काठमाडौं : बाराको बैद्यनाथपुरमा शनिबार बिहान चट्याङले लागेर एक युवती तथा दुई बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साँढे ७ बजे चट्याङ पर्दा बैद्यनाथपुर –१३ का १९ वर्षीया डोनियाकुमारी महतो, १२ वर्षीया सदिहन खातुन र ९ वर्षिया नुरजहा खातुनको मृत्यु भएको हो। तीनै जना दिसापिसाब गर्न गएका बेलामा चट्याङमा परेको प्रहरीले जनायो ।
यसअघि असार ३ गते पनि पर्साको बैरियावीर्तामा चट्याङले लागेर चारजनाको मृत्यु भएको थियो । पानी परिरहेकाले ओत लागेका बेला चट्याङ पर्दा रामबाबु साह, मनिफ मियाँ, गया मुखिया र शम्भु पटेलको मृत्यु भएको थियो । चट्याङले लागेर दुर्गा साह कानु घाइते भएका थिए । चट्याङ लागेर साह र मियाँको घटनास्थलमै र मुखिया र पटेलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
No comments:
Post a Comment