Image Hosted by ImageShack.us

2013/06/02

विश्वको सबैभन्दा गन्हाउने मान्छे !

गर्मी मौसममा दिनमा कतिपटक नुहाउनुहुन्छ ? एकपटक, दुईपटक । तर, उत्तरभारतका कैलाश सिंह ३७ वर्षसम्म ननुहाएर सम्भवत विश्वकै सबैभन्दा गन्हाउने व्यक्ति बनेका छन् ।
६५ वर्षे सिंहले आफ्नो कपालसमेत काटेका छैनन् । बिहे गरेको केही समयपछि नै उनले नुहाउन छोडेका हुन् । एक पण्डितले ननुहाई, कपाल नकाटी बसेमा छोरा पाइन्छ भनेपछि यस्तो जीवनशैली सिंहले यसो गरेका हुन् । तर, सात छोरीका पिता कैलाश पण्डितले भनेबमोजिम अझै गर्दा पनि अझै छोराको बाबु बन्न सकेका छैनन् ।

वनारसको ४७ सेन्टिग्रेडको उधुम गर्मीमा सिंहको दैनिकी गाई चराउँदै बित्छ । तर, जति नै प्रचण्ड गर्मी भए पनि उनी नुहाउँदैनन्, बरु बेलुका आगो छेउमा बसेर 'अग्निस्नान' पो गर्छन् । 'अग्निस्नान' बसेको वेला आगोछेउमा बसेर गाँजा तान्छन्, भगवान् शिवको प्रार्थना गर्छन् र आगोको वरिपरि नाच्छन् ।

कैलाश सिंहको यस्तो जीवनशैलीदेखि आजित भएर परिवारले उनलाई एकपटक नुहाउनका लागि जबर्जस्ती खोलामा समेत पुर्‍याएका थिए । तर, उनी त्यहाँबाट भागे । नुहाउनुभन्दा बरु मर्न तयार रहेको बताउने कैलाशसँग आजिक ६० वर्षीया श्रीमति कलावती देवीले ननुहाएसम्म सँगै नसुत्ने धम्कीसमेत दिएकी छिन् । तर, श्रीमान्ले टेरपुछर लगाएनन् ।

कैलाशले नहुहाए पनि हात र मुख भने धुन्छन् ।

No comments:

Post a Comment