एजेन्सी/भाद्र २५-
चीनियाँ सेना सिमामा छिरेको र पाकिस्तानले आफ्नो देशमा आतंकवाद मच्चाइ रहेको आरोप लगाउँदै भारतको रक्षा मन्त्रालयले आफ्ना सेनालाई ९० दिन सम्म युद्ध गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिएको छ । भारतले आवश्यक परे दुवै देशसँग युद्ध गर्नका लागी तयार रहन सेनालाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
चीनीयाँ सेनाले लद्धाखमा बढाइरहेको सैन्य गतिविधी र सिमामा सेनाको प्रवेश तथा कश्मिरमा बढिरहेको आतंकवाद नियन्त्रणका लागी भारतले सेनालाई तयार रहन निर्देशन दिएको हो ।
उसले चीनसँग सिमामा र पाकिस्तानी घुसपैठियालाई तह लगाउनको लागि तयारी गर्न सेनालाई निर्देशन दिएको र सोही अनुरूप सेनाले पनि तयारी गरिरहेको समाचारहरूमा उल्लेख गरिएको छ ।
रक्षा मन्त्रालयले यदी चीन र पाकिस्तान दुवै देशसँग एकैपटक युद्ध गर्नुपर्ने अवस्था आए पाकिस्तानलाईफ पराजित गर्ने र चीनलाई रोक्ने नीति बनाएको समाचारमा उल्लेख छ । भारतको यो तयारीलाई चीनले समेत स्विकार गरेको छ ।
चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले जारी गरेको ब्लू बुकमा भारतले आफ्नो आफ्नो सिमा क्षेत्रमा सेनाको गतिविधीलाई बढाएको र सेनाको संख्या समेत उल्लेख्य बढाएको बताएको छ ।
भारतले यसरी युद्धको तयारी गरिरहेको रिपोर्ट पाकिस्तानको एक अखबार डेली टाइम्सले पनि समाचारमा उल्लेख गरेको छ । उक्त अखबारमा भारतीय सेना ९६ घण्टामै जित दर्ता गर्ने तयारीमा जुटेको बताइएको छ । भारतले दुई मोर्चामा युद्ध लड्ने गरेको पुरानो तरिकालाई नै हुन सक्ने संभावित युद्धमा पनि प्रयोग गर्ने उल्लेख गरिएको छ ।
No comments:
Post a Comment