भदौ १६
साढे चार वर्षीया बालीकालाई बलात्कार गरेको आरोपमा भदौ १६ गते पदमपुर गाविस–२ का १८ वर्षीय मनोज आचार्यलाई चितवन जिल्ला अदालतले पूर्पक्षको लागी थुनाको आदेश गरेको छ ।
चितवन जिल्ला अदालतका न्यायधिस बिनोद मोहन आचार्यको एकल इजलासले परियारलाई पूर्पक्षको लागी थुनाको आदेश गरेको अदालतका डिठ्ठा बासुदेब भट्टराईले बताए ।
सरकार पक्ष रहेको सो मुद्धामा जिल्ला सहायक न्यायधिवक्ता रामचन्द्र शर्मा र जाहेरीवालाको कानुनी सल्लाहकारको तर्फबाट फुलमाया रानाभाटले बहस गरेको अदालतका नासु जयनारायण आचार्यले बताए ।
आरोपीत आचार्यले २२ गते बेलुका पीडित बालीकाको घरमा आमा नभएको मौका पारेर बालिकालाई बलत्कार गर्नुको साथै अन्य यौन क्रियाकलाप गरेको पीडितकी आमाले बताइन् । आचार्यले बालीकालाई पटक पटक बलत्कार गरेको पीडित परिवारको भनाई छ ।
आरोपीतका घरपरिवारले कसैलाई नभन्न भनी आफुलाई धम्काउने गरेको पीडितकी आमाले बताइन् । पीडितका आफन्तले घटनाबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरी आरोपीलाई गत साउन २४ गते प्रहरीले गिरफ्तार गरेको इनिस्पेक्टर जीबलाल चुदालीले बताए ।
No comments:
Post a Comment