
पछि हुँदै गएपछि त श्रीमतीको मोबाइल सधैं व्यस्त रहने र फोन लागेपनि श्रीमतीले आफ्नो फोन रिसिभ नै नगर्न थालेको रवि बताउँछन् ।
एउटा तितो अनुभव छ रविसँग । उनी भन्छन् ‘एक दिन काममा जाने बेलामा श्रीमतीलाई फोन गरेको फोन उठाइन’ सम्वन्ध पानी बाराबार हुनुको कारण खोतल्दै उनी भन्छन् ‘काम गर्न मन नलागेर छिट्टै निस्केर बजार घुम्न जादा त्यहाँ त मेरी श्रीमती मेरै कम्पनीमा मसँगै काम गर्ने बङ्गालीसँगै पो घुम्दै रै छे ।’

‘हेर्दा हेर्दै आफ्नी श्रीमती अर्कैकी भई,’ निराश हुँदै रविले सुनाए ‘अब उसलाई भुल्नुको बिकल्प छैन ।’
यो विछोडको पीडा रवि र निशाको मात्र होइन । मलेसियामै रहेका केशव र विष्णु राई (नाम परिवर्तन) को हाल पनि यस्तै हो ।

मलेशियामा रहेका श्रीमान केशवसँगै काम गर्ने भन्दै श्रीमती विष्णु पनि मलेशिया आइन् । श्रीमती आइपुग्दा श्रीमानको खुसीको सीमा नै थिएन । तर उनको त्यो खुसी धेरै समय टिकेन । श्रीमतीको न्यानो माया पाउने विश्वासमा रहेका श्रीमान् त्यतिखेर छाँगाबाट खसे जस्तो भए, जति खेर उनले आफ्नी श्रीमतीको सम्बन्ध अर्कै पुरुषसँग रहेको थाहा पाए । उनकी श्रीमतीले मलेशिया पुगेपछि त्यहि रहेका अर्का एक नेपालीसँग सम्वन्ध बढाएको उनी बताउँछन् ।

श्रीमतीको चाला थाहा पाएपछि कोठामा सधैं झगडा भईरह्यो । जव विष्णुले सम्बन्ध गाँसेको केटा नेपाल फर्कियो, त्यसपछि पनि सम्वन्ध पुनः सहज हुने अपेक्षा थियो केशवको । तर त्यो व्यक्ति नेपाल फर्केपछि बिष्णुले नातामा सोल्टी पर्ने व्यक्तिसँग सम्वन्ध बढाएपछि भनें केशवले बिष्णुसँगको सम्वन्धलाई तिलाञ्जली दिइसकेका छन् । भूमीराज पराजुली/उज्यालो ।

विश्वको सबैभन्दा गन्हाउने मान्छे !

गर्मी मौसममा दिनमा कतिपटक नुहाउनुहुन्छ ? एकपटक, दुईपटक । तर, उत्तरभारतका कैलाश सिंह ३७ वर्षसम्म ननुहाएर सम्भवत विश्वकै सबैभन्दा गन्हाउने व्यक्ति बनेका छन् ।
६५ वर्षे सिंहले आफ्नो कपालसमेत काटेका छैनन् । बिहे गरेको केही समयपछि नै उनले नुहाउन छोडेका हुन् । एक पण्डितले ननुहाई, कपाल नकाटी बसेमा छोरा पाइन्छ भनेपछि यस्तो जीवनशैली सिंहले यसो गरेका हुन् । तर, सात छोरीका पिता कैलाश पण्डितले भनेबमोजिम अझै गर्दा पनि अझै छोराको बाबु बन्न सकेका छैनन् ।

वनारसको ४७ सेन्टिग्रेडको उधुम गर्मीमा सिंहको दैनिकी गाई चराउँदै बित्छ । तर, जति नै प्रचण्ड गर्मी भए पनि उनी नुहाउँदैनन्, बरु बेलुका आगो छेउमा बसेर 'अग्निस्नान' पो गर्छन् । 'अग्निस्नान' बसेको वेला आगोछेउमा बसेर गाँजा तान्छन्, भगवान् शिवको प्रार्थना गर्छन् र आगोको वरिपरि नाच्छन् ।

कैलाश सिंहको यस्तो जीवनशैलीदेखि आजित भएर परिवारले उनलाई एकपटक नुहाउनका लागि जबर्जस्ती खोलामा समेत पुर्‍याएका थिए । तर, उनी त्यहाँबाट भागे । नुहाउनुभन्दा बरु मर्न तयार रहेको बताउने कैलाशसँग आजिक ६० वर्षीया श्रीमति कलावती देवीले ननुहाएसम्म सँगै नसुत्ने धम्कीसमेत दिएकी छिन् । तर, श्रीमान्ले टेरपुछर लगाएनन् ।

कैलाशले नहुहाए पनि हात र मुख भने धुन्छन् ।

नाकबाट हालेर मुखबाट सर्प निकाल्छन् (डरलाग्डो भिडियो)

नढाँटेर भन्नुस् त तपाईले एउटा जिउँदो सर्प देख्नु भयो भने कति मिटर टाढाबाट हिड्नु हुन्छ ? पक्कै पनि तपाई सर्पले भेट्लाकी भनेर भाग्नु हुन्छ । तर एक साहसी पुरुषले सर्पलाई यसरी आफ्नो नाक र मुख भित्र मज्जैले छिराउँदा रहेछन् ।

जव यी व्यक्ती आफ्नो आश्चर्य लाग्दो यो खेल देखाउन तम्सिन्छन् तब कमजोर मुटु हुनेहरु आँखा चिम्लेर बस्छन् । यी व्यक्ती हुन् तमिल तेलुगु फिल्मका अभिनेता मनोहरन, यीनलाई मनु पनि भनिदो रहेछ त्यो क्षेत्रमा ।

मनुको ग्रिनिज बुक अफ वल्र्ड रेकडमा पनि दर्ता भैसकेको छ । डिसेम्बर २००६ मा २५ बर्षको उमेरमा यीनले ३० सेकेन्ड खजुरो भन्ने किरा मुखमा राखेर वल्र्ड रेकर्ड कायम गरेका थिए ।

१३ बर्षको उमेरदेखि नै यीनी किरा र सर्प संग खेल्न थालेका रहेछन् । यीनी सर्पहरु मुखमा हालेर नाकबाट निकाल्छन् र नाकबाट हालेर मुखबाट निकाल्न सक्छन् । सर्प संग यस्तो खेल खेल्न सक्ने मानिस दुनियामा बिरलै हुन्छन् । फोटो र भिडियो हेर्नुहोस !!!

2013/06/01

डलर ९० रुपैयाँ नाघ्यो, ११ महिनायताकै उच्च (आजको बिनिमय दर सहित)

काठमाडौ, जेष्ठ १७ -
अमेरिकी डलरको मूल्य ११ महिनायताकै उच्च भएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दरअनुसार एक डलरका लागि ९० रुपैयाँ ०६ पैसा बुझाउनुपर्ने छ । यो दर बैंकका लागि तोकिएको हो । बैंकले सर्वसाधारणलाई उपलब्ध गराउँदा विनिमय दर योभन्दा केही माथि हुन्छ ।

०६९ साउन ११ मा प्रतिडलर विनिमय दर ९० रुपैयाँ ३० पैसा थियो । त्यसपछि क्रमशः डलरको मूल्य कम भयो । यो अवधिमा डलरले न्यूनतम ८४ रुपैयाँसम्म छोएको थियो । तर पछिल्लो एक महिनादेखि डलर बढ्न थालेको हो ।

नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय दर तोकिएको छ । भारतमा डलरको मूल्य बढेपछि त्यहीअनुसार नेपालमा पनि बढेको हो । सामान्यता डलरको सुनको मूल्य विपरीत हुने गर्छ । डलरको मूल्य बढ्दा सुन घट्ने र सुनको बढ्दा डलरको घट्ने क्रम देखिन्छ । पछिल्लो समय बजारमा सुनको मूल्य घट्ने क्रममा छ ।

डलर महँगो हुँदा अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर देखिन्छ । निर्यातभन्दा बढी आयात गर्ने मुलुकमा यसको बढी नकारात्मक असर देखिन्छ । डलरको मूल्य बढ्दा आयातित सामानको भाउ बढेर मूल्य वृद्धिमा चाप पर्छ । तर बढेको मूल्यको असर देखिन भने केही महिना लाग्छ । डलरको मूल्यले तेस्रो मुलुकबाट आयात हुने तयारी उपभोग्य वस्तुसँगै उद्योगको कच्चा पदार्थ पनि महँगिन्छ । भारतमा पनि डलरका कारण महँगी बढ्छ र त्यसले नेपालमा आउने सामानलाई असर गर्छ । समग्रमा डलर बढ्दा नेपाल आयात हुने सबै वस्तुको मूल्य बढ्छ । यसका साथै सरकारले डलरमा लिएको ऋणको व्ययभार पनि बढ्छ ।

निर्यात गर्ने उद्योग गार्मेन्ट, गलैंचा, हस्तकला, चिया, कफीलगायतलाई डलरको मूल्य बढ्दा फाइदा छ । तेस्रो मुलुकमा निर्यात गर्दाबढी मूल्य पाइने सम्भावना हुन्छ । यसका साथै स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता पनि बढ्छ । विदेशबाट आउने रेमिट्यान्स पनि डलरको मूल्यसँगै बढ्ने गर्छ । विनिमय दर बढी भएको समय पैसा पठाउँदा फाइदा हुने भएकाले यस्तो प्रवृत्ति देखिन्छ । हेर्नुहोस् आजको बिनिमय दर