2013/11/20
यहाँबाट हेरौं चुनावी नजिता
संविधानसभाको दोस्रो निर्वाचन मंगलबार सकिएको छ र बुधबार विहान देखी नै देशभर मत गणना चलिरहेको छ। यो सँगै कुन पार्टीले कति ठाउँमा जित्ला, को उमेदवारले जित्ला भनेर सामाजिक सञ्जाल, चियापसल जताजतै अनुमान गर्न थालिएको छ। साथै चुनावी मतगणनाको परिणाम जान्नका लागि आमसञ्चारका माध्यमको प्रयोग पनि बढेको छ।
देश भित्र र बाहिर रहेकाहरुलाई पलपलको जानकारी दिन रेडियो, टेलिभिजन र वेबसाइटहरु चुनावी लाइभमा छन्। विभिन्न वेबसाइटहरुले चुनावका लागि नै भनेर विशेष पेज बनाएका छन् अनि पलपलमा अपडेट पनि गरिरहेका छन्। को अग्रस्थानमा छन् को पछि परे त्यसैको आधारमा सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरु बढिरहेका छन्।
त्यसो त रेडियो सुनेर, टिभी र ठूला वेबसाइट हेरेर भएपनि सबैजसो वेबसाइटहरुले चुनावी परिणाम राखिरहेका छन्। चुनावी परिणामको लाइभ अपडेट दिइरहेका केही न्यूजपोर्टल र वेबसाइटसंस्करणका पेज यस्ता छन्


2013/11/16
2013/11/15
भोट हाल्ने इच्छा अधुरै'
काठमाडौ, कार्तिक २९ - मंसिर ४ को संविधानसभामा भोट हाल्न पाइने खुसी बोकेर मलेसियाबाट बुधबार काठमाडौं उत्रिएका थिए, दार्चुला लुइटा ८ का विनोदबहादुर चन्द र बैतडी भुमेश्वर ७ का ध्वजसिंह बिष्ट । १८ महिनाअघि विदेश गएका चन्दलाई दलालले नक्कली श्रमस्वीकृति र भिसाको आधारमा मलेसिया पठाएका थिए भने बिष्ट बिरामी परेकाले ६ महिनापछि फर्केका थिए । बिहान १० बजे काठमाडौं झरेका उनीहरूसँग खाना खाने पैसासमेत थिएन ।
गाउँ जाने बसबारे बुझ्न नयाँ बसपार्क पुगेर वसन्तपुरस्थित होटलमा र्फकंदै गर्दा उनीहरू चढेको माइक्रोमा विस्फोट भयो । निर्वाचन विरुद्धको बन्दको अवज्ञा गरेको भन्दै सामाखुुसीमा गुडिरहेको माइक्रोमा पेट्रोल बम प्रहार भएको थियो, जसमा यात्रा गरिरहेका उनीहरूसहित ९ जना घाइते भए । अहिले अस्पतालको टोखास्थित ग्रान्डी अस्पतालको शय्यामा रहेका उनीहरूमध्येका चन्दसँग गरिएको कुराकानी उनकै शब्दमा:
धुम्बाराहीस्थित म्यानपावरको एजेन्ट महेन्द्रनगर घर भएका वीरेन्द्र चौधरीले १ लाख ५० हजार लिएर १८ महिनाअघि मलेसिया पठाएको थियो । सेक्युरिटी गार्डका लागि गएको थिएँ । तर, भिसा र श्रम स्वीकृति नै नक्कली रहेछ । मलेसियाको विमानस्थलमा नेपाली एजेन्ट झापा गौरादहका महेन्द्र बस्नेतले लिन आयो । मलाई गोर्खा सेक्युरिटी कम्पनीमा काम लगाए ।
त्यो कम्पनी नेपालीले खोलेको रहेछ । ६ महिना काम गरेबापत ५० हजार रुपैयाँ दिए । त्यसपछि जसले मलाई मलेसियाको विमानस्थलमा लिन आएको थियो, उसैले 'अब मैले आफ्नै सेक्युरिटी कम्पनी खोलेको छु,' भनेर कामबाट छुटाएर लग्यो । २ महिना काम पनि गरेँ । त्यसबापत २५ हजार पाएँ । दुई महिनापछि काम नहुने भयो, कोठामै बस्नुस् 'बेसिक स्यालरी' दिन्छु भन्यो । जुलाईदेखि कामविहीन भएँ ।
नक्कली भिसामा कामदार ल्याएको भन्दै मलेसिया अध्यागमनले ती दलाल, उसको श्रीमती, सालोलगायत आफन्तलाई पक्राउ गरेको छ । खल्तीमा पैसा भएन । मलेसियामा दिनमा एकपल्ट पानी पथ्र्यो । आकाशबाट परेको पानी घरको छाना र जस्ताबाट झरेपछि थापेर खान्थंे । नेपाल र्फकन मलेसियास्थित नेपाली दूतावासमार्फत मलेसियाको अध्यागमनमा ५ सय रिङगेट जरिवाना तिरें । दलालले मेरो राहदानीसमेत लगेकाले दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टका आधारमा नेपाल फर्कें ।
र्फकन घरबाट ६० हजार ऋण गरेर पठाइएको थियो । विदेश जानुअघि दलालले मासिक १२ सय रिङगेट तलब पाउने झूटो आश्वासन दिएको थियो । विदेश जाँदा २ लाख र बेखर्ची भएर मलेसियामा बस्दा र आउन जहाज भाडासमेत २ लाख ५० हजार गरी साढे चार लाख रुपैयाँ ऋण लागेको छ । मलाई नक्कली भिसामा पठाउने म्यानपावर र दलाललाई सरकारले कारबाही गरिदेओस् ।
नेपाल र्फकने क्रममा मलेसिया विमानस्थलमा बैतडी भुमेश्वर ७ का ध्वजसिंह बिष्टसँग भेट भयो । उनी पनि ६ महिनाअघि मात्रै मलेसिया गएका रहेछन् । बसुन्धराको क्याराभान म्यानपावरबाट फर्निचरका सामान बनाउने कामका लागि गए पनि बिरामी परेर फर्केका रहेछन् । विदेश जान १ लाख ३० हजार म्यानपावरलाई बुझाउन ५० हजारको खेत, ५० हजारमा घर, ३० हजार ऋण गरेर साथी पनि मलेसिया जानुभएको रहेछ ।
मलेसियाबाट नेपाली समय अनुसार बुधबार बिहान ६ बजे नेपाल एयरलाइन्सको विमान चढेका थियौं । काठमाडौं विमानस्थलमा उत्रँदा १० बजेको थियो । नेपालमा यातायात बन्द छ भन्ने मलेसियामा पनि सुनेको थिएँ । बन्द भए पनि 'पार्टी' ले रिजर्भ गरेको गाडीमा घर लैजान्छ भन्ने हल्ला थियो । अरूको देशमा बस्नुभन्दा मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनमा मत खसाल्न पनि पाइने भएकाले नेपाल आयौं ।
काठमाडौंमा आफन्त नभएकाले होटलको खोजी गर्न माइक्रोबस चढेर दुवै जना बसुन्धरा गयौं । एक रात बसेको र खाएको दुई सय रुपैयाँमा कुरा मिल्यो । गाउँमा आफन्तलाई फोन गर्न दुवै जनाले एनसेलको सिम लियौं । आफ्नै मुलुकमा फर्केपछि परिवार खुसी पनि भए । विमानस्थलबाट बसुन्धरासम्म जाँदा जताततै निर्वाचनको माहोल देख्यौं । गाडीमा दलका कार्यकर्ता प्रचार गर्दै हिँडिरहेका थिए ।
भोट हाल्न पाइने भयो भनेर उत्साहित भएँ ।
होटलमा झोला छाडेर गाउँ जाने गाडीको अवस्था बुझ्न नयाँ बसपार्क गयौं । बस नजाने भएपछि निराश भयौं । दुवै जनाको खल्ती रित्तिएकाले काठमाडौंको महँगोमा कसरी बस्ने भन्ने भयो । मेरो खल्तीमा २२ रिङगेट (६८२ रुपैयाँ) थियो । बसपार्कबाट होटलमा र्फकन माइक्रोबस चढ्यौं । ठाउँ-ठाउँमा रोक्दै यात्रु चढाइरहेको थियो । म ढोका छेउमा थिएँ । सामाखुसी पुगेपछि एक्कासि ठूलो आवाज आयो । लगत्तै भित्रै आगो बल्यो । त्यतिखेर त बाँचिन्छ भन्ने नै लागेको थिएन ।
गाडी बल्न थालेकाले सबै चिच्याउन थाले । ढोका लक भएकाले झ्यालबाट हाम फालेर बाहिर निस्कें । आगो कसले लगायो भन्ने थाहा भएन । अर्काको देशमा हन्डर खाएर फर्केका हामीलाई किन निसाना बनाइयो भन्ने लाग्यो । अर्काको देशमा बाँचेर आयौं, तर नेपालमा असुरक्षित भइयो । नेपाल छिरेको साढे ६ घन्टापछि बन्दकर्ताको निसानामा परियो । नेपाली नागरिक भएर विदेश जानु हाम्रो गल्ती हो र ? घरजग्गा बिक्री गरेर गएँ । नेपालबाट जाँदा जुन लुगा गएको थिएँ, त्यसमै फर्कें । असुरक्षा भएकाले बेकार फर्केजस्तो पनि लाग्यो ।
राजनीतिक स्वार्थ पूरा गर्न बम प्रहार गर्दा हामीजस्ता सर्वसाधारण घाइते भयौं । यदि उसको स्वार्थ पूरा गर्नु थियो भने नेताकै गाडीमा बम हानेको भए हुन्थ्यो । म जस्त्ाो विदेशमा समेत हन्डर खाएर फर्केको व्यक्तिलाई नै किन लक्षित गरेको होला ? हात र अनुहारमा आगोले पोलेको छ । उपचार गर्ने खर्च छैन । सरकारले तिर्ने व्यवस्था गरिदिए हुन्थ्यो । विदेशदेखि भोट हाल्न पाइने र परिवारसँग भेट्ने इच्छा अधुरै रह्यो ।
2013/11/12
मेरो मम्मी, भाईहरु काममा गएको बेला मेरो बुवाले मेरो मुख थुनेर मलाई बलात्कार गरि भुँडी बोकाए ।...
मेरो मम्मी, भाईहरु काममा गएको बेला मेरो बुवाले मेरो मुख थुनेर मलाई बलात्कार गरि भुँडी बोकाए ।...

2013/11/11
मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु
२२ कार्तिक, मलेसिया ।

मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । मलेसियाको तामिनजयामा दिनभर काम गरेर आएपछि सुतेका सिन्धुली अमले गाविसका २५ वर्षीय राम वहादुर स्यानतानको मृत्यु भएको हो । उनको यहि बुधवार मृत्यु भएको हो ।
तामिनजयामा रहेको निट्रा मेटल कम्पनीमा कार्यरत स्यानतान १० बजेसम्म काम गरेर कोठामा आएर खाना खाएर राती ११ बजे सुतेका थिए । सहकर्मि कृष्ण लिम्वुका अनुसार उनको विहानपख ज्यान गएको हो ।
मृतकस्यानतानको शवको पोसमार्टम भइसकेको तथा शव नेपाल पठाउने तयारी भइरहेको छ । स्यानतान मलेसियामा तीन वर्षदेखि काम गर्दै आएको बताइएको छ ।
चुनावको मुखैमा विदेशिनेका कुरा : हामी पर्यौ परदेशी, भोट हाल्न भ्याएनौं
काठमाडौं - बुटवल मणिग्रामका ओमनारायण चौधरीलाई पनि अरुलाई जस्तै चुनावको दिन मतदान केन्द्रमा लाइन लागेर भोट खसाल्ने रहर थियो। अघिल्लो संविधानसभाको चुनावमा जस्तै यस पटक पनि उनको रहर पूरा हुन पाएन। साउदी अरबको रियादस्थित कम्पनीमा वेल्डिङको काम गर्दै आएका चौधरीले कम्पनीको बिदा सकिएकाले चुनावको मुखैमा विदेशिन लागेको सुनाए।
'हामी पर्यौं परदेशी, बिदा सकिएपछि केहीले पनि हामीलाई रोक्न सक्दैन,' काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भेटिएका चौधरीले भने, 'संविधान बन्ने आशा लिएर जाँदैछु।' अघिल्लो संविधानसभा निर्वाचनमा पनि अरबमै रहेका चौधरीले चुनावबाट शान्ति आए स्वदेश फर्कने सुनाए।
'अहिले परिवारको सबै जिम्मेवारी मेरो काँधमा छ,' उनले भने, 'त्यही भएर भोट हाल्न मन भए पनि चुनाव भनेर रोकिन सकिएन।'
मंसिर ४ नजिकिँदै गर्दा देशभर सविधानसभा निर्वाचनको रौनक छाएको छ। यता काठमाडांैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने चौधरीजस्तै थुप्रै नेपालीको विदेशिने लर्को छ। असोज महिनामा मात्र ३० हजारभन्दा बढी युवा कामको सिलसिलामा विदेशिएको विमानस्थलको तथ्यांक छ। अहिले दैनिक एक हजार हाराहारी विदेशिने गरेका छन्।
निर्वाचनका लागि लाइन लाग्ने बेला आउँदै गर्दा उनीहरु हातमा पासपोर्ट र भिसा लिएर साउदी, मलेसिया, कतार लगायत मुलुक हानिनेछन्। संविधानसभामा भोट हाल्ने रहर भए पनि काम नगरी परिवार नचल्ने भएकाले बाध्य भएर विदेशिनुपरेको उनीहरुको बताए।
पाल्पा वोघापोखराका २९ वर्षे गिरिजा पराजुलीले चुनावको मुखैमा विदेशिनुपर्दा नरमाइलो लागेको सुनाए। 'गाउँभरि सबैलाई चुनाव लागेको छ,' उनले भने, 'आफू भने भोट माग्न आएकाहरुसँग बिदाइ माग्दै अहिलेलाई कतार जाँदैछु।' रिगर (क्रेनलाई इसारा दिने) काममा कतार जान लागेका उनले संविधानसभा चुनावबाट देशले बाटो पाउने आशा व्यक्त गरे। 'त्यो भयो भने त्यही बाटोबाट हामी फर्कनेछांै,' उनी थप्छन्, 'स्वदेशमै बसेर काम गर्नेछौं।'
मत खसाल्न बसे बेरोजगार भइने डरले जानुपरेको उनीहरुको भनाइ छ। 'गाउँमा चुनावी रौनकसँगै भोजभतेर सुरु भइसक्यो,' मलेसिया जाँदै गरेका सर्लाही क्षेत्र नम्बर–४ का रामबाबु महतोले भने, 'हामी कामका लागि विदेश हिँडेका छौं।' क्षेत्रका नेता तथा कार्यकर्ताले चुनावसम्म बस्न आग्रह गरे पनि काम गुम्ने डरले त्यो सम्भव नभएको उनले बताए।
पाँचथर अमरवापुवाका रामवहादुर घिसिङको गाउँमा पनि चुनावी रौनक छाएको छ। दलका नेता तथा कार्यकर्ता घरदैलोमा आएर भोट माग्दैछन्। तर उनले भने नेताहरुसँग बिदाइ भेट गरेर साउदी जान लागेको सुनाए। 'भोट हाल्न रोकिन सकिएन,' उनले भने, 'अब आउँदा संविधान बनेको भने हेर्ने रहर छ।'
देशमा शान्तिसँग काम गर्ने वातावारण मिले आफूहरु विदेशिन नपर्ने उनले बताए। 'अहिले काम छाडेर भोट हाल्न बसे सधैं बेरोजगार बनिएका भन्ने डर,' उनले थपे, 'मत खसाल्ने रहर हुँदाहँुदै विदेशिनुपर्यो।' अघिल्लो चुनावमा समेत मत खसाल्न नपाएका उनले यसपटक भने नाम लेखाइसकेको सुनाए। 'यसै बीचमा कम्पनीले कामका लागि बोलायो,' उनले सुनाए।
गाउँको चुनावी रौनक छाडेर महोत्तरीका श्रवणकुमार महतो पनि मलेसिया जाँदैछन् । कतिपय उम्मेदवारले भोट हाल्न र स्वदेशमै बसेर काम गर्न आग्रह गरेको उनले सुनाए। 'अहिले नेताको कुराको भर लागेन,' उनले भने, 'संविधान निर्माण भएपछि देशमा बसौंला।'
उनलाई विमानस्थलसम्म पुर्याउन आएका सर्लाहीका आफन्त ललन महतोले चुनावको जितहार टेलिफोनबाट सुनाउने बताए। 'विदेश जाँदै गरेकालाई पनि चुनावको निकै चासो छ,' उनले भने, 'घरमा रहेका आफन्तलाई मन परेको व्यक्तिलाई भोट हाल्न आग्रह गर्दै गएका छन्।'
लमजुङ बेसीसहरका खेमराज गुरुङ पनि गाउँको चुनावी माहोल छाडेर साउदीको रियाद जाँदै थिए। घरमा रहेका आमा, छोरा, श्रीमती र भाइको लालनपालन खर्च आफंैले व्यहोर्नुपर्ने उनले सुनाए। 'भोट हाल्न नपाए पनि संविधान हेर्ने रहर छ,' उनले भने।
गुल्मी क्षेत्र नम्बर–२ का लेखबहादुर थापाले विदेेशमा बस्नेले पनि भोट हाल्न पाए निकै राम्रो हुने सुनाए। साउदी अरब जाँदै गरेका उनले लाखौं नेपालीलाई चुनावमा सहभागी बनाउन सरकारले पहल गर्नु जरुरी छ। 'हामी रहरले विदेश गएका हैनौं,' उनले भने, 'देशमा राम्रो भए हामी स्वदेशमा काम गर्नेछौं।'
फिलिपिन्समा समुद्री आँधी नेपालीको अवस्था अज्ञात
काठमाडौं - फिलिपिन्सको समुद्री आँधी 'हेयान' प्रभावित क्षेत्रमा करिब १० हजारको मृत्यु भएको खबर आइरहँदा त्यहाँ रहेका नेपालीहरूको अवस्था भने खुल्न सकेको छैन।
शुक्रबार आएको ठूलो समुद्री आँधीबाट क्षतिबिक्षत फिलिपिन्सको पूर्वी क्षेत्रमा विद्यार्थी, उद्योगी र व्यवसायी गरी सयभन्दा बढी नेपाली बस्छन्। सडक र सञ्चारसम्पर्क टुटेकाले उनीहरूसँग सम्पर्क हुन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएन) फिलिपिन्सले जनाएको छ।
'पूर्वी क्षेत्रमा पर्ने सिबु र टाक्लोबान सहर नराम्रोसँग प्रभावित भएका छन्,' एनआरएन फिलिपिन्सका अध्यक्ष सुदर्शन खड्काले मनिलाबाट टेलिफोनमा भने, 'अहिलेसम्म आँधी प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्था खुल्न सकेको छैन। सञ्चारसम्पर्क टुटेकाले नेपालीको अवस्था बुझ्न कठिनाइ भएको छ।'
खड्काका अनुसार उद्योगी, व्यापारी र चिकित्साशास्त्रलगायत विषय पढ्ने विद्यार्थी गरी करिब ९ सय हाराहारी नेपाली फिलिपिन्समा छन्। आँधीप्रभावित सिबु सहरको साउथ वेस्टर्न युनिभर्सिटीमा मात्रै ७० देखि सय हाराहारीमा नेपाली विद्यार्थी पढ्छन्। यस्तै टाक्लोबान सहरमा १० देखि १२ नेपाली परिवार छन्।
राजधानी मनिलापछि सिबु फिलिपिन्सको दोस्रो ठूलो सहर मानिन्छ। २५ लाख मानिस बसोबास गर्ने यो सहरको साउथ वेस्टर्न युनिभर्सिटी चिकित्साशास्त्र अध्यापन गराउने एसियाकै राम्रो विश्वविद्यालयमा पर्छ।
'धेरै नेपाली मनिलामा बस्छन्, जहाँ आँधीको कुनै प्रभाव छैन। आँधी प्रभावित क्षेत्रमा बस्ने नेपालीको संख्या निकै सानो छ,' खड्काले भने, 'अहिलेसम्म आँधीबाट कोही नेपाली घाइते वा मृत्यु भएको खबर हामीले पाएका छैनौं।'
प्रतिघन्टा ३ सय ८० किलोमिटरको गतिमा आएको समुद्री आँधी हेयानले ३ देखि १० मिटरसम्मको समुद्री छालले टाक्लोबान सहरलाई हानेको थियो। आँधीले टाक्लोबानमा रहेका अधिकांश घर, विद्यालय, विमानस्थल, सडक र पुल ध्वस्त भएको छ। प्रभावित क्षेत्रका ७० देखि ८० प्रतिशत घर तथा संरचना क्षतिग्रस्त छ।
फिलिपिन्ससमेत हेर्ने जिम्मेवारी पाएको मलेसियास्थित नेपाली दूतावासले आँधीबाट नेपाली प्रभावित भएको खबर नपाएको जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धितालका अनुसार दूतावासले मनिलास्थित नेपाली वाणिज्यदूतसँग सम्पर्क गरी नेपालीको अवस्था बुझिरहेको छ। 'सञ्चारविच्छेद भएकाले प्रत्यक्ष सम्पर्क गर्न कठिन छ। अहिलेसम्म नेपालीलाई केही भएको जानकारी आएको छैन। हामी बुझ्दैछौं,' उनले भने।
काठमाडौंस्थित फिलिपिन्सका महावाणिज्यदूत सुरज वैद्यले पनि आँधीमा परी कोही नेपाली हताहत भएको खबर अहिलेसम्म आफूले नपाएको जनाए। उनले पनि नेपालीको अवस्था बुझ्ने प्रक्रियामा रहेको जनाए।
बन्दमा कहाँ के भए ? तीन बसमा आगजानी, नागरिक दैनिकको गाडीमा आगजनी, शंकास्पद वस्तु फेला
नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्ताल बिहानैदेखि प्रभाव परेको छ । बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प भएका छन् । सडकमा बन्दकर्ताको उपस्थिति पातलो भए पनि भयका कारण सवारी चलेका छैनन् ।
खिलराज नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोर्चाले बन्दलगायतका विरोधका कार्यक्रम गरेर बिथोल्ने प्रयास गरेको छ । बन्दका क्रममा विभिन्न जिल्लामा सवारी तोडफोड भएका छन् भने केही ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीले तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
दोलखामा अरनिको यातायात सेवा समितिको तीन वटा बसमा आगजानी गरेको छ । त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको एउटा जीपमा पनि आगजानी गरेको छ । समितिका सचिव श्याम लामा का अनुसार दोलखा बसपार्कमा पार्किङ गरिराखेको बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा र सानोठिमीमा ना ३ ख ३७११ नम्बरको आगजानी भएको छ ।
यात्रु बाहक सवारीमा आगजानी भएपछि सुरक्षा नभएको भन्दै कोटेश्वर पूर्वका जिल्लामा सञ्चालन हुने बस ठप्प छ । तीन वटा बस जलाएपछि असुरक्षाको महसुस गरेर सवारी सञ्चालन नभएको हो । यातायात सुचारु गर्न बसपार्कमा बिहान बस तयारी अवस्थामा राखेपनि व्यवसायीले असुरक्ष्ँका कारण सेवा सञ्चालन गर्न नमानेको उनले बताए ।
त्यस्तै भक्तपुरको खरिपाटीस्थित शान्ति मन्त्रालयको बा. १ झ. ७०८४ नम्बरको पार्किङ्ग गरिराखेको गाडीका राती एक बजे आगजनी गरि फरार भएका छन् । आगजनी गरेको थाहा पाए लगत्तै स्थानियले आगो नियन्त्रणमा लिएकाले गाडी आशिक क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सानोथिमि एसओएस नजिकैको एक वालुवा डिपोमा रोकिराखेको बसमा आगजनी गर्दा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । भक्तपुरका एसपी जगतमान श्रेष्ठले आगो लगाउने समूहको खोजी भइरहेको बताए । राजधानीमा केही सवारी तोडफोड गरिएको छ भने आधा दर्जन स्थानमा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल विद्युत प्राधिकरण अगाडि राखिएको बम डिस्पोज गरिएको छ ।
बुद्धनगर, गोंगबु, धापासी, डिल्लीबजारमा पनि शंकास्पद वस्तु भेटिएका छन् । यद्यपी त्यहाँ बम भेटिएनन्, कुकरमा भूस राखिएको तथा खतरा भनेर बोरा राखिएको भेटिएको छ । कोटेश्वरमा नागरिक दैनिकको बा ४ च ४८७२ नम्बरको गाडी तोडफोड गरिएको छ ।
सुविधानगर तीनकुनेमा पार्किङ गरिएको बा ६ च ५५११ र बा ३ च ७८२२ सवारी तोडफोड गरिएको छ । तीनकुनेमै टि्रटन कलेजमा पार्किङ गरिएको बा ४ च २४३२ सेन्ट्रो कार र ग्लोबल कलेज अगाडि रहेको कांग्रेस सम्पर्क कार्यालय तोडफोड गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए ।
2013/11/10
मलेशियाले भिसाको स्ट्याम्पिङ शुल्क पाँच गुणाले बढायो
कार्तिक २४ मलेशिया सरकारले भिसाको स्ट्याम्पिङ शुल्क पाँच गुणाले बढाएको छ । मलेशिया सरकारले यो भन्दा पहिले ७ सय रहेको यो शुल्क बढाएर ३ हजार ९ सय रुपैयाँ पुर्याएको हो । भिसा स्ट्याम्पिङ शुल्क बढेसँगै नेपाली कामदारलाई थप मर्का पर्ने भएको छ । भिसाको स्ट्याम्पिङ शुल्क बढेसँगै यस अघि सरकारले तोकेको सिलिङमा कामदार पठाउन नसकिने व्यवसायीले बताएका छन् । जिओसिइ उपग्रह पृथ्वी तिर खस्दै, कहा खस्छ भन्नेबारे यसका खोजकर्तानै अनबिज्ञ
कार्तिक २४
अन्तरीक्षबाट युरोपियन स्पेस एजेन्सीको भुउपग्रह पृथ्वीतिर खसीरहेको छ । अन्तरिक्षबाट पृथ्वीतिर तिब्र गतिमा जिओसिइ नाम गरेको उपग्रह झरिरहेको छ । तर बैज्ञानिकहरुले पनि यो उपग्रह कहा खस्छ भनेर थाहा पाउन सकेका छैनन् ।
यो उपग्रहलाई अन्तरिक्षना प्रक्षेपण गर्ने युरोपियन स्पेस एजेन्सीलाई पनि यसको बारेमा जानकारी हुन सकेको छैन
यो उपग्रह अबका केही दिनमा जहाँ पनि जतिखेर पनि खस्द सक्दछ । करिब १ टन तौल भऐको जिओसिइ आइतबार वा सोमवार पृथ्वीमा बजारिने संभावना रहेको यसका अनुसन्धानकर्ता हरुले बताएका छन् ।
यो उपग्रह वायुमण्डलमा प्रवेश गर्ने बितिकै ४५ टुक्रामा विभाजित हुने र पृथ्वीसम्म आइपुग्दा एउटा टुक्रा २ सय पाउण्डसम्मको हुन सक्दछ । तर कहाँ खस्छ भनेर अनुमान लगाउन गाह्रो छ।
जिओसिइका मिसन म्यानेजर रुनी फ्लोबरघगेनका अनुसार जिओसिइ बिना इन्जिनको विमान झैं पृथ्वीतिर झरिरहेको छ।
यसलाइ युरोपियन स्पेस एजेन्सीले सन २००९ मा पृथ्वीको ग्र्याभिटेसनल फिल्डको अध्ययन गर्न ४ सय ५० मिलियन डलरको खर्चमा अन्तरिक्षमा प्रक्षपण गरेको थियो।
यो भुउपग्रहमा कुनै किसिमको आणविक वस्तु भने छैन् इन्धनको लागी यसमा सोलार प्यानेल राखिएको थियो।
जिल्ला बाल संगठन समिति रोल्पाद्धारा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सहयोग सामग्री वितरण
जिल्ला बाल संगठन समिति रोल्पाले आज एक कार्यक्रमकाबीच छात्रवृत्ति तथा शैक्षिक सहयोग सामग्री वितरण गरेको छ । विसं २०५५ सालमा रोल्पामा कार्यरत तत्कालिन प्रहरी नायब उपरीक्षक सञ्जय सिंह बस्नेतद्वारा आफ्नी आमाको नाममा स्थापित ‘दुबकुमारी छात्रवृत्ति अक्षयकोष बाट बालसंगठनको भवनमा बाल मन्दिर प्राथमिक विद्यालय,लिबाङमा अध्ययरत ५ जना गरिब तथा जेहेन्दार बालबालिकालाई प्रदान गरिएको हो । �
मोरङ जिल्ला निवासी वस्नेतद्धारा उक्त समयमा गरिब तथा जेहेन्दार छात्रछात्राहरुका लागि ५५ हजार ५सय ५५ रुपैयको अक्ष्यकोष स्थापना गर्नुभएको थियो । जिल्ला बाल संगठन समितिका अध्यक्ष दिबाकर आचार्यको सभापतित्व एवं महिला तथा बालबालिका अधिकृत माया श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेतना वली, इशु वली, राजु नेपाली, निसान बुढा, र अन्जना घर्तीलाई �सामाग्री वितरण गरिएको थियो भने बालसंगठनको भवनमा अध्ययरत ४५ जना शिशुहरुलाई पनि शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै महिला तथा बालबालिका अधिकृत माया श्रेष्ठले रोल्पा जिल्लाका विभिन्न ठाउहरुमा बालबालिका हरुको अवस्था निकै जोखिम पुर्ण रहेको बताउनुभएको छ । उहाले सदरमुकाम लिबाङमा समेत विद्यालय जानबाट बन्चीत �तथा बाल श्रमिकका रुपमा काम गरिरहेका थुप्रै बालबालीकाहरु भेटिने गरेको बताउदै जिल्लामा बालबालिकाहरुका क्षेत्रमा काम गर्ने थुप्रै गैरसरकारी सस्थाहरु प्रभाब कारी रुपमा काम गर्न नसकेकोमा �दुख व्यक्त गर्नुभएको छ । उहाले समन्वयत्मक दंगले सबै मिलि बालबालिकाहहरुको क्षेत्रमा काम गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
यसैविच बालसंगठन समितिका अध्यक्ष दिबाकर आचार्यले विंस २०३२ सालमा स्थापित बालसंगठन भबनमा थुप्रै बालबालिकाहरु अध्यण गर्दै आएको बताउदै जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यलय रोल्पाले गर्दैै आएको सहयोगमा कटौटी गरेकोले समस्य आइपरेको गुणासो गर्नुभएको छ । �हाल बालमन्दीरको भौतीक संरचना जिर्ण हुनुका साथै खानेपानीको समस्य समेत उत्पन्न भएको बताउदै सहयोगका लागि सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।�
कार्यक्रममा बालबालिकाहरुलाई प्रमुख अतिथि एवं महिला तथा बालबालिका अधिकृत माया श्रेष्ठ, बाल अधिकार अधिकृत गोकर्ण पुन र प्रेश युनियनका सभापती राजेश बुढाथोकीले संयुक्त रुपमा छात्रवृत्ति र शैक्षिक सहयोग प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संगठनका कोषाध्यक्ष बेगम हमालले गर्नुभएको थियो ।
रोल्पाका गाउँगाउँमा चुनाव बहिष्कारको अभियानमा माओवादी
रोल्पा । साउन १५ गते
आगामी मंसिर ४ गते गर्ने भनिएको दोस्रो संविधान सभा निर्वाचनलाई सक्रिय रुपमा वहिष्कार गर्ने भन्दै नेकपा–माओवादी रोल्पाले गाउँका विभिन्न स्थानबाट साउन १५ गते मंगलबारदेखि विभिन्न प्रचारात्मक कार्यक्रम अभियान थालेको छ ।
माओवादीको विगत सशस्त्र युद्धको थलो रोल्पाका थवाङ, होलेरी, गाम र मसिनाबाट एकैसाथ साउन १५ गते मंगलबारदेखि �ने.क.पा.–माओवादी रोल्पाले गाउँबाट पनि चुनाव बहिष्कार कार्यक्रम थालेको हो ।जिल्लालाई ४ क्षेत्रमा विभाजन गरि प्रत्येक कमाण्डमा जनवगिर्य संगठन तथा मोर्चाको समेत प्रतिनिधित्व हुने गरि कमाण्ड निर्धारण गरिएको माओवादीका सहइन्चार्ज सुन्दरकुमार वलीले बताए । थवाङमा जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभास, गामबाट केन्द्र्रीय सदस्य अमर झाक्री संजीवकुमार, होलेरीबाट सहइन्चार्ज सुन्दर वली र मसिनाबाट जिल्ला सेक्रेटरी आशबहादुर रोका रक्तिमले चुनाव बहिष्कारको नेतृत्व गरेको माओवादी जनाएकोछ �।�
यसैक्रममा मंगलवार ईलाका नं. २ को मसिनाको सुर्पालमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला सेक्रेटरी आशबहादुर रोका रक्तिमको प्रमुख आतिथ्यता रहेको थियो भने युवा जनस्वयमसेवक रोल्पाका संयोजक विजुलीको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संचालन ने.क.पा. –माओवादी २ नं. ईलाका इन्चार्ज अडिगले गए । साथै मसिना गा.वि.स.का विभिन्न स्थानहरुमा भित्तेलेखन,पोष्टरीङग तथा व्यानर टाँसिएको छ । ।
सोही अभियानकै क्रममा माओवादीका जिल्ला सह ईन्चार्ज सुन्दर वली सुरविर ले नेतृत्वमा होलरी वजारमा झण्डा व्यानर टाग्ने, भित्तेलेखन गर्ने तथा पंम्लेटीङग गरिएको छ । �जिल्लाका विभिन्न स्थानमा पनि अभियानका कार्यक्रम गरिने ने.क.पा.–माओवादी रोल्पाले जनाएको छ ।
2013/11/09
फिलिपिन्समा आँधीले एकसय बढीको मृत्यु
मनिला (बीबीसी), कार्तिक २३ - फिलिपिन्समा गएको समुद्री आँधीले एकसय २० भन्दा बढीको ज्यान गएको बताइएको छ । त्यहाँ शुक्रबार आएको यो शक्तिशाली आँधीलाई हाईयान नाम दिइएको छ । त्यहाँका उड्ययन अधिकारीहरुले बताए अनुसार ताक्लोबन सहरको सडकमा मात्रै एकसय शवहरु अलपत्र अवस्थामा छन् । स्थानीय सञ्चारकर्मीले जानकारी दिए अनुसार २० शवहरु भने सहर नजिकैको चर्चमा राखिएको छ ।
आँधीका कारण धेरै घरहरु भत्किएका छन् भने पहिरोहरु गएका छन् । सरकारले उद्दारका लागि सेना परिचालन गरेको छ । त्यहाँबाट प्राप्त भिडियोहरु हेर्दा आँधीको बेला पानीले सहरलाई पूरै छोपेको देखिन्छ । यो आँधी अहिलेसम्मकै शक्तिशाली आँधीमध्येको एक हो ।
आँधीबाट प्रभावित ताक्लोवन सहरमा पुग्न उद्दारकर्मीहरुले प्रयास जारी राखेका छन् । बीबीसीका संवाददाता जोन डोनिसोनले बताए अनुसार त्यहाँका एयरपोर्टहरु क्षतिग्रस्त भएका छन् । तर, सैनिक जहाजहरु भने सञ्चालन गरिएको छ ।
आँधीबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कबिच्छेद छन् । ३७९किलोमिटर/प्रतिघण्टोको गतिमा आएको आँधीको छाल १५ मिटर माथिसम्म थियो । अधिकारीहरुले यसअघि नै आँधी एक बर्ष अघि गएको बोफा आँधीजस्तै शक्तिशाली हुने चेतावनी दिएका थिए । दक्षिण फिलिपिन्समा आएको बोफा आँधीका कारण गत बर्ष कम्तिमा एक हजारको मृत्यु भएको थियो ।
नागरिक उड््यन प्राधिकरणका सहायक प्रमुख जोन एन्डि्रउले आफूले ताक्लोबन सहरको एयरपोर्ट प्रबन्धकसँग कुरा गरेको र ती प्रबन्धकले आफूले सडकमा एकसय बढी शव देखेको बताएको भनेका छन् ।
2013/11/06
टाउको बिना कुखुरा दुई वर्षसम्म जिउँदो
कुनै जनावर अथवा मानिस, टाउको बिना
जिउँदो भएको देख्नुभएको छ ? सायद धेरैजसोले टाउको नै छैन भने त मरिहाल्छ नि भनेर सोचिरहनुभएको होला । तर, यो सोचाई गलत भएको छ । टाउको बिना एउटा कुखुरा दुई वर्षसम्म जिउँदो भयो र यसकै कारण विश्वप्रख्यात समेत बन्यो । माइक नाम दिइएको उक्त कुखुराले सन् १९४५ सेप्टेम्बर १० तारिकका दिन आफ्नो टाउको गुमाउनु परेको थियो । फ्रुटा कालोराडोका उनका मालिक लोइड ओल्सेनले त्यो दिन उनलाई पकाउने मनसायका साथ उनलाई काटे ।
माइकलाई काट्ने क्रममा लोइडले उनको सबै गलत (अथवा सहि) भागमा हाने र उनलाई टाउको बिनाको जिवित कुखुरा बनाइदिए । कुखुरालाई यस्तो अवस्थामा देखेर उनका मालिकले उनलाई उपचार गराएर स्वस्थ बनाउने सोच गरे ।
माइकको घाउ छिट्टै निको भयो र पहिला केहि नभएको जस्तै गरेर त्यसमा प्वाँखहरु प्नि पलाउन थाले । तर, यति हुँदा हुँदै पनि माइकले आफ्ना केहि कामहरु गर्न सकेनन् किनभने टाउको बिना चराले खान, पिउन र हेर्न सक्दैन ।
माइकको भोक र तिर्खा मेटाएर ओल्सेनले उक्त कुखुरालाई युनिभर्सिटी अफ उताहमा
वैज्ञानिकहरुलाई देखाउन लगे । वैज्ञानिकरुका अनुसार, जमेको रगतका कारण उनको धेरै रगत नबगेको र तत्काल मृत्यु नभएको बताए । चमत्कार नै मान्नुपर्छ, माइकको अझै बायाँ काम बाँकी थियो र मस्तिष्कको नलि उस्तै थियो ।
ओल्सेनले उक्त कुखुराको जिवन भरि हेरबिचार गर्ने कसम खाए । उनले कुखुरालाई दुध र पानी सुईबाट प्रदान गर्दथे । माइकको स्वास्थमा निकै सकारात्मक प्रभाव परिरहेको थियो र तौल पनि बढिरहेको थियो । साढे पाँच वर्ष उमेर भएको उक्त कुखुरा छिट्टै नै प्रख्यात भयो र टाउको बिनै माइकले थुप्रै देशहरु घुम्यो र मानिसहरुले उनलाई हेर्न २५ सेन्ट तिर्ने गर्दथे ।
यसरी माइकले महिनामा ४,५०० डलर कमाउँथे भने उनको मूल्य १०,००० डलर थियो । उक्त कुखुरा प्रति समर्पित एक वेभसाइटका अनुसार, ‘उनको नामले लाइफ एन्ड टाइम म्यागजिनमा पनि स्थान पायो ।’ तर, दुइवर्ष पछि अवैध ड्रग्सको
ओभरडोजका कारण माइकलाई एउटा होटलको रुममा मृत अवस्थामा भेटियो । माइक र ओल्सेलनको कथाले धेरै मानिसहरुलाई प्रेरित गर्यो जसका कारण थुप्रै मानिसहरुले आफ्ना कुखुराको टाउको छिनाए । कुनै कुखुरा बाँचे तर छोटो समयका लागि मात्र त्यसकारण माइकको कथा रोमाञ्चक छ । माइकको शरिरलाई उनकै बासस्थानको एक संस्थाले जोगाएर राखेको छ
हामीलाई वहुमत दिनुहोस् एक वर्षमा नै संविधान दिन्छौ : प्रचण्ड
म्याग्दी, कात्तिक १४
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आसन्न दोस्रो संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीले स्पस्ट बहुमत ल्याए एकवर्ष भित्रमै नेपाली जनतालाई नयाँ संविधान दिने दाबी गरे।
एकिकृत नेकपा माओवादी म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहाडी क्षेत्रवाट २०६४ सालको संविधान सभाको निर्वाचनमा पनि नेकपा एमालेले वहुमत ल्याएको वताउँदै यसपालीको संविधान सभामा पनि स्पष्ट बहुमत ल्याउने र एक वर्षभित्रमा संविधान जारी गर्ने वताए।
हजारौं जनताको बलिदानीपछि २०६४ सालमा संविधानसभाको निर्वाचन भएको स्मरण गर्दै यो पटक एकीकृत माओवादीको ठूलो त्यागपछि मात्रै संविधानसभा निर्वाचन हुन लागेको भन्दै यसको सदुपयोग गर्न आग्रह गरे।
अहिलेको समय भनेको अवसर र चुनौती दुबै भएको हुनाले सबैले एमाओवादीलाई सहयोग गर्न अध्यक्ष प्रचण्डको आग्रह थियो। चुनावी सभाका क्रममा प्रचण्डले अहिले देशैभरि एमाओवादीको पक्षमा जनलहर चलिसकेको हुनाले स्पस्ट बहुमत आउने कुरामा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा एमाओवादी म्याग्दीका सेक्रेटरी गोविन्द गौडेल, उम्मेदवार लोकेन्द्र विष्ट,लगायतले बोलेका थिए।
दोलखामा ‘बोतल बम’, ४ जिल्ला बन्द
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज चार जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । बन्दको कारण काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको जनजीवन प्रभावित बनेको छ । यी जिल्लामा लामो तथा छोटो दूरीका यातायातका साधन चल्न सकेको छैन ।
उता, दोलखामा बन्दको क्रममा पुष्पलाल राजमार्ग अन्तर्गत चर्नावती र विरुवामा फेला परेको ‘बोतल बम’ सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल काभ्रे हुँदै दोलखा जाने कार्यक्रम रहेको छ ।
दाहाललाई अवरोध गर्न भन्दै बन्द आह्वान गरिएको हो
संविधानसभा चुनावका लागि नेपाली सेनाले सैनिक सङ्ख्या बढाउँदै
संविधानसभा चुनावका लागि नेपाली सेनाले सैनिक सङ्ख्या बढाउँदै लगेको छ । यसअघि पहिलो चरणमा करिव ३५ हजार सैनिक खटाएपछि त्यो सङ्ख्या बढाउँदै लगेको सेनाले जनाएको छ । जिल्लाको संवेदनशीलता र निर्वाचनको आवश्यकताअनुसार सेनालाई गाउँतिर केन्द्रित गर्न थालेको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी सीआईएनलाई जानकारी दिनुभयो ।
देशका ७५ वटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा झण्डै ६२ हजार सैनिक खटिने नेपाली सेनाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा परिचालन हुने बताइएपनि सेनाले आफ्नै चेन अफ कमाण्डमा सेनाको परिचालन गरिहेको छ । सैनिक प्रवक्ता पोखरेलले कमाण्ड सेनाकै रहेको तर सबै सुरक्षा निकायको समुन्वयमा खटिने काम भइरहेको बताउनुभयो । मतदाताको सुरक्षाका लागि नेपाली सेनाले २४० वटै निर्वाचन गस्ति गरिरहेको छ
बसमा मोटरसाइकल ठोक्किदा श्रीमानको मृत्यु, श्रीमतिको अवस्था चिन्ताजनक
२० कार्तिक, काठमाडौ । रोकिराखेको बसमा मोटरसाइकल ठोक्किदा काठमाडौको सतुंगलमा एकजनाको मृत्यु भएको छ । मंगलबार राती भएको दुर्घटनामा अर्का एक जना गंभिर घाइते भएका छन् । राती पौने १० बजे बा ४६ प २०४८ न।म्बरको मोटरसाइकल रोकिराखेको ना ३ ख २७३४ नम्बरको बसमा ठोक्किदा मोटरसाइकल चालक सिन्धुलीका चेतकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको पछाडी रहनुभएकी श्रेष्ठकी श्रीमती कुसुमको गम्भीर अवस्थामा शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । ट्राफिक नियम विपरीत सडक किनारमा बस रोकिराखेका बसका चालक दुर्घटना पछि फरार छन् । फरार बस चालकको खोजि भइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ
Subscribe to:
Comments (Atom)



