Image Hosted by ImageShack.us

2013/11/09

फिलिपिन्समा आँधीले एकसय बढीको मृत्यु

मनिला (बीबीसी), कार्तिक २३ - फिलिपिन्समा गएको समुद्री आँधीले एकसय २० भन्दा बढीको ज्यान गएको बताइएको छ । त्यहाँ शुक्रबार आएको यो शक्तिशाली आँधीलाई हाईयान नाम दिइएको छ । त्यहाँका उड्ययन अधिकारीहरुले बताए अनुसार ताक्लोबन सहरको सडकमा मात्रै एकसय शवहरु अलपत्र अवस्थामा छन् । स्थानीय सञ्चारकर्मीले जानकारी दिए अनुसार २० शवहरु भने सहर नजिकैको चर्चमा राखिएको छ ।

आँधीका कारण धेरै घरहरु भत्किएका छन् भने पहिरोहरु गएका छन् । सरकारले उद्दारका लागि सेना परिचालन गरेको छ । त्यहाँबाट प्राप्त भिडियोहरु हेर्दा आँधीको बेला पानीले सहरलाई पूरै छोपेको देखिन्छ । यो आँधी अहिलेसम्मकै शक्तिशाली आँधीमध्येको एक हो ।
आँधीबाट प्रभावित ताक्लोवन सहरमा पुग्न उद्दारकर्मीहरुले प्रयास जारी राखेका छन् । बीबीसीका संवाददाता जोन डोनिसोनले बताए अनुसार त्यहाँका एयरपोर्टहरु क्षतिग्रस्त भएका छन् । तर, सैनिक जहाजहरु भने सञ्चालन गरिएको छ ।

आँधीबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कबिच्छेद छन् । ३७९किलोमिटर/प्रतिघण्टोको गतिमा आएको आँधीको छाल १५ मिटर माथिसम्म थियो । अधिकारीहरुले यसअघि नै आँधी एक बर्ष अघि गएको बोफा आँधीजस्तै शक्तिशाली हुने चेतावनी दिएका थिए । दक्षिण फिलिपिन्समा आएको बोफा आँधीका कारण गत बर्ष कम्तिमा एक हजारको मृत्यु भएको थियो ।

नागरिक उड््यन प्राधिकरणका सहायक प्रमुख जोन एन्डि्रउले आफूले ताक्लोबन सहरको एयरपोर्ट प्रबन्धकसँग कुरा गरेको र ती प्रबन्धकले आफूले सडकमा एकसय बढी शव देखेको बताएको भनेका छन् ।

No comments:

Post a Comment